NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
रास्वपाका नेता नै नक्कली प्रमाण पत्र बनाएको अभियोगमा पक्राउ शुक्रबार भदौ ६ , २०८२
भारतले लिपुलेक हडपेको चीनको कानमा पुग्यो शुक्रबार भदौ ६ , २०८२
सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग शुक्रबार भदौ ६ , २०८२
पूरा अन्टार्कटिका क्षेत्रमा सुनामीको चेतावनी शुक्रबार भदौ ६ , २०८२
ओलीले विश्वासको मत लिनुपर्छ कि पर्दैन? फैसलाहुँदै शुक्रबार भदौ ६ , २०८२
Next
Prev

समाचार

आगामी विश्वकपमा पनि अर्जेन्टिनाको कप्तानी मेसीले नै गर्छन् त ?

सोमवार भदौ ३१ , २०८१
Reading Time: 1 min read
A A
आगामी विश्वकपमा पनि अर्जेन्टिनाको कप्तानी मेसीले नै गर्छन् त ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

३१ भदौ, एजेन्सी । 

समकालीन विश्व फुटबलका महान् हस्तीमध्येका एक लियोनल मेसीको सन् २०२२ अघि एउटै सपना अधुरो थियो । क्लब फुटबलबाट उपलब्धिहरूको चाङ लगाएका मेसीसँग त्यसबेला विश्वकपकाे उपाधि थिएन ।

स्पेनिस क्लब बार्सिलोनाबाट अथक उपलब्धि बनाएका मेसी राष्ट्रका लागि योगदान गर्न नसकेकोमा आलोचित थिए, निराश थिए । सन् २०१६ तिर राष्ट्रिय टोलीबाट सन्न्यास लिने मनसायमा पुगसकेका थिए, मेसी । २७ जुन २०१६ मा भएको कोपा अमेरिकाको फाइनलमा अर्जेन्टिना चिलीसँग पेनाल्टीमा पराजित हुँदै उपाधिबाट बिमुख भएको थियो ।

LS Auto

त्यसबेला आवेगमा आएमा सन्न्यास लिने मन बनाएका मेसीले पछि आफ्नो धारणा बदले । पुनः राष्ट्रिय टिमसँग जोडिएका उनले सन् २०२१ मा अर्जेन्टिनालाई कोपा अमेरिकाको उपाधि दिलाए । मेसीले अर्जेन्टिनाको सिनियर टिमलाई दिलाएको त्यो नै पहिलो उपाधि थियो ।

त्यसअघि मेसीले सन् २००५ मा यु-२० विश्वकप जितेका थिए भने २००८ मा भएको बेइजिङ ओलम्पिकमा गोल्ड मेडल जितेका थिए ।

कोपा जिते पनि उनको सपना थियो, विश्वकप जित्ने । सन् २०१४ मा पनि विश्वकपको उपाधिनजिक पुगेको अर्जेन्टिना जर्मनीसँग स्तब्ध हुँदा मेसीको सपना अधुरै रहेको थियो ।

तर, कतारमा भएको विश्वकपमा भने अर्जेन्टिना फ्रान्सलाई स्तब्ध बनाएर विश्वविजेता बनेपछि मेसीको सपना पूरा भयो । खेल करिअरको करिब-करिब अन्त्यतिर पुगेका मेसीले अन्तर्राष्ट्रिय खेलबाट सन्न्यास लिन्छन् कि भन्ने चासो चिन्ता सबैलाई छ ।

पछिल्लो समय चोटका कारण निरन्तर मैदानबाहिर बस्नु परेपछि मेसीको अन्तर्राष्ट्रिय खेल जीवनको विषयमा विभिन्न कोणबाट चर्चा हुन थालेको छ । केही फुटबल विश्लेषकले छिट्टै नै मेसीले राष्ट्रिय टोलीबाट सन्यास लिने आशंकासमेत व्यक्त गरेका छन् ।

३७ वर्षीय मेसीले आगामी विश्वकपअघि नै सन्न्यास लिएमा अर्जेन्टिनाको कप्तानी कसले गर्छ भन्ने कौतूहल पनि सबैमाझ छ । यसबीचमा अर्जेन्टिनी फुटबलर हुवाँ रोमन रिक्वेल्मले सन् २०२६ को विश्वकपमा पनि लियोनल मेस्सीले नै अर्जेन्टिनी टोलीको कप्तानी गर्ने धारणा व्यक्त गरेका छन् ।

आफ्नो समयका प्रभावशाली खेलाडी अर्जेन्टिनी पूर्वमिडफिल्डर हुवाँ रोमन रिक्वेल्मले मेसीको खेलको प्रशंसा गर्दै यस्तो बताएका हुन् । लामो समय मैदानबाहिर रहे पनि मेसीले आफ्नो लय नगुमाएको बताउँदै रिक्वेल्म भन्छन्, ‘उनी झनै आक्रामक बनेर मैदानमा फर्किएका छन् । मेरो विचारमा सन् २०२६ को विश्वकपमा पनि उनले नै अर्जेन्टिनी टोलीको नेतृत्व गर्नेछन् ।’

