×

NEPAL TIMES UPDATES

Playing
बालेन सरकारले ऋण काँढेपछि तातिए प्रतिपक्षी || Nepal Times
Apr 06, 2026
Playing
सर्वाेच्चले भन्यो ओली–लेखकलाई म्याद नथप्नु, बन्दी प्रत्यक्षीकरण रिट खारेज || Nepal Times
Apr 06, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-23-2082 || Nepal Times
Apr 06, 2026
Playing
फेवातालको जग्गा अध्ययन गर्न बन्यो समिति,७ दिनभित्र प्रतिवेदन || Nepal Times
Apr 06, 2026
Playing
इरानी धम्कीपछि व्हाइट हाउसमा ट्रम्पकै अघि फा य रिंग, अलर्टमा सिक्रेट सर्भिस || Nepal Times
Apr 06, 2026
Playing
नेपाल–चीन सम्बन्धमा सरकारको सन्तुलनमाथि संसदमा प्रश्न || Nepal Times
Apr 06, 2026
Playing
सबै श्रमिकलाई न्यूनतम तलब दिलाउन जुट्यो बालेन सरकार, दियो यस्तो निर्देशन || Nepal Times
Apr 06, 2026
Playing
धरपकडले थर्किएको सेयर बजारलाई अर्थमन्त्रीले काँध हाले || Nepal Times
Apr 06, 2026
Playing
तीन अध्यादेश स्वीकृत, दुई समिति गठन,सभामुखको सम्बोधन || Nepal Times
Apr 06, 2026
Playing
World News: होर्मुज खोल्न मंगलबार रातिसम्मको समय, नत्र नर्कको बास ! || Nepal Times
Apr 06, 2026

भ्रष्टाचारमा प्रचण्ड बेदाग ? नारायणकाजीको काउन्टर

९ श्रावण २०८१

९ साउन , काठमाण्डौ ।
आफू कहिल्यै पनि यथास्थितिमा बस्न नसक्ने, सानोठूलो उथलपुथल गरिरहने आफ्नो स्वभाव रहेको बताउने गरेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हिजोआज आफू बेदाग रहेको पनि दाबी गर्न थालेका छन् । नेपाली राजनीति र सत्तामा पुगेकाहरु प्राय कुनै न कुनै काण्डमा मुछिने गरेकामा प्रचण्डले आफू जति पटक सत्तामा पुगेपनि बेदाग निस्किएको दाबी गरेका छन् ।

उनको यो दाबी पछिल्लो पटक काँग्रेस–एमाले मिलेर नयाँ सरकार बनाउँदा प्रतिपक्षमा पुगेपछि आएको हो । आज पनि पार्टी कार्यालय पेरिसडाँडामा आयोजित स्व नेता नरबहादुर कर्माचार्यको ११ औँ स्मृति सभालाई सम्बोधन गर्दै उनले यस्तो दाबी दोहोर्याए । उनले भने, “हामी सरकारबाट बेदाग निस्किएका छौँ । न ओम्नी न त गिरिबन्धु । कतैबाट पनि दाग लागेको छैन ।”

Advertisement

प्रचण्डले आफूहरु सरकारबाट बेदाग निस्किएको उल्लेख गर्दै अबको समय भनेको पार्टी स्थापितमै केन्द्रित हुनु रहेको बताएका छन् । यस्तै उनले ओली नेतृत्वमा बनेको गठबन्धनले संविधान मिच्ने र परिवर्तन उल्ट्याउने प्रयास गर्ने आशंका व्यक्त गरे । “उपलब्धि उल्ट्याउने तयारी यो गठबन्धनले गरेको छ,” उनले भने, “अमूर्तरुपले त्यही भनेको पनि छ ।

