NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त सोमवार कार्तिक २४ , २०८२
महावीरले दबाब थेग्न सकेनन्, दिए प्रष्टिकरण ? सोमवार कार्तिक २४ , २०८२
कुलमानको पार्टीको नाम,उज्यालो नेपाल नै रहने, चिम चिन्ह सोमवार कार्तिक २४ , २०८२
एनपीएल ‘रोबोट डग’, के काम गर्छ ?विराटनगरमा प्रभावशाली कोच सोमवार कार्तिक २४ , २०८२
४० दिनदेखि सरकार सटडाउन हुँदा , अमेरिका नै अस्तब्यस्त सोमवार कार्तिक २४ , २०८२
Next
Prev

समाचार

अमेरिकी सरकारमै चिनियाँ जासुस, न्यूयोर्कबाट अमेरिकी नागरिक पक्राउ

बिहिबार भदौ २० , २०८१
Reading Time: 1 min read
A A
धनाढ्य अमेरिकीहरूलाई थप कर लगाउने योजना
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२० भदौ ,एजेन्सी ।

विश्वका दुई ठूला शक्ति राष्ट्र अमेरिका र चीनपछिल्लो समय साइबर आक्रमण तथा प्रतिद्वन्द्वी देशका जासुसबाट पीडित छन् । यस्तो अवस्थामा अमेरिकामा फेरि एक व्यक्तिलाई चिनियाँ जासुस भएको आरोपमा पक्राउ गरिएको छ । १४ वर्षसम्म न्यूयोर्क राज्य सरकारका लागि काम गरेकी र अमेरिकाको अंगिकृत नागरिकतासमेत लिएकी ४० वर्षीय महिलालाई अमेरिकी प्रहरीले पक्राउ गरेको हो ।

उनी न्यूयोर्क राज्यका गभर्नर क्याथी होकलकी पूर्ववरिष्ठ सहयोगी लिन्डा सन हुन् । उनलाई फेडेरल ब्युरो अफ इन्भेस्टिगेसन (एफबिआई) ले चिनियाँ एजेन्ट भएको आरोपमा मंगलबार पक्राउ गरेको हो । चीनमा जन्मेर अमेरिकाको अंगिकृत नागरिकता लिएकी लिन्डाले १४ वर्षसम्म न्यूयोर्क राज्य सरकारका लागि काम गरेकी थिइन् ।

LS Auto

गभर्नर होकल र उनी अघिका गभर्नर एन्ड्रयु कोमोसँग नजिक रहेर काम गरेकी लिन्डालाई एजेन्टका रूपमा चिनियाँ स्वार्थका लागि काम गरेको भनेर संघीय अभियोजनकर्ताले दर्ता गरेको अभियोगपत्रमा आरोप लगाइएको छ । त्यसको बदलामा लिन्डा र उनका व्यापारी श्रीमान् क्रिस्टोफर हुले चीनबाट दसौं लाख डलर पैसा, भ्रमण लाभ, विभिन्न कार्यक्रमका टिकट र पटक पटक विशेष प्रकारले पकाइएको हाँसको मासु लगायत फाइदा लिएको अभियोगपत्रमा दाबी गरिएको छ ।

भिसा ठगी, सम्पत्ति शुद्धीकरण र अन्य अपराधमा उनीविरूद्ध १० वटा फौजदारी अभियोग लगाइएको छ । उनका श्रीमानलाई सम्पत्ति शुद्धीकरणको मात्रै अभियोग लगाइएको द न्यूयोर्क टाइम्समा उल्लेख छ । चिनियाँ सरकारी अधिकारीहरूलाई अमेरिका भ्रमण गर्न र न्यूयोर्कमा राज्यका अधिकारीहरूसँग भेट सजिलो बनाउन गभर्नर कार्यालयबाट लिन्डाले अनधिकृत निमन्त्रणा पत्र उपलब्ध गराएको आरोप छ ।

गभर्नर लगायत राज्य सरकारका अधिकारीहरूसँग ताइवानका अधिकारीहरूलाई भेट्न नदिएको समेत आरोप लगाइएको उल्लेख छ । ६५ पृष्ठको अभियोगपत्रमा लिन्डाले कुन कुन मितिमा चीनलाई फाइदा पु¥याउन के के गरिन् भन्ने मात्रै उल्लेख छैन । अभियोगपत्रमा विशेष तरिकाले पकाइएको हाँसको मासु कहिले–कहिले पाएकी थिइन् भन्ने समेत विस्तृत रूपमा वर्णन गरिएको छ ।

