×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

ओलीको कम्बोडियामा लगानीको बास्तविकता के हो ?

४ मंसिर २०८१

४ कार्तिक , काठमाण्डौ।

कम्बोडियामा रहेको टेलिकम एग्जियाटा कम्पनीमा प्रधानमन्त्री ओलीको लगानी रहेको प्रमाण भन्दै सामाजिक संजालमा भिडियो पोष्ट गरेपछि मेकिडकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । प्रधानमन्त्रीको सो कम्पनीमा २३ करोड अमेरिकी डलर लगानी रहेको कागजात रहेकोसमेत प्रसाईले सार्वजनिक गरेका छन् ।

Advertisement
Advertisement

यही प्रमाण भनिएको भिडियोका कारण प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)ले प्रसाईलाई भक्तपुरस्थित उनकै घरबाट पक्राउ गरेको छ । साइबर अपराध मुद्दामा पक्राउ परेका प्रसाईंका विरुद्ध कागजात कीर्ते र मानहानी मुद्दासमेत चल्ने भएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) का प्रमुख एआइजी दीपक थापाका अनुसार तत्काल साइबर अपराधसम्बन्धी मुद्दामा म्याद थप गरिए पनि अनुसन्धानका क्रममा उनले गरेका अन्य कसुरसमेत आकर्षित हुने छ ।

एक व्यक्तिलाई एकैपटक एकभन्दा बढी मुद्दा चलाउने कानुनी सुविधा नभएका कारण एउटा मुद्दाको अनुसन्धानपछि अर्को मुद्दा चलाइने प्रहरीको तयारी छ । भ्रष्टाचार नसहने र भ्रष्टचारीको मुख समेत नहेर्ने पटक पटक दोहोर्याउने प्रधानमन्त्रीविरुद्ध नै ३२ अर्ब बराबरको लगानी कम्बोडियामा गरेको आरोप लागेको छ ।

तर प्रधानमन्त्री ओलीविरुद्ध यसअघि पनि यस्तै आरोप उनै प्रसाईले लगाएका थिए । त्यसबेला प्रहरीले आरोप पुष्टि गर्न चेतावनी दिएपनि पक्राउ भने गरेको थिएन । सन् २०१९ को मे १४ मा प्रधानमन्त्री हुँदा ओली कम्बोडिया बिजनेश फोरममा सहभागी हुन पुगेका थिए ।

त्यहाँ ओलीले शेयर होल्डरको रुपमा हस्ताक्षर गरेको प्रमाण रहेको प्रसाईको दाबी छ । उनले सार्वजनिक रुपमै सम्बोधन गर्दै भनेका छन्, ’यहाँका नेताहरुको पैसा कम्बोडिया, मंगोलिया, तुर्कमेनिस्तान, साउथ अफ्रिका र केन्या, दुबई र सिंगापुरमा छ । मसँग प्रमाण छ लिखित, सिग्नेचर भएका पेपरहरुको बुझ्नुभो ? मलाई यिनीहरुले मारे भने अर्कै कुरो हो । नभए दुर्गा प्रसाई बित्दैन फेरि । संसारमा दुर्गा प्रसाई मर्छ बित्दैन । किनभने मैले नेपालीहरु, नेपाली चेलीबेटीहरु रोएको देखेको छु ।’

एमालेकै पूर्व केन्द्रीय सदस्य समेत रहेका प्रसाईले भनेका छन्, ‘म मर्न तयार छु यस्ता तस्करसँग झुक्न तयार छैन । मलाई थाहा छैन मैले यो सार्वजनिक गरेपछि मेरो जिन्दगीमाथि खतरा थपिएको छ । मलाई यसैकारण मार्न पनि सक्छन् भन्ने पनि मलाई थाहा छ । तर मर्न त एक दिन मैले मर्नैपर्छ । म मरेता पनि मेरा नेपाली दाजुभाइलाई यी तस्करको यथार्थता देखाउँदै यस्ता फटाहालाई नंगाएर मात्र मर्न तयार छु । दुर्गा प्रसाई मर्न सक्छ दुर्गाको विचार मर्दैन । किनकि दुर्गा भनेको विचार हो । घरघरमा जन्मिसके दुर्गाहरु । यो शुरुआत मात्र हो । यसमा प्रमाणहरु अन्य दलका नेताहरुका लागि पनि आइरहने छन् ।’

