×

NEPAL TIMES UPDATES

Playing
मधेश प्रदेश सरकारमा कांग्रेस, एमाले र नेकपाको राज || Nepal Times
May 22, 2026
Playing
अब देशभर सार्वजनिक सवारीको दर्ता नहुने, विद्युतीयमा पनि रोक || Nepal Times
May 22, 2026
Playing
बालेनले भारतीय राजदूतलाई भाउ नदिएपछि, कूटनैतिक प्रोटोकल सच्याँउदै बालेन|| Nepal Times
May 21, 2026
Playing
अनि सभामुखले पेलेरै सभा संचालन गरे|| Nepal Times
May 21, 2026
Playing
हुने खानाको सुरक्षा भत्ता रोक्न सुझाव, बजेटमा पूर्वअर्थमन्त्रीहरुले के सुझाव दिए ? || Nepal Times
May 21, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-07-2083 || Nepal Times
May 21, 2026
Playing
एमालेले जग्गा दान लिनु भूल थियो ?अब धन्यवादसहित फिर्ता गर्ने|| Nepal Times
May 21, 2026
Playing
इरानका यी कमाण्डर, जसले युद्ध र वार्ताको रुप बदल्न सक्छन् || Nepal Times
May 21, 2026
Playing
शाकिराको ‘दाइ दाइ’ले विश्वकप तताउँदै, फाइनलको १५ मिनेट शाकिराको जादु #shakira #fifaworldcup#ronaldo
May 21, 2026
Playing
सभामुखको गरिमा राख्ने सभामुखहरु को हुन् ? || Nepal Times
May 21, 2026

किटमा भारतीय विद्यार्थीपनि आन्दोलित, नेपाली विद्यार्थीहरुलाई साथ

७ फाल्गुन २०८१

७ फागुन , एजेन्सी ।

भारतको ओडिसास्थित कालिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा नेपाली विद्यार्थीको रहस्यमय मृत्यु र नेपाली विद्यार्थीहरुमाथि भएको दमनकोविरुद्धमा भारतीय विद्यार्थीहरु समेत आन्दोलित भएका छन् ।

Advertisement
Advertisement

त्यहा रहेका करिब १५ सय नेपाली विद्यार्थीलाई कलेज नै छाडेर जान त्यहाँका कर्मचारीले निर्देशन दिएपछि अधिकांश नेपाली विद्यार्थी नेपाल फर्केका छन् भने त्याहा चौथो वर्षका केही विद्यार्थीहरु मात्रै बसेका छन् ।

त्याहा रहेका केही विद्यार्थीहरु समेत तत्कालकै अवस्थामा कलेज नफर्किने अडानमा रहेको अवस्थामा भारतीय विद्यार्थीहरुले समेत कलेजविरुद्ध आन्दोलन सुरु गरेको भारतीय संचारमाध्यामहरुले उल्लेख गरेका छन् ।

नेपाली विद्यार्थीमाथिको गलत व्यवहारका विषयमा कलेज प्रशासनसहित कर्मचारीले समेत माफी मागे पनि अहिलेसम्म त्यहाँको अवस्था शान्त हुन सकेको छैन । कलेज प्रशासनले त्यहाँ रहेका सुरक्षा गार्डलाई कारबाही, गलत गर्ने कर्मचारीलाई माफी मगाए पनि यो राष्ट्रियतामाथिको विषय भएकाले आफूहरू सहजै नफर्कने विद्यार्थीहरूले बताएका छन् ।

किटको घटनाको निष्पक्ष छानबिन गर्दै प्रकृतिलाई न्याय दिनुपर्ने मागसहित नेपालका विद्यार्थी संगठन सडकमै उत्रिएका छन् भने भारतमा पनि त्यहाँका सबैजसो विद्यार्थी संगठनले प्रकृतिको न्यायका लागि जोडदार आवाज उठाएका छन् ।

एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु, नेपाली कांग्रेसनिकट विद्यार्थी संगठन नेविसंघ तथा माओवादी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) लगायतका विद्यार्थी संगठनहरूले लम्सालको मृत्यु प्रकरणमा कडा शब्दमा विज्ञप्ति जारी गरेका छन् ।

भारतमा समेत प्रमुख सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) निकट राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) तथा प्रमुख प्रतिपक्षी भारतीय राष्ट्रिय कंग्रेसका विद्यार्थी संगठनहरूले विज्ञप्तिमार्फत घटनाको छानविन र नेपालीविद्यार्थीमाथि भएको घटनाको विरोध गरेका छन् ।

आरएसएसनिकट विद्यार्थी संगठन अखिल भारतीय विद्यार्थी परिषदले विज्ञप्तिमार्फत भनेको छ , ‘नेपाली विद्यार्थीको मृत्युपछि आन्दोलनरत नेपाली विद्यार्थीहरूलाई विश्वविद्यालय प्रशासनले गरेको दमन खेदयोग्य छ ।

नेपाली विद्यार्थीलाई क्याम्पस खाली गर्न उर्दी गर्ने काम गैरकानूनी मात्रै होइन, यो मानव अधिकारको हनन् तथा नेपाल र भारत दुई देशको बलियो सम्बन्धलाई प्रभाव पार्ने कुरा हो ।’ अखिल भारतीय विद्यार्थी परिषदले प्रकृति लम्साल दुःखद मृत्युका बारेमा निष्पक्ष छानबिनको माग गरेको छ ।

विद्यार्थीहरूलाई निष्कासन गरेकै दिन केआईआईटीमा पुगेर अखिल भारतीय विद्यार्थी संगठनले प्रदर्शन समेत गरेको थियो । यस्तै भारतीय राष्ट्रिय कंग्रेसको विद्यार्थी संगठनले पनि सोमबार घटनाको बिरोध गरेको थियो ।

नेसनल स्टुडेन्ट्स अफ इण्डियाका अध्यक्ष वरुण चौधरीले ओडिसाका मुख्यमन्त्री मोहनचरण माझीलाई संगठनको तर्फबाट एक पत्र लेखेर विरोध जनाएका छन् । यसबाहेक भारतका वामपन्थी विद्यार्थी संगठनहरूले पनि घटनाको निन्दा गरेका छन् ।

अखिल भारतीय विद्यार्थी फेडेरेसन ओडिया स्टेट काउन्सिलको प्रेस विज्ञप्तिले पाँच माग राखेको छ । यस्तै वामपन्थी खेमाकै अर्को विद्यार्थी संगठन अल इण्डिया स्टुडेन्ट्स एसोसिएसनको केन्द्रीय समितिले मंगलबार एक प्रेस विज्ञप्ति जारी गरेर घटनाको भत्र्सना गरेको छ ।

प्रकृतिको रहस्यमय मृत्युका विषयमा भने प्रहरीले एकजनालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको जनाएको छ । उनलाई अदालतले न्यायिक हिरासतमा पठाएको छ । यो विषय त्याहाको प्रदेशसभामा समेत ब्यापक रुपमा उठेपछि प्रकृति लम्सालको मृत्युपछि सिर्जित परिस्थितिबारे छानबिन गर्न ओडिसा सरकारले उच्चस्तरीय