सन् २०१९ मा ताइवानकी तत्कालीन राष्ट्रपति साइ इंग–वेनले न्यूयोर्क राज्यको भ्रमण गरेकी थिइन् । चीनले व्यापक विरोध गरेको सो भ्रमणमा ताइवानले आयोजना गरेको भोजमा तत्कालीन गभर्नर कोमोलाई पठाइएको निम्ता लिन्डाले कोमोसम्म पुग्नै नदिएको आरोप लगाइएको छ । ’मैले रोकिसकेँ’ भनेर त्यसबारे उनले एक चिनियाँ अधिकारीलाई लेखेको समेत अभियोगपत्रमा भनिएको छ ।

त्यस्तै, २०२१ मा सार्वजनिक सम्बोधन गर्दा गभर्नर होकलले बोल्ने विषय प्रभावित गरेर उनलाई चीनको सिनजियाङ प्रान्तका वीगरले भोगेको उत्पीडनबारे बोल्न रोकेको दाबी गरिएको छ । १४ वर्षे सेवा अवधिमा लिन्डा सन् २०२१ मा वर्तमान गभर्नर होकलको डेपुटी चिफ अफ स्टाफ भएकी थिइन् । सन् २०२३ मार्चमा खराब आचरणका कारण उनलाई पदमुक्त गरिएको थियो ।

तर पनि उनी राज्य सरकारकी अधिकारी रहिरहेको भन्दै केही महिनासम्म सार्वजनिक कार्यक्रममा सामेल भइरहेकी थिइन् । पछि अगस्टमा सरकारले त्यस्तो कार्य बन्द गर्नु भनेर पत्र लेखेपछि मात्रै उनले त्यस्ता गतिविधि बन्द गरेको आरोप उनीमाथि छ । लिन्डाले भने सबै आरोपहरू गलत भएको दाबी गरेकी छन् ।

चिनियाँ दूतावासका प्रवक्ता लिउ पेन्ग्युले यस मुद्दाबारे विस्तृतमा जानकारी नभएको बताएका छन् । तर पछिल्ला वर्षहरूमा अमेरिकी सरकार र मिडियाले बारम्बार तथाकथित ’चिनियाँ एजेन्ट’ का कुरा उछालेको र तीमध्ये धेरै आरोप पछि गलत साबित भएको न्यूयोर्क टाइम्सले उल्लेख गरेको छ । यता अमेरिकाले सन् २०२४ को राष्ट्रपति निर्वाचनमा रुसले हस्तक्षेप गरेको आरोप लगाएको छ ।

आरोपसँगै रुसी सरकारी सञ्चारमाध्यमका थुप्रै अधिकारीहरूमाथि प्रतिबन्ध लगाएको छ । रुसले राष्ट्रपति चुनावमा हस्तक्षेप गर्न ठूलो मात्रामा अभियान चलाएको आरोप अमेरिकाले लगाएको छ । महान्यायाधिवक्ता मेरिक गारल्याण्डले रुसको राज्यद्वारा सञ्चालित मिडिया आरटी (पहिले रुस टुडे) ले टेनेसीको एक फर्मलाई ‘अमेरिकी दर्शकहरूका लागि रुसी सन्देशहरू उत्पादन गर्न र प्रसारण गर्न’ भनेर १ करोड अमेरिकी डलर प्रदान गरेको दाबी गरेका छन् ।

गारल्याण्डका अनुसार मस्को डोनाल्ड ट्रम्प र कमला ह्यारिस बीचको चुनावमा ‘आफू अनुकूल नतिजा’ चाहन्छ । प्रतिबन्ध लगाइएका १० जना अधिकारीहरूमा आरटी प्रमुख मार्गरिटा सिमोनियनको नाम पनि समावेश छ । बुधबार मात्रै चीनको राज्य सुरक्षा एजेन्सीले संवेदनशील जानकारीमा पहुँच भएका विद्यार्थीहरूलाई ‘सुन्दर पुरुष’ वा ‘सुन्दर महिला’ को मायाजालमा नपर्न चेतावनी दिएको थियो ।

एजेन्सीका अनुसार तिनीहरूले विद्यार्थीहरूलाई विदेशी शक्तिका लागि जासुसी गर्न लोभ्याउन सक्छन् । गत वर्ष विच्याट खाता खोल्दा विदेशी जासुसहरूले आफ्नो मुलुकसँग विश्वासघात गर्नका लागि प्राय कठोर र असामान्य तरिकाले बफादार चिनियाँहरूलाई प्रलोभनमा पार्न काम गरिरहेको भन्ने बेइजिङको राज्य सुरक्षा मन्त्रालयले जनाएको छ ।

Tags: #अमेरिकी नागरिक#अमेरिकी सरकार#चिनियाँ जासुस

लोकप्रीय

नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

सोमवार कार्तिक २४ , २०८२
महावीरको महान निर्णयः किमोका औषधि नेपालमै

महावीरले दबाब थेग्न सकेनन्, दिए प्रष्टिकरण ?

