×

NEPAL TIMES UPDATES

Playing
अन्तरजातीय प्रेम विवाह, बालविवाहको मुद्दामा हिरासतभित्रै मृ त्यु || Nepal Times
Apr 24, 2026
Playing
निजामती विधेयकमा ५० नयाँ व्यवस्था,ट्रेड युनियन खारेज || Nepal Times
Apr 24, 2026
Playing
फेरि पूर्वमन्त्री प क्राउ, राप्रपा उपाध्यक्ष विक्रम पाण्डे नियन्त्रणमा || Nepal Times
Apr 24, 2026
Playing
रवि र सुधनको गृहमन्त्रीको कार्यकाल, फरक समय तर उस्तै नियति || Nepal Times
Apr 24, 2026
Playing
सुकुम्बासीका लागि बोले बालेन: डुबानबाट जोगाउन व्यवस्थापन || Nepal Times
Apr 24, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-11-2083 || Nepal Times
Apr 24, 2026
Playing
सुकुम्बासी उठाउनेदेखि बसोबास र उपचारसम्म, मन्त्रीस्तरीय ११ निर्णय || Nepal Times
Apr 24, 2026
Playing
विमानस्थलका लाइन र रित्तो गाउँःपुनर्जीवन दिने बालेनको ’कमान्ड’ || Nepal Times
Apr 24, 2026
Playing
नक्कली र सक्कली सुकुम्बासी नछुट्याई किन चल्दैछ डोजर ? || Nepal Times
Apr 24, 2026
Playing
ट्रम्पले अब ७ दिनमात्र जारी राख्न पाउँछन् इरान युद्ध, त्यसपछि के हुन्छ ? || Nepal Times
Apr 24, 2026

युरोपको सेन्जेन जोनमा २ देश थपिए,नेपालीलाई के फाइदा ?

२८ मंसिर २०८१

२८ मंसिर , एजेन्सी ।

युरोपेली सङ्घ (ईयू) का सदस्य राष्ट्रहरूले बुल्गेरिया र रोमानियालाई अर्को वर्षको शुरुदेखि सीमारहित सेन्जेन क्षेत्रको पूर्ण सदस्य बन्न स्वीकृति दिएका छन्। “बुल्गेरिया र रोमानियालाई स्वागत गर्न पाउनु ऐतिहासिक क्षण हो,” हङ्गेरीका गृहमन्त्री स्यान्डर पिन्टरले भनेका छन् ।

Advertisement
Advertisement

सन् २००७ देखि युरोपेली सङ्घका सदस्य रहेका यी दुई देशलाई मार्चमा आंशिक रूपमा स्वतन्त्र आवागमन क्षेत्रमा जोडिएको थियो, जसले सीमा जाँच बिना हवाई र समुद्री यात्रा खुला गरेको थियो।

यद्यपि, अस्ट्रियाले आप्रवासनको चिन्तालाई लिएर आफ्नो मुलुकमा पूर्ण प्रवेशमा रोक लगाएको थियो र यसले गर्दा स्वतन्त्र रूपमा आवतजावतमा समस्या रहेको थियो ।भियनाले सोमबार इयूका मन्त्रीहरूको बिहीबारको बैठकमा आफ्नो भिटो प्रयोग नगर्ने घोषणा गरेको छ, जसले जनवरी १, २०२५ देखि दुबैलाई पूर्ण सदस्य बन्ने मार्ग प्रशस्त गरेको छ।

बुखारेस्ट र सोफियाले सन् २०१० मा ब्रसेल्सले तोकेका सबै प्राविधिक मापदण्ड पूरा गरेका थिए तर विभिन्न सदस्य राष्ट्रहरूले उनीहरूको प्रवेशमा अवरोध गरेपछि सेन्जेन क्षेत्रमा सामेल हुन एक दशकभन्दा बढी समय पर्खिनु परेको थियो ।

