सीआईबीको बद्मासीः एयरपोर्टमा सेटिंग मिलाउनेलाई नै भगायो

४ चैत ८०, सोमबार

५ चैत , काठमाण्डौ ।

सुन तस्करी नियन्त्रण जाँचबुझ आयोगले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले गम्भीर त्रुटि, हदैसम्मको बद्मासी गरेको खुलासा गरेको छ । सुन तस्करी प्रकरणमा जोडिएका विभिन्न व्यक्तिहरुलाई पक्राउ गरेर छाडेको, एयरपोर्टमा सेटिंग मिलाउने मुख्य व्यक्तिलाई फरार गराएको खुलेको छ । जीवन चलाउनेसहित तीन जनालाई सीआईबीले पक्राउ गरेर छाडेको सुन तस्करी नियन्त्रण जाँचबुझ आयोगले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ ।

आयोगको प्रतिवेदनमा उल्लेख भएअनुसार सीआईबीले अछामका जीवन चलाउनेसँगै रामकृष्ण थापा र भारतीय नागरिक नन्दुकुमार पाण्डुराम मर्गलेलाई पनि सीआईबीले पक्राउ गरेर छाडेको हो । आयोगको प्रतिवेदनमा उल्लेख भए अनुसार नन्दुकुमारका दाजु–भाइ न्यूरोडमा सुन चाँदी पसल गर्छन् । उनीहरुले तस्करीको सुन किन्ने गरेको र नेपालदेखि भारतसम्म पुर्याएर बेच्ने गरेको प्रतिवेदनमा उल्लेख छ ।

यो कुरा भाइले स्वीकार समेत गरेका थिए । तर त्यति हुँदासमेत सीआईबीले नन्दुकुमारलाई छाडेको पाइएको छ । पक्राउ गरेर बयान कागज गराउने र पछि सरकारी वकिल समक्ष प्रतिवेदन पेश हुँदा पक्राउ परेको नदेखाई फरार प्रतिवादी बनाएर पेश गरिएको विषय आयोगले प्रतिवेदनमा उल्लेख गरेको छ । पक्राउ गरेर छाडिएका अर्का व्यक्ति रामकृष्ण थापा भने विमानस्थलमा सेटिङ मिलाउने व्यक्ति रहेको खुलेको छ ।

विमानस्थलमार्फत हुने सुन तस्करीको सम्पूर्ण सेटिङ मिलाउने र त्यहाँबाट सुन पास भएपछिको व्यवस्था समेत मिलाउने गरेको व्यक्ति रहेको आयोगको प्रतिवेदनमा उल्लेख छ । थापालाई पनि सुरुमा सीआईबीमा ल्याएर कागज समेत गरेको र पछि फरार बनाएर प्रतिवेदन पेश गरिएको आयोगले प्रतिवेदनमा उल्लेख गरेको छ ।

त्यसैगरी सुन तस्करीमा रहेर अहिलेसम्म फरार रहेका अर्का प्रतिवादी चलाउनेलाई सीआईबीका प्रमुख तथा एआईजी किरण बज्राचार्यले बिदाको दिन बोलाएर बयान लिएर छाडेको प्रतिवेदनमा उल्लेख गरिएको छ । भदौ २० गते कृष्ण जन्माष्टमीको दिन सीआईबीले चलाउनेलाई बोलाएर छाडेको आयोगको प्रतिवेदनमा उल्लेख छ ।

त्यतिबेला सीआईबीका एआईजी बज्राचार्यसँग चलाउनेले उनकै कार्यकक्षमा आधा घण्टा बिताएको उल्लेख गरिएको छ । यसबारे आयोगले एआईजी बज्राचार्यसँग बयान समेत लिएको थियो । तर बयानमा भने एआईजी बज्राचार्यले चलाउने नआएको भनेर ढाँटेको आयोगका एक सदस्यले बताएका छन् ।

आयोगको प्रतिवेदनमा कारबाही गर्न भने पनि सरकारले सीआईबीका प्रमुख एवं एआईजी किरण बज्राचार्यालाई त्यहाँबाट सरुवा मात्रै गरेछ । यस्तै, सुन तस्करी प्रकरणको अनुसन्धान गर्ने सीआईबीका तत्कालीन एसपी सञ्जय थापा र डीएसपी दुर्गा दाहाललाई हेडक्वार्टर तानिएको छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top