NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
चुनावबारे सर्वपक्षिय भेलाः कसले के भने ? सोमवार पुस ७ , २०८२
हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार सोमवार पुस ७ , २०८२
आसिम मुनिरलाई साउदीको उच्च सम्मान सोमवार पुस ७ , २०८२
विदेशबाट मतदान गर्न ४ ऐन संशोधन हुँदै, ‘नो भोट’ पनि समावेश गरिने सोमवार पुस ७ , २०८२
रुसी राजधानी बमले थर्कियो, कसले विस्फोट गरायो ? सोमवार पुस ७ , २०८२
Next
Prev

समाचार

अख्तियारले कहिले समाउँछ ठूला माछा ?

सोमवार माघ २८ , २०८१
Reading Time: 1 min read
A A
सुनसरी वन कार्यालयका प्रमुख घुस लिएको आरोपमा श्रीमतीसहित पक्राउ
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२८ माघ, काठमाण्डौ ।

यो रिङ ब्याक टोन हामी सबैका मोबाइलमा आज विहानैदेखि बजिरहेको छ । आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३४ औँ स्थापना दिवस । काठमाण्डौको टंगाल स्थित कार्यालयमा राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितमा विशेष कार्यक्रम गरी आयोगले स्थापना दिवश मनाएको छ ।

नेपालमा भ्रष्टाचार नियन्त्रणका लागि संवैधानिक निकायका रूपमा २०४७ साल माघ २८ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगको गठन भएको हो । यस आयोगमा एकजना प्रमुख आयुक्त र आवश्यक सङ्ख्यामा अन्य आयुक्तहरू रहने व्यवस्था छ ।

LS Auto

कुनै सार्वजनिक पद धारण गरेको व्यक्तिले भ्रष्टाचार गरी अख्तियारको दुरुपयोग गरेको सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कानुन बमोजिम अनुसन्धान गर्न वा गराउन सक्नेछ तथा विशेष अदालतमा मुद्दा दायर गर्न सक्ने व्यवस्था रहेको छ ।

अख्तियार दुरूपयोगमुक्त राज्यसंयन्त्रको माध्यमबाट सुशासनलाई सुदृढ गरी अनुशासित समाज स्थापना गर्दै अनुचितकार्य वा भ्रष्टाचार विरुद्धको कारबाहीलाई समन्वयात्मक ढङ्गले सशक्त बनाई सुशासन कायम गर्न टेवा पु¥याउने यसको उद्धेश्य हो ।

तर स्थापनाको ३४ वर्ष पुगिसक्दापनि आयोगले अहिले सम्म लय भने पक्रन सकेको छैन् । अख्तियारले ठूला र राजनीतिक प्रकृतिका भ्रष्टाचारका उजुरीमाथि अनुसन्धानमा रुचि नै देखाउदैन् । उल्टो अख्तियार सत्ताको र आफ्नै समेत स्वार्थमा प्रयोग गर्ने औजार बनि दिन्छ ।

ठूला माछा नसमाउञ्जेल साना माछामात्र समाते जस्तो गरेर भ्रष्टाचार नियन्त्रण हुँदैन । नीतिगत भ्रष्टाचार र बेथितिमाथि कारबाही नगरी भ्रष्टाचार नियन्त्रण हुनै सक्दैन् । स्थापनाकालदेखि नै अख्तियार सानातिनालाई तर्साउने निकाय बनेको छ ।

मुद्दा संख्या र व्यक्ति देखाएर भ्रष्टाचार रोकिंदैन । ठूला भ्रष्टाचारका मुद्दामा हात नहाल्ने हो भने अख्तियारको कुनै औचित्य पुष्टी हुन सक्दैन । यति बेला अख्तियारको प्रमुख आयुक्त छन् प्रेम राई । उनको प्रशासनिक विगत खासै विवादयुक्त नभए पनि उनीमाथि प्रधानमन्त्री केपीशर्मा ओलीको ‘कोटरीको मान्छे’भन्ने आरोप लाग्दै आएको छ ।

उनी एमालेको दलगत स्वार्थमा भने ‘सफ्ट कर्नर’ राख्ने व्यक्तिका रूपमा बुझिन्छन् । उनको नियुक्ति कै समयमा उनीसँग लामो संगत गरेका एक कर्मचारीले ‘पार्टीको दबाबमा भ्रष्टाचारका कुनै फाइलमाथि अनुसन्धान भएन भने आश्चर्य नमाने हुन्छ ’भन्ने अभिव्यक्ती दिएका थिए ।

अहिले ब्यवहार देख्दा पनि त्यस्तै पो हो कि भन्ने शंका गर्ने ठाउँहरु धेरै छन् । प्रधामन्त्री ओलीआफू पनि नखाने र अरुलाई पनि खान नदिन, भ्रष्टचार भएको देखे रोक्ने भन्दै भाषण गरी रहन्छ तर देशमा भ्रष्टारको ग्राफ ओरालो हैन् उकालो लाग्छ ।

