×

NEPAL TIMES UPDATES

Playing
गौरी प्रतिवेदनलाई कांग्रेसको चुनौती? बाध्यकारी छैन, मुद्दा चलाउने अधिकार हुँदैन || Nepal Times
Apr 15, 2026
Playing
०६२ यताका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन || Nepal Times
Apr 15, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-02-2083 || Nepal Times
Apr 15, 2026
Playing
संसदको पहिलो अधिवेशन : बालेनको मौनता र नयाँ सांसदको चकचक || Nepal Times
Apr 15, 2026
Playing
बालेन र रविबीच मत नमिलेका घ टनाहरु || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज नाकाबन्दी तोड्न चीनको ’महाशक्तिशाली’ नेभी आउला ? || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज खोल्ने युरोपको ब्लू प्रिंट तयार, अमेरिका माइनस, चीन–भारतलाई निम्तो || Nepal Times
Apr 15, 2026
Playing
बाबुरामको प्रलोपा ६ महिनामै छिन्नभिन्न || Nepal Times
Apr 15, 2026
Playing
पूर्णबहादुरलाई सोधियो ७ दिने स्पष्टीकरण, खड्काले जवाफ नै नदिने || Nepal Times
Apr 15, 2026
Playing
World News: इटालीले तोड्यो इजरेलसंगको सम्झौता,इस्लामावाद वार्ता हुने,विहारमा आए सम्राट|| Nepal Times
Apr 15, 2026

ब्राजिल फर्किएपछि नेयमारको पहिलो गोल

६ फाल्गुन २०८१

६ फागुन ,एजेन्सी ।

रोबर्ट लेवान्डोस्कीको पेनाल्टी गोलसँगै बार्सिलोना स्पेनिस ला लिगाको शीर्ष स्थानमा फर्किएको छ । सोमबार राति सम्पन्न खेलमा बार्सिलोनाले रायो भालेकानोलाई १–० ले पराजित गरेको हो । यो जितपछि बार्सिलोनाको ५१ अंक पुगेको छ ।

Advertisement
Advertisement

रियल मड्रिडको पनि समान अंक छ । एट्लेटिको मड्रिड ५० अंकका साथ तेस्रो स्थानमा छ । बार्सिलोनाले यो मौका रियल र एट्लेटिकोको कमजोर प्रदर्शनको फाइदा उठाउँदै प्राप्त गरेको हो । शनिबार रियलले ओसासुना र एट्लेटिकोले सेल्टा भिगोसँग १–१ को बराबरी खेलेको थियो ।

२७औं मिनेटमा पठे सिसले मार्टिनेजलाई पेनाल्टी बक्सभित्र लडाएपछि भिडियो रेभ्युमार्फत बार्सिलोनालाई पेनाल्टी दिइएको थियो । त्यसपछि लेवान्डोस्कीले उत्कृष्ट फिनिसिङ गर्दै बल जाली चुमाए। बार्सिलोनाका लामिन यामालले राम्रो अवसर पाएका थिए ।

तर, रायोका गोलरक्षक अगस्टो बटाल्लाले उत्कृष्ट बचाउ गरे । त्यस्तै रायोका जोर्जे डे फ्रुटोसले गोल गरेका थिए तर अफसाइडका कारण मान्यता पाउन सकेन । रायोका लागि डे फ्रुटोस खेलभरि खतरनाक देखिए । तर, दोस्रो हाफमा बार्सिलोनाले खेल आफ्नो नियन्त्रणमा लियो ।

यो जितसँगै बार्सिलोनाले अपराजित यात्रा १२ खेलमा पु¥याएको छ । यस हारसँगै रायोको डिसेम्बर ७ देखि कायम रहेको ९ खेलको अपराजित यात्रा समाप्त भएको छ । उता ब्राजिल फर्किएपछि नेयमारले पहिलो गोल गरेका छन् ।

सोमबार भएको खेलमा उनले पेनाल्टीमार्फत गोल गर्दै सान्तोसलाई साओ पाउलोस्थित आगा सान्तामाथि ३–१ को जित दिलाए । ३३ वर्षीय स्टार खेलाडीले खेलको १४औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै आफ्नो पुनरागमनलाई सहज बनाउने प्रयास गरे ।

सान्तोसका लागि थासियानोले २६औं मिनेटमा तथा गुइल्हेर्मेले ७०औं मिनेटमा नेयमारकै एसिस्टमा गोल गर्दै जित सुनिश्चित गरे । नेयमारले अहिलेसम्म सान्तोसका लागि कुनै पनि खेलमा पूरा ९० मिनेट खेलेका छैनन् । पहिलो तीन खेलमा उनी सामान्य देखिएका थिए ।

तर, सोमबारको प्रदर्शनमा उनले आफूमा सुधार देखाए । उनी घुँडाको चोटपछि पुनः फिट हुने प्रयासमा छन् । नेयमार गत अक्टोबरमा करिब एक वर्षको ब्रेकपछि फुटबलमा फर्किएका थिए । गत महिनामात्रै उनले साउदी क्लब अल–हिलालसँग आपसी सहमतिमा सम्झौता अन्त्य गरेको पुष्टि गरेका थिए ।

अल–हिलालमा उनले चोटका कारण कठिन समय बिताए, जहाँ सात खेल मात्र खेल्दै एक गोल गर्न सफल भए । नेयमारले सान्तोससँग ६ महिनाको सम्झौता गरेका छन् । त्यसपछि सम्झौता विस्तार गर्ने सम्भावना पनि छ । उनले पहिलो पटक सान्तोसबाट २००९ देखि २०१३ को बीचमा खेलेका थिए, जहाँ २२५ खेलमा १३८ गोल गरे ।

त्यसपछि उनी २०१७ मा बार्सिलोनाबाट पेरिस सेन्ट जर्मेन (पिएसजी) मा २२२ मिलियन युरो (त्यतिबेला २६२ मिलियन डलर) मा गएका थिए, जुन त्यो समयसम्मकै कीर्तिमानी ट्रान्सफर थियो । २०२३ मा उनी ९० मिलियन युरो (९४ मिलियन डलर) मा अल–हिलाल पुगेका थिए ।

Advertisement

भर्खरको समाचार

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

सम्बन्धित खबरहरु

Scroll to Top