अडानी बन्दरगाहमा ड्रोन आक्रमण, के भन्छ इजरेल ?

१३ असार, एजेन्सी ।
यमनका हुथी विद्रोहीले इजरायलमा रहेको भारतीय कम्पनीको बन्दरगाहमा आक्रमण गरेको दाबी गरेका छन् । हुथी विद्रोहीले इजरायलको हाइफा बन्दरगाहमा ड्रोन प्रयोग गरेर आक्रमण गरेको दाबी गरेको अन्तराष्ट्रिय संचारमाध्यामहरुले उल्लेख गरेका छन् ।

हुथी विद्रोहीहरूले इराकको इस्लामिक प्रतिरोधसँग मिलेर संयुक्त सैन्य कारबाही सुरु गरेको बताएका छन्। यसमा धेरै ड्रोनले हाइफा बन्दरगाह नजिकैको इजरायली जहाजलाई निशाना बनाएका थिए ।

इजरायलको हाइफा बन्दरगाह भारतका लागि पनि निकै महत्वपूर्ण छ । यो बन्दरगाह भारतीय अर्बपति गौतम अडानीको कम्पनीले स्थानीय कम्पनीसँगको सहकार्यमा सञ्चालन गर्दै आएको छ ।

Advertisement

इजरायलसँग छवटा बन्दरगाहहरू छन्, जसमध्ये हाइफा सबैभन्दा ठूलो हो। समाचार एजेन्सी रोयटर्सको रिपोर्टका अनुसार यो इजरायलको सबैभन्दा ठूलो बन्दरगाह हो ।जहाँबाट करिब ९९ प्रतिशत मालसामान समुन्द्रको बाटो भएर आउँछन्।

यो गत वर्ष जनवरीमा १ दशलमव ०३ बिलियन डलरमा खरिद गरिएको थियो। इरान समर्थित हुथी लडाकुहरूका प्रवक्ता याह्या सारीले बुधबार एक टेलिभिजन बयानमा आक्रमण गरेको दावी गरेका हुन् ।

Advertisement

आक्रमणमा पोर्चुगाली झण्डा लगाइएको कन्टेनर जहाज एमएससी मान्जानिलोलाई लक्षित गरेको बताएएको छ। तर इजरायलले हुथी आक्रमणको खण्डन गरेको छ । इजरायली सेनाका प्रवक्ताले सेनालाई यस्तो कुनै पनि घटनाबारे जानकारी नभएको बताएका छन्।

हाइफाको बन्दरगाहमा कुनै असामान्य कुराको संकेत छैन। इजरायलले गाजामा गरेको आक्रमणको विरोधमा गत वर्ष नोभेम्बरदेखि हुथीहरूले आक्रमण गर्न थालेका छन् । गाजामा प्यालेस्टिनीहरूसँग ऐक्यबद्धता देखाउन यो हमला भएको उनको भनाइ छ ।

नोभेम्बरमा, हुथी विद्रोहीहरूले रेड सागरमा ड्रोन र मिसाइलहरूद्वारा जहाजको लेनहरूमा आक्रमण गरेका छन । दर्जनौं आक्रमणहरूमा तिनीहरूले दुई जहाजहरू डुबाएका छन् भने एउटा जहाज अपहरण गरेका छन् ।

अर्कोतर्फ इजरायलको दक्षिणमा रहेको एडेनको खाडी र बन्दरगाह सहर इलातमा रहेको एउटा जहाजमा बुधबार बिहान हमला भएको थियो । यो जानकारी दिँदै अधिकारीहरूले यी आक्रमणहरू सम्भवतः हुथी विद्रोहीहरूले गराएको बताएका छन्।

आठ महिनासम्म यहाँ तैनाथ रहेको विमानवाहक युएसएस ड्वाइट डी. आइसेन होवरको विमान वाहक फिर्ता भएपछि यी आक्रमणहरू भएका हुन् । यो जहाज हुथी विद्रोहीको आक्रमण रोक्न र अमेरिका विरुद्धमको बदला लिन तैनाथ गरिएको थियो।

हुथी आक्रमणले एशियाली, मध्य पूर्व र युरोपेली बजारहरूमा महत्त्वपूर्ण मार्गमा जहाज यातायातमा उल्लेखनीय कमी आएको छ। हुथीहरूले गाजा पट्टीमा इजरायल–हमास युद्ध समाप्त नभएसम्म आफ्नो अभियान जारी रहने बताएका छन्।

Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top