यसअघि गतवर्षपनि अन्तर्राष्ट्रिय मिडियाले समेत ओलीको कम्बोडिया भ्रमण र लगानीका बारेमा समाचारसमेत बनाएका थिए । २०७७ सालमा प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियाको टेलिकममा लगानी र स्विस बैंकमा ६६ करोड लुकाएको भन्ने समाचार नै प्रकाशन भएको थियो । फ्रान्सको पेरिसबाट सञ्चालित ग्लोबल वाच एनलाइसीस नामक पत्रिकाले यस्तो दाबी गरेको थियो ।

एसिया, अफ्रिका वा ल्याटिन अमेरिकाका आर्थिकरुपले कमजोर राष्ट्रहरुमा आफ्नो प्रभुत्व जमाउन चीनले ती मूलुकका भ्रष्ट प्रमुखसँग सम्झौता गरिरहेको मात्रै होइन यसले चिनियाँ कम्पनीहरुलाई ती देशमा आफ्नो व्यापार विस्तार गर्न मात्र नभइ गुप्तरुपमा ती देशको राजनीतिमा प्रवेश गरेर दिर्घकालिन प्रभाव पनि सुनिश्चित गरेको चर्चा विश्वव्यापी रुपमा हुन थालेको र चिनियाँ मिसनको उत्कृष्ण उदाहरणको रुपमा नेपाललाई देखाउँदै उसले यस्तो रिपोर्ट सार्वजनिक गरेको थियो ।

लगत्तै तत्कालीन अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार रहेका सुर्य थापाले ‘ग्लोबल वाच एनालिसिस’ को हवाला दिँदै प्रकाशित समाचारहरु झुठ रहेको दाबी गरेका छन् । प्रेस नोट प्रकाशित गर्दै थापाले प्रधानमन्त्रीको नाम जोडेर आएका ति समाचारहरु गैरजिम्मेवारपुर्ण र बदनियतका साथ प्रकाशित भएको उल्लेख गरेका छन् ।

उनले प्रधानमन्त्री ओलीको स्वीस बैँकमा ५.५ मिलियन अमेरिकी डलर रहेको रिपोर्ट शतप्रतिशत गलत कपोकल्पित रहेको बताएका थिए । ‘राष्ट्रिय हितको रक्षा, सीमा अतिक्रमणविरूद्द नयाँ नक्सा प्रकाशनको साहसिक कदम र सर्वसम्मतिद्वारा संविधान संशोधनजस्तो महत्वपूर्ण निर्णयमा सिंगो राष्ट्रलाई एकताबद्द गर्दै प्रधानमन्त्रीज्यूले राष्ट्रको नेतृत्व सम्हालिरहनु भएको निकै संवेदनशील बेलामा बदनाम गराउन यस किसिमले सुनियोजित षडयन्त्र गर्ने अनेकन् तत्वहरू सक्रिय रहेको प्रष्ट नै छ ।’

उनले लेखेका थिए ‘आम नेपालीहरूलाई म यस्ता कुनै पनि दुष्प्रचारको भ्रममा नपर्न हार्दिक आह्वान गर्न चाहन्छु । र, सम्बन्धित निकायहरूले पत्रकारिताको न्यूनतम जवाफदेहिता, जिम्मेवारीबोध र सामाजिक मर्यादा एवं शिष्टाचारविपरित कार्यमा संलग्न व्यक्ति र संस्थाहरूमाथि कडा कारबाही गर्न माग समेत गर्दछु ।’

आरोपकै बीच प्रधानमन्त्री ओलीले पनि यसका बारेमा प्रष्टिकरण दिइससकेका छन् ।

गतवर्ष पोखरामा एक कार्यक्रममा सम्बोधन गर्दै ओलीलै कम्बोडियामा तीन हजार करोड लगानी गरेको पत्ता लगाउन चुनौती दिएका थिए । ‘कम्बोडियामा ३ हजार करोड मैले राखेको छु भने धेरै नाफा हुने विजनेस दिन्छु,’ ओलीले भनेका थिए, ‘देशको यत्रो पैसा लुकाएको रहेछु भने पत्ता लगाउनुस्, धेरै त छैन एक हजार रुपैयाँ थपेर सबै दिन्छु।’

