×

NEPAL TIMES UPDATES

Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026
Playing
ब्रिटिस किंग्स गोर्खा अर्टिलरी, ब्रिटिस सेनाको शान बढाउन नेपालीमात्रै भर्ती || Nepal Times
May 20, 2026
Playing
विश्वमा जंगलराज आउने सी–पुटिनको चेतावनी|| Nepal Times
May 20, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-06-2083 || Nepal Times
May 20, 2026
Playing
ग्रे लिस्ट भनेको के हो ? बाहिरिन नेपालले अब के गर्नुपर्छ ? || Nepal Times
May 20, 2026
Playing
Trump ले शान्ति मागे, इरानले ‘फाइटर जेट खसाल्न तयार होउ’ भन्दै लल्कार्यो || Nepal Times
May 20, 2026
Playing
नेपालमा संसद्बाट निकालिएका सांसद्हरुको इतिहास, कसलाई किन निकालियो ? || Nepal Times
May 20, 2026

चितवनबाट पनि धरौटीमा छुटे रवि, धरौटी रकम पनि घट्यो

२४ माघ २०८१

२४ माघ , काठमाण्डौ।

पूर्वगृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेलाई ५४ लाख धरौटीमा रिहा गर्न चितवन जिल्ला अदालतले आदेश दिएको छ । साहारा सहकारीको रकम ठगी मुद्दाको थुनछेक बहसछि न्यायाधीश दयाराम ढकालको इजलासले लामिछानेलाई ५४ लाख धरौटीमा छाड्न आदेश दिएको हो ।

Advertisement
Advertisement

यसअघि रवि सूर्यदर्शन सहकारीमा कास्कीबाट ६५ लाख, स्वर्णलक्ष्मी सहकारीमा काठमाडौंबाट ६० लाख र सुप्रिम सहकारी प्रकरणमा रुपन्देही अदालतबाट १ करोड धरौटीमा छुटेका थिए । चर्काे धरौटी मागिएपछि रवि कास्की अदालतको आदेशविरुद्ध उच्च गएका छन् ।

उनको रिट उच्च अदालत कास्कीमा विचाराधीन छ । सहारा चितवन सहकारी ठगी अभियोगमा हिजो र आजको थुनछेक बहसपछि न्यायाधीश दयाराम ढकालको इजलासले रविलाई धरौटीमा छाड्ने आदेश दिएको हो ।

यसअघि रविलाई कास्की, काठमाडौं र रुपन्देहीको जिल्ला अदालतले भने क्रमश ६५ लाख, ६० लाख र १ करोड धरौटीमा रिहा गरेको थियो । रविका तर्फबाट बिहीबार पूर्वमहान्यायाधिवक्ता सुशीलकुमार पन्तसहित तीन जनाले आज बहस गरेका थिए भने उनीहरूको बहसपछि सरकारी वकिलले जवाफी बहस गरेका थिए ।

रविका विपक्षमा बहस गर्न सरकारले तीन जिल्लाबाट आज सरकारी वकिललाई चितवन अदालतमा उतारेको थियो । चितवनका जिल्ला न्यायधिबक्ता रवि न्यौपाने, अमृत सुवेदी, बुद्धबहादुर थापासहित ३ जना सरकारी वकिलले बुधबार बहस गरेका थिए ।

तर, महान्याधिवक्ता कार्यालयले लामिछानेविरुद्धको ठगी मुद्दाको बहसलाई बलियो बनाउन भन्दै छिमेकी जिल्ला बारका जिल्ला न्यायधिवक्ता शम्भुकुमार बस्नेत, पर्सा जिल्लाका न्यायधिवक्ता भोलानाथ निरौला र धादिङ्ग जिल्लाबाट दशरथ पंगेनीलाई चितवन झिकाएको थियो ।

तीनै जना सरकारी वकिलले साहारा बहुउद्देश्यीय सहकारी संस्था ठगी प्रकरणमा लामिछाने विरुद्दको मुद्दामा बहस गर्दै रविलाई थुनामा पठाउन माग गरेका थिए । महान्याधिवक्ता कार्यालयको निर्देशनमा उनीहरु चितवन आएको बताइएको छ ।

यस्तै सहकारी पीडितको तर्फबाट अधिवक्ता राजकुमार श्रेष्ठ, रमेश काफ्ले, सुनिता अधिकारी, शम्भु बर्तौला सहित वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता सुरेन्द्र भण्डारी, रामचन्द्र गौतमले बहस गरेका छन् ।

चितवनमा रविसहित ३२ जनालाई प्रतिवादी बनाउँदै मंगलबार दोस्रो चरणको अभियोगपत्र दर्ता भएको थियो। अभियोग दर्ता भएको भोलिपल्टै उनी अदालतमा हाजिर भएका थिए । चितवनमा रविलाई सहारा सहकारीको रकम गोर्खा मिडियामा लगेर अपचलन गरेको आरोप छ ।

गोर्खा मिडिया नेटवर्कबाट सहकारीको १० करोड ८० लाख १ हजार १५१ रुपैयाँ ६ पैसा अपचलन गरेको अभियोग छ । यसमा रवि, छवि, जीबी र कुमार रम्तेलको संलग्नता रहेको दाबी छ । उनीसहित २० जनालाई ठगीमा प्रतिवादी बनाइएको छ ।

अरु १२ जनालाई मात्रै संगठित अपराधमा पनि प्रतिवादी बनाइएको छ । रविमाथि अझै पर्सामा समेत मुद्दा चल्न सक्नेछ । उनलाई यसअघि नै पर्सा लगेर बयान लिइसकिएको छ । रवि पहिलो पटक कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए ।

Advertisement

कात्तिक २ गते पक्राउ परेका रवि ८४ दिनपछि पुस २५ गते कास्की प्रहरी हिरासतबाट छुटेका थिए ।

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top