सन् २०२२ देखि अस्ट्रियाले उनीहरूको आवेदन रोकेको छ, जसले वर्षौंदेखि असुरक्षित बाह्य सेन्जेन सीमाहरूको परिणामस्वरूप कागजातविहीन आप्रवासीहरूको असमान सङ्ख्याको होस्टिङगको बारेमा गुनासो गर्दै आएको थियो ।

बुडापेस्टमा तीन देशले ‘सीमा सुरक्षा प्याकेज’ सम्झौतामा हस्ताक्षर गरेपछि अस्ट्रियाले आफ्नो आपत्ति फिर्ता लिएको थियो। सम्झौतामा बुल्गेरियाली–टर्की सीमामा संयुक्त रूपमा सीमा रक्षकको तैनाथी र स्थलमार्गमा अस्थायी सीमा नियन्त्रणको प्रारम्भिक अवधि छ महिनाको लागि हुने अस्ट्रियाका गृहमन्त्री गेरहार्ड कार्नरले बताएका छन्।

सन् १९८५ मा स्थापना भएको सेन्जेन जोनमा हाल २९ सदस्य रहेका छन् । यो आन्तरिक सीमा नियन्त्रण बिना विश्वको सबैभन्दा ठूलो क्षेत्र हो, जहाँ ४० करोडभन्दा बढी मानिस यस क्षेत्रभित्र स्वतन्त्र रूपमा यात्रा गर्न सक्छन् ।

सीमा जाँचविना आवागमन हुँदा नागरिक, व्यवसायी, र पर्यटकलाई युरोपभर सहज यात्राको अवसर मिल्नेछ। त्यस्तै, व्यापार लागत कम, पर्यटन र विदेशी लगानीमा वृद्धि हुनेछ। यसको लाभ सो क्षेत्रमा रहेका नेपालीहरुले समेत अब लिन पाउने भएका छन् ।

सेन्जेनको सदस्यता पाएसंगै यी दुई मुलुकका नागरिकलाई र अन्य सेन्जेन मुलुकका नागरिकलाई युरोपभर रोजगारी र श्रम बजारको सहज पहुँच हुनेछ। जसले गर्दा युरोपियन संघमा प्रभाव र साझेदारी सुदृढ हुनेछ।

त्यस्तै, परिवहनमा पनि नयाँ अवसर खुल्नेछ, जसले गर्दा हवाई, स्थल, र समुद्री यात्रामा समय र लागत बचत हुनेछ। सन् १९८५ मा लक्जेम्बर्गको सानो सहर “सेन्जेन“ मा यो सम्झौता भएको थियो। यो सम्झौताले सदस्य राष्ट्रहरूका बीचमा सीमा नियन्त्रण हटाउन सहमति प्रदान ग¥यो। २०२४ मार्चदेखि सेंजेन क्षेत्रमा २९ देशहरू समावेश छन् ।

जसमा अष्ट्रिया, बेल्जियम, बल्गेरिया, क्रोएशिया, चेक गणतन्त्र, डेनमार्क, इस्टोनिया, फिनल्याण्ड, फ्रान्स, जर्मनी, ग्रीस, हंगेरी, आइसल्यान्ड, इटाली, लाटभिया, लिक्टेन्ष्टाइन, लिथुआनिया, लक्जेम्बर्ग, माल्टा, नीदरल्यान्ड, नर्वे, पोल्याण्ड, पोर्चुगल, रोमानिया, स्लोवाकिया, स्लोभेनिया, स्पेन, स्वीडेन र स्विट्जरल्याण्ड रहेका छन् ।

Advertisement

तर, युके (युनाइटेड किङ्डम) यसमा सामेल छैन। एकल भिसाले सेन्जेन क्षेत्रका सबै देशमा यात्रा गर्न अनुमति दिन्छ। यो भिसा पर्यटक, विद्यार्थी, व्यापारिक वा पारिवारिक भ्रमणका लागि उपयुक्त मानिएको छ।

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top