आफू र एमालेलाई बदनाम बनाउन विदेशमा पैसा लगानी गरेको छ भन्नेजस्ता आरोप लगाइने गरिएको ओलीको भनाइ थियो पहिले स्वीस बैंकमा र अहिले कम्बोडियामा पैसा राखेको भनेर हल्ला चलाइएको उनले बताए।

गतवर्षपनि मेडिकल व्यवसायी प्रसाइले नै ओलीले कम्बोडियाको टेलिकममा ३० अर्ब लगानी गरेको बताएका थिए। यस्ता आरोप लगाउनेलाई ओलीले ‘भुस्याहा कुकुर’को संज्ञा दिएका थिए ।पेट र मुख छ भनेर जे पनि खान्छ भन्ने नभएको भन्दै उनले राज्यको ढुकुटीबाट एक पैसा पनि खल्तीमा हाल्छ भने त्यो अपराध भएको बताएका थिए ।

आफू र श्रीमतीका नाममा भएका सबै सम्पत्ति दान गरिसकेको भन्दै ओलीले अर्काका लागि भ्रष्टाचार नगर्ने बताएका थिए । ‘मैले र श्रीमतीले सबै सम्पत्ति दान गरिसकेका छौं, कसका लागि सम्पत्ति राख्ने,’ उनले भने, ‘मैले भ्रष्टाचार गर्ने, अरुलाई दिने मुर्खता केपी ओलीले गर्दैन।’ स्मार्ट एक्सियाटा कम्पनी लिमिटेड जसलाई सामान्यतः स्मार्ट भनिन्छ ।

यो कम्बोडियाको सबैभन्दा ठूलो र प्रमुख मोबाइल टेलिकम्युनिकेशन सेवा प्रदायकमध्ये एक हो। यो कम्पनी मलेसियाको एक्सियाटा ग्रुप बर्हाद ( को सहायक कम्पनीको रूपमा सञ्चालनमा छ । एक्सियाटा ग्रुपले कम्पनीमा लगभग ७२.४८ प्रतिशत स्वामित्व राखेको छ ।

बाँकी स्वामित्व स्थानीय साझेदार र अन्य रणनीतिक लगानीकर्ताहरूमार्फत बाँडिएको छ । यसले ८० लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ। साथै यसले कम्बोडियाको राष्ट्रिय जिडीपीमा लगभग १ दशमलव ७ प्रतिशत योगदान पुर्याएको छ।

कम्बोडियामा टेलिकम्युनिकेशन क्षेत्रमा विदेशी लगानीका सम्भावना र प्रतिबन्धहरू छन् । तर यो क्षेत्रसँग सम्बन्धित लगानीका नियमहरू सरकारको नीति र कानूनी संरचनामा निर्भर हुन्छ। टेलिकम क्षेत्रमा विशेष गरी टावर निर्माण, इन्टरनेट सेवा र प्रविधि आपूर्ति जस्ता क्षेत्रहरूमा विदेशी लगानी सम्भव छ ।

Advertisement

कम्बोडिया इनभेस्टमेन्ट बोर्ड र मिनिस्ट्री अफ पोस्ट्स एन्ड टेलिकम्युनिकेशनले विदेशी लगानीको अनुमति दिन्छ। त्याहा लगानी गर्दा केही क्षेत्रमा स्थानीय साझेदारको अनिवार्य आवश्यकता पर्दछ ।

भर्खरको समाचार

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षा

mausam-2075-12-18-768x388

बालेन सरकारको एक महिने परीक्षण, नायक शैली कि लोकतान्त्रिक सीमा?

PM Balen Shah taking oath-1774621063

१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?

679754060_962320546387963_444067493308568578_n

ह्वाइट हाउसको रात्रिभोजमा गोलीबारी, ट्रम्पको आकस्मिक उद्धार

94247da1-b212-41dc-bf8f-432c817c55d3

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

सम्बन्धित खबरहरु

Scroll to Top