अनि प्रश्न उठ्छ अख्तियारकोे काम चाँही के ? के हेरेर बसेको छ अख्तियार ।यी अनुत्तरित प्रश्नहरुले पनि दलीय भागबण्डाले अख्तियारलाई पंगु बनाएको छ भन्नेहरुको संख्या धेरै छ ।
वास्तवमा राजनितिक दलका ब्यक्ति जोडिएका मुद्धामा अख्तियारका आँखा नै पदैनन् भन्दापनि हुन्छ ।

अहिले सम्म अख्तियारले नेपाल वायुसेवा निगमले न्यारोबडी र वाइडबडी विमान खरीदमा भएको अनियमितताको छानबिन अझै टुंग्याउन सकेको छैन । तारागाउँविकास समितिअन्तर्गतको तारागाउँ रिजेन्सी होटल्स लिमिटेडको शेयर विवादमा समेत अख्तियारले मुद्दा चलाएन ।

नेपाल ट्रष्टको विभिन्न ठाउँमा रहेको जग्गा लिजमा दिने प्रक्रियामा भएको शृङ्खलाबद्ध अनियमिततामा पनि अख्तियारले आँखा चिम्लिएको छ । गोकर्ण फरेस्ट रिसोर्टको जग्गा यती समूहलाई लिजमा दिने क्रियाकलापदेखि दरबारमार्ग, सोल्टीमोड लगायतका ठाउँको लिज प्रक्रियामाअख्तियारले छानबिनमा हात त हाल्यो, तर कुनै कारबाही गरेन ।

दरबारमार्गको भवननिर्माण र लिजमाभएको करीब पाँच अर्ब रुपैयाँको अनियमिततामा अख्तियारले विस्तृत अनुसन्धान समेत नगरी फाइल तामेलीमा पठाएको थियो । नेपालआयल निगमको जग्गा खरीदमा पनि अख्तियारले मुद्दा चलाउन सकेन ।

त्यसैगरी रेल्वे लाइनको ट्रयाक निर्माणका क्रममा ठेक्काकै क्रममा अनियमितता भएको, बुढीगण्डकी जलविद्युत आयोजनामा भ्रष्टचार भएको, माओवादी लडाकु शिविरमामा भ्रष्टाचार भएको भनी अख्तियारमा उजुरी परेको थियो । जुन उजुरीहरु अख्तियारमा थन्किएका छन् । यी त केही प्रतिनिधि उदारण मात्रहुन।

अख्तियारका प्रमुख आयुक्त बनेका राई मात्र हैन आफ्ना विरोधी र आलोचकहरूलाई अनेक यातना दिएका लोकमानसिंह कार्कीले कुनै पनि राजनीतिक नेतृत्व जोडिएको अनियमिततामा हात हाल्न सकेनन् । दीप बस्न्यातको कार्यकाल पनि उपलब्धि पुर्ण बन्न सकेन् ।

उनी स्वयम भ्रष्टचारमा मुछिएपछि लुकेर हिड्नु पर्ने अवस्था आइलाग्यो । त्यसपछि अख्तियारको नेतृत्वमा आएका नवीनकुमार घिमिरे साना र खुद्रे प्रकृतिका भ्रष्टाचारमै औधी रमाए । शक्तिकेन्द्र र बालुवाटारको दबाबमा भ्रष्टाचार मुद्दा दायर हुने फाइलहरू तामेलीमा राखिदिए ।

अख्तियारमा नियुक्त भएकाहरू अधिकांश आजीवन प्रशासनिक पृष्ठभूमिका छन् । नियुक्ति गर्ने र नियुक्त हुने अनि भित्र बसेर अनुसन्धान गर्नेहरू उर्वर भ्रष्टाचार क्षेत्रबाटै आएकाहरू हुन् । ठूला र राजनीति जोडिएका उजुरीमा अख्तियारले किन फाइल पल्टाउदैन भन्ने प्रश्नको उत्तर यही निर गाँठो परेको छ

लोकमानसिंह कार्कीको कार्यकाल होस् वा दीप बस्न्यात, नवीनकुमार घिमिरेदेखि हालसम्मको नेतृत्व, अख्तियारले ठूला राजनीतिक तथा शक्तिशाली व्यक्तिहरूको भ्रष्टाचारमाथि हात हाल्न सकेन। अख्तियारका प्रमुखहरू शक्तिकेन्द्र र राजनीतिक दबाबमा काम गर्न बाध्य भए, जसले गर्दा साना भ्रष्टाचारमात्रै छानबिन गर्ने निकायजस्तै बन्न पुग्यो।