मेसीले तत्काल राष्ट्रिय टोलीबाट सन्न्यास लिने कुनै सम्भावना नरहेको उनको दाबी छ । ‘लामो खेल जीवनमा खेलाडी घाइते हुनु सामान्य कुरा हो । तर, मेसी अझै लयमा छन् । उनी समकालीन विश्व फुटबलकै सर्वोत्कृष्ट खेलाडी हुन् । उनले अझै मैदानमा थुप्रै जादु देखाउन बाँकी छ ।’

चोटका कारण दुई महिना मैदानबाहिर रहेर पुनरागमन गरेको खेलमा नै मेसीले दुई गोल गर्दा उनी आबद्ध इन्टर मियामीले सहज जित आत्मसात् गरेको थियो । अमेरिकन मेजर लिग सकरअन्तर्गत आइतबार बिहान घरेलु मैदान चेस स्टेडियममा भएको खेलमा मियामीले फिलाडेल्फियालाई ३–१ गोलले हराएको थियो ।

त्यससँगै मेसी मेजर लिगका पछिल्ला आफूले खेलेका १९ खेलमा १५ गोल र १६ असिस्ट गर्ने पहिलो खेलाडी बने । मेसीले जारी सिजनमा १३ मात्र खेल खेल्दा १४ गोल र १० असिस्ट गरेका छन् । सन् २०२४ मा उनले मियामीका सबै प्रतियोगितामा गरी २९ खेलमा २५ गोल गर्दा १६ गोलमा पास मिलाएका थिए ।

यसअघि बार्सिलोना र पिएसजीका लागि खेलेका मेसीले सबै क्लबमा ७३१ गोल र ३२० असिस्ट गरेका छन् । समग्र फुटबल करिअरमा ८४० गोल गरेका मेसीले ३७५ गोलमा पास मिलाइदिएका छन् ।

लोकप्रीय

रास्वपाका नेता नै नक्कली प्रमाण पत्र बनाएको अभियोगमा पक्राउ

रास्वपाका नेता नै नक्कली प्रमाण पत्र बनाएको अभियोगमा पक्राउ

शुक्रबार भदौ ६ , २०८२
नेपालमा भारत र चीन कसको रेल पहिला आउँछ ?

भारतले लिपुलेक हडपेको चीनको कानमा पुग्यो

शुक्रबार भदौ ६ , २०८२
सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग

सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग

शुक्रबार भदौ ६ , २०८२

विचार

थप समाचार

रास्वपाका नेता नै नक्कली प्रमाण पत्र बनाएको अभियोगमा पक्राउ
ताजा समाचार

रास्वपाका नेता नै नक्कली प्रमाण पत्र बनाएको अभियोगमा पक्राउ

शुक्रबार भदौ ६ , २०८२
नेपालमा भारत र चीन कसको रेल पहिला आउँछ ?
अन्तर्राष्ट्रिय

भारतले लिपुलेक हडपेको चीनको कानमा पुग्यो

शुक्रबार भदौ ६ , २०८२
सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग
अपराध

सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग

शुक्रबार भदौ ६ , २०८२
सिन्धुपाल्चोक भूकम्प : कहाँ–कहाँ भयो क्षति ? २३ परकम्प
अन्तर्राष्ट्रिय

पूरा अन्टार्कटिका क्षेत्रमा सुनामीको चेतावनी

शुक्रबार भदौ ६ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: स्कुलमा कार ब*म आ*क्र*मण,महासागरमा आयो इरानी सेना || Nepal Times

World News: स्कुलमा कार ब*म आ*क्र*मण,महासागरमा आयो इरानी सेना || Nepal Times

00:22:52

World News: संविधान संसोधन विधेयकले भारतमा हं*गा*मा, वि*द्रो*हीद्वारा १४० सर्वसाधारणको ह*त्या

00:20:28

World News: भारतले ९७ लडाकु विमान किन्दै, लिपुलेकबाट चीनसंग फेरि व्यापार शुरु गर्ने || Nepal Times

00:20:36

World News: चिनियाँ विदेशमन्त्री भारतमा, मुम्बई डुब्यो, बोलिभियामा ढल्यो समाजवादी किल्ला||NepalTimes

00:14:58

World News: पाकिस्तानमा बाढीको महाविनाश, २०३६ अघि रुस शुक्रमा पुग्ने || Nepal Times

00:14:14

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

नेपालमा भारत र चीन कसको रेल पहिला आउँछ ?

भारतले लिपुलेक हडपेको चीनको कानमा पुग्यो

शुक्रबार भदौ ६ , २०८२
अदालतको आदेश विरुद्ध उत्रिएका मनिषलाई झ्यानाकुल्टुङ गर्दै पक्राउ

अदालतको आदेश विरुद्ध उत्रिएका मनिषलाई झ्यानाकुल्टुङ गर्दै पक्राउ

बुधबार भदौ ४ , २०८२
सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग

सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग

शुक्रबार भदौ ६ , २०८२

हालका पोस्टहरू

रास्वपाका नेता नै नक्कली प्रमाण पत्र बनाएको अभियोगमा पक्राउ

रास्वपाका नेता नै नक्कली प्रमाण पत्र बनाएको अभियोगमा पक्राउ

शुक्रबार भदौ ६ , २०८२
नेपालमा भारत र चीन कसको रेल पहिला आउँछ ?

भारतले लिपुलेक हडपेको चीनको कानमा पुग्यो

शुक्रबार भदौ ६ , २०८२
सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग

सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग

शुक्रबार भदौ ६ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.