सोमवार कार्तिक २४ , २०८२
कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

कुलमानको पार्टीको नाम,उज्यालो नेपाल नै रहने, चिम चिन्ह

सोमवार कार्तिक २४ , २०८२

विचार

नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

सोमवार कार्तिक २४ , २०८२
महावीरको महान निर्णयः किमोका औषधि नेपालमै

महावीरले दबाब थेग्न सकेनन्, दिए प्रष्टिकरण ?

सोमवार कार्तिक २४ , २०८२
कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

कुलमानको पार्टीको नाम,उज्यालो नेपाल नै रहने, चिम चिन्ह

सोमवार कार्तिक २४ , २०८२

थप समाचार

नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त
ताजा समाचार

नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

सोमवार कार्तिक २४ , २०८२
महावीरको महान निर्णयः किमोका औषधि नेपालमै
ताजा समाचार

महावीरले दबाब थेग्न सकेनन्, दिए प्रष्टिकरण ?

सोमवार कार्तिक २४ , २०८२
कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत
ताजा समाचार

कुलमानको पार्टीको नाम,उज्यालो नेपाल नै रहने, चिम चिन्ह

सोमवार कार्तिक २४ , २०८२
एनपीएल ‘रोबोट डग’, के काम गर्छ ?विराटनगरमा प्रभावशाली कोच
खेलकुद

एनपीएल ‘रोबोट डग’, के काम गर्छ ?विराटनगरमा प्रभावशाली कोच

सोमवार कार्तिक २४ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: इक्वेडरको जेलमा ३१ जना मा*रि*ए, अमेरिकी सटडाउन खुल्ने || Nepal Times

World News: इक्वेडरको जेलमा ३१ जना मा*रि*ए, अमेरिकी सटडाउन खुल्ने || Nepal Times

00:19:53

World News: सिरियाली राष्ट्रपति Trump भेट्न पुगे, मुनिर जीवनभर फिल्ड मार्सल || Nepal Times

00:16:53

World News:चीनको फुजियान सेवामा, रुसमा हे लिकप्टर दुर्घ टना || Nepal Times

00:19:59

World News: अमेरिकी सरकार ३७ दिनदेखि बन्द,भियतनाममा आँधी,५ हजार वर्ष पूराना भाडा || Nepal Times

00:20:10

World News: मेक्सिकोभित्रै पसेर ट्रम्पले कारबाही गर्ने, राष्ट्रपतिमाथि नै यौन दु*व्र्य*वहार

00:18:03

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

आईजीपी खापुङलाई २४घण्टे स्पष्टीकरण, किन किन कारवाही नगर्ने ?

‘बल प्रयोग गर्न नपाउने हो भने देशमा प्रहरी नराखे हुन्छ’ः आईजी

शुक्रबार कार्तिक २१ , २०८२
सुडान टुक्रिने कमाण्डरको चेतावनी, वेस्ट बैंकमा बुलडोजर

सुडानमा भयानक नरसंहारः अन्तरिक्षबाटै देखियो रगतको आहाल

मङ्लबार कार्तिक १८ , २०८२
ओली र लेखकको स्थानहद र पासपोर्ट रोक्का खुलेन

रवि फेरि चक्रब्युमा,फर्जी पत्र थमाएर जेलबाट कसले निकाल्यो ?

मङ्लबार कार्तिक १८ , २०८२

हालका पोस्टहरू

नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

सोमवार कार्तिक २४ , २०८२
महावीरको महान निर्णयः किमोका औषधि नेपालमै

महावीरले दबाब थेग्न सकेनन्, दिए प्रष्टिकरण ?

सोमवार कार्तिक २४ , २०८२
कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

कुलमानको पार्टीको नाम,उज्यालो नेपाल नै रहने, चिम चिन्ह

सोमवार कार्तिक २४ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.