प्रधानमन्त्री, मन्त्री तथा राजनीतिक रूपले प्रभावशाली व्यक्तिहरूको भ्रष्टाचारको फाइल अख्तियारमा वर्षौंसम्म थन्किनु, यसको वास्तविक कार्यक्षमतामाथि नै गम्भीर प्रश्न उठ्छ। वास्तवमा, अख्तियार स्वतन्त्र निकाय हो कि सत्ता–शक्तिकेन्द्रको एउटा नियन्त्रणमा रहेको संस्थामात्रै? यो प्रश्न आज पनि उत्तिकै पेचिलो छ।

जबसम्म अख्तियार निष्पक्ष, निर्भीक र प्रभावकारी रूपमा ठूला भ्रष्टाचारका मुद्दामा अनुसन्धान गर्न सक्षम हुँदैन, तबसम्म यसको अस्तित्वमाथि नै प्रश्न उठिरहनेछ।

Tags: #अख्तियारको आँखामा ठूला माछा#आज अख्तियार दुरुपयोग अनुसन्धान आयोग

लोकप्रीय

चुनावबारे सर्वपक्षिय भेलाः कसले के भने ?

चुनावबारे सर्वपक्षिय भेलाः कसले के भने ?

सोमवार पुस ७ , २०८२
हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

सोमवार पुस ७ , २०८२
आसिम मुनिरलाई साउदीको उच्च सम्मान

आसिम मुनिरलाई साउदीको उच्च सम्मान

सोमवार पुस ७ , २०८२

विचार

चुनावबारे सर्वपक्षिय भेलाः कसले के भने ?

चुनावबारे सर्वपक्षिय भेलाः कसले के भने ?

सोमवार पुस ७ , २०८२
हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

सोमवार पुस ७ , २०८२
आसिम मुनिरलाई साउदीको उच्च सम्मान

आसिम मुनिरलाई साउदीको उच्च सम्मान

सोमवार पुस ७ , २०८२

थप समाचार

चुनावबारे सर्वपक्षिय भेलाः कसले के भने ?
ताजा समाचार

चुनावबारे सर्वपक्षिय भेलाः कसले के भने ?

सोमवार पुस ७ , २०८२
हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार
अन्तर्राष्ट्रिय

हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

सोमवार पुस ७ , २०८२
आसिम मुनिरलाई साउदीको उच्च सम्मान
अन्तर्राष्ट्रिय

आसिम मुनिरलाई साउदीको उच्च सम्मान

सोमवार पुस ७ , २०८२
७० हजार जेनजी मतदाता थपिए
ताजा समाचार

विदेशबाट मतदान गर्न ४ ऐन संशोधन हुँदै, ‘नो भोट’ पनि समावेश गरिने

सोमवार पुस ७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: जापान आणविक हतियारमा बढ्दा रुसको आपत्ति, एपस्टिनसंग जोडिएको ट्रम्पको फोटो गायब

World News: जापान आणविक हतियारमा बढ्दा रुसको आपत्ति, एपस्टिनसंग जोडिएको ट्रम्पको फोटो गायब

00:22:11

World News: सिरियामा आईएसका ७० ठेगाना ध्वस्त, रेलसँग हात्तीको बथान ठोक्किएपछि.. || Nepal Times

00:14:33

World News: डोपिङ सूचीमा भारत फेरि पहिलो, अमेरिकाले ताइवानलाई थप ह*तियार दिने|| Nepal Times

00:19:42

World News: यहुदीविरोधी आ*क्र*मण रोक्ने अस्ट्रेलियाको कदम, १०४ सुडानीको मृ*त्यु || Nepal Times

00:24:06

World News: तेलको मूल्यमा उथलपुथलको आशंका, पाकिस्तानका धर्मगुरुलाई ३५ वर्ष जेल || Nepal Times

00:24:10

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

ग्रेटर बंगलादेशको नक्सा बाँड्ने हादीलाई कसले मार्याे ?

ग्रेटर बंगलादेशको नक्सा बाँड्ने हादीलाई कसले मार्याे ?

आइतवार पुस ६ , २०८२
अमेरिकामा फेरि विमान दुर्घटना, ७ जनाको मृत्यु

अमेरिकामा फेरि विमान दुर्घटना, ७ जनाको मृत्यु

शुक्रबार पुस ४ , २०८२
एमालेमा महासंग्रामः ओली आउलान् कि ईश्वर ?

एमालेमा राम्रा मान्छे नहार्ने, मतदानको समय ३ घण्टा थपियो

बुधबार पुस २ , २०८२

हालका पोस्टहरू

चुनावबारे सर्वपक्षिय भेलाः कसले के भने ?

चुनावबारे सर्वपक्षिय भेलाः कसले के भने ?

सोमवार पुस ७ , २०८२
हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

सोमवार पुस ७ , २०८२
आसिम मुनिरलाई साउदीको उच्च सम्मान

आसिम मुनिरलाई साउदीको उच्च सम्मान

सोमवार पुस ७ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.