विगतको घटनाक्रम पनि संविधान मिच्ने र परिवर्तन उल्ट्याउने नै छ । संघीयताबाट पछि हट्ने खतरा छ । जसको नेतृत्वमा गठबन्धन बनेको छ । संसद् विघटन गरेको इतिहास छ । उपलब्धिमाथि प्रहार गर्ने खतरा छ । त्यसैले हामी सचेत रहनैपर्छ ।” उनले अब सरकार होइन, जनतामा जाने बताउँदै भने, “प्रतिगामी कदम चालिन्छन् भन्ने देखेका छौँ । सडक र संसद्बाट पनि हामीले प्रतिवाद गर्नेछौँ ।”

यस्तै प्रचण्डले आफू नेतृत्वको सरकारले सुशासनको पक्षमा काम गरेपछि सरकार ढालेको आरोप पनि लगाए । उनले सामाजिक न्याय, देशभित्र र बाहिर रहेका नेपाली युवाको पक्षमा काम गर्दा सरकार ढालेको बताएका हुन् । प्रचण्डले युवालाई सामाजिक सुरक्षामा आवद्ध गर्ने र उनीहरूका हकहितको पक्षमा केही महत्वपूर्ण निर्णय लिएसँगै सरकार ढालिएको बताए ।

उनले विचौलियाहरूको पहलमा नै नयाँ गठबन्धन बनाइएको जिकिर गरे । विचौलियकै पक्षमा सरकारले काम गर्ने उनको आरोप छ । उनले पछिल्ला दुई गिरफ्तारीपछि सरकार परिवर्तनको चलखेल भएको बताए । प्रतिगमनको खतराविरुद्ध पार्टीलाई एकतावद्ध गर्ने र जनतासँग जोडिएर जरुरी पर्दा आन्दोलनको तयारी गर्ने कुरामा आफूहरूको मुख्य लक्ष्य रहेको स्पष्ट पारे ।

प्रचण्डले आफू सरकारबाट बेदाग बाहिरिएको दाबी गरेपनि उनीमाथि क्यान्टोनमेन्ट अर्थात सेना समायोजनका क्रममा भएको आर्थिक चलखेलको विषयमा आरोप छ । यस्तै माओवादी द्वन्दकालसंग जोडिएका कयौं विषयमा उनी प्रश्नहरुको घेरामा छन् । यस्तै तत्कालिन र हालका माओवादीका कयौं नेता तिनका परिवारसहित सुन, जग्गा, नक्कली शरणार्थी लगायतका कर्यौ प्रकरणमा जोडिएका छन् ।

यो पृष्ठभूमीकाबीच प्रचण्डले आफू बेदाग रहेको र आफूले शुसासनको काम गर्दाखेरी सरकार ढालिएको र अब पार्टीलाई सुदृढ गर्दै जनताको बिचमा जाने बताइरहँदा उनका वरिष्ठ उपाध्यक्ष नारायाणकाजी श्रेष्ठले पार्टीको नेतृत्व गर्ने जिम्मेवारी दिए तयार रहेको बताएका छन् । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै अगाडि यस्तो बताएका हुन् ।

प्रचण्डले ३५ वर्ष पार्टीको नेतृत्व गरिसकेँ अब तपाईंहरूले चलाउनुस् भनेर जिम्मेवारी दिए नेतृत्वका लागि तयार रहनुपर्ने उनको भनाइ छ । ’अध्यक्ष कमरेडले ३५ वर्ष मैले पार्टीको अध्यक्षता गरेँ, मैले मात्रै कति जिम्मेवारी लिने भनेर हामीमध्ये कोहीलाई तपाईंहरू अब चलाउनुस् भनेर कुनै दिन भनेको स्थितिमा हामी चलाउन तयार हुनुपर्छ,’ श्रेष्ठले भने, ’अहिलेको अवस्थामा रुपान्तरणको प्रक्रियाको नेतृत्व पनि पार्टी अध्यक्षले नै गरेर अघि बढ्नु र हामी सबैले साथ दिने अहिलेको आवश्यकता हो ।’

रूपान्तरणको प्रक्रियाको नेतृत्व पनि पार्टी अध्यक्ष प्रचण्डले नै गरेर अघि बढ्नु र सबैले साथ दिने कुरा अहिलेको आवश्यकता भएको श्रेष्ठको भनाइ छ । माओवादी केन्द्रका लागि सरकारमा रहनु र सरकारबाट बाहिरिनुले कुनै असर नगर्ने भए पनि अहिलेको कार्यदिशा कार्यान्वयनको निम्ति सरकारको भूमिका महत्त्वपूर्ण रहने उनले बताए । सरकारबाट बाहिर आएको अवस्थामा प्रतिक्रियात्मक, आक्रोशपूर्ण ढंगले प्रस्तुत हुन नहुने श्रेष्ठले बताए ।

‘हाम्रो लागि सरकारमा रहनु वा सरकारबाट बाहिर आउनु त्यति ठूलो कुरा होइन । यद्यपि, अहिलेको कार्यदिशा कार्यान्वयनको निम्ति सरकारको भूमिका महत्त्वपूर्ण रहन्छ । अहिले मुख्य भूमिकामा थियो,’ श्रेष्ठले भने, ’अहिले प्रादेशिक र संघीय सरकारमा नरहने स्थितिमा हाम्रो संसदको भूमिका मुख्य भएर जान्छ । विस्तारै जनतासँग जोडेर जनपरिचालन, जनसंघर्षको भूमिकामा पनि जानुपर्ने स्थिति हुन सक्छ ।

त्यसको आवश्यकताअनुसार हामी अघि बढ्छौँ । पार्टीको नेतृत्वको सरकारलाई गिराउन विभिन्न ढंगले सधैँ प्रयत्न हुँदै आएको पनि श्रेष्ठको भनाइ छ । अहिले बनेको सरकारले राष्ट्रियताको रक्षा नगर्ने, उपलब्धिको रक्षा नगर्ने र सुशासन स्थापित गर्न नसक्ने उनले दाबी गरे । वर्तमान सरकारले प्रतिगमनतिर लैजाने खतरा रहेको भन्दै सरकार भ्रष्टचारीको रक्षा गर्ने, थप भ्रष्टाचारीको आधार तयार पार्ने दिशातिर जाने उनको आशंका छ ।

’जुन सरकार अहिले बनेको छ, त्यो सरकारले के राष्ट्रियताको रक्षा गर्दछ, जो हामीले दृढतापूर्वक अघि बढाएका थियौँ । यो सरकारले के अहिलेको उपलब्धिको रक्षा गर्छ ?’ श्रेष्ठले भने, ’अहिलेको उपलब्धि रक्षा गर्नुको सट्टा प्रतिगमनतिर लैजाने त होइन भन्ने आशंक आएका छन्। त्यसप्रति हामी सचेत छौँ । यो सरकारले सुशासन स्थापित गर्छ भन्दा भ्रष्टचारीको रक्षा गर्ने, थप भ्रष्टाचारीको आधार तयार पार्ने दिशातिर त जाँदैन भन्ने प्रश्न आएको छ ।’

Advertisement

वरिष्ठ उपाध्यक्ष श्रेष्ठले अध्यक्ष प्रचण्ड र आफूबीच फाटो पैदा गर्ने काम भइरहेको भन्दै त्यसको भ्रममा नपर्न पनि अन्तिममा आग्रह गरेका छन् ।

भर्खरको समाचार

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द

666875080_946650761288275_1255168760803768567_n

संसद्को दुवै सदनको बैठक आज: के छ कार्यसूची ? आजै सर्वदलीय बैठक

नवनियुक्त प्रधानमन्त्री शाह 
काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहणपश्चात् आयोजित कार्यक्रममा । तस्बिरः किरणराज विष्ट÷रासस

ट्रम्पको गर्जनः इरानलाई ध्वस्त पार्ने अनि तेल कब्जा गर्ने

donald_trump

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

सम्बन्धित खबरहरु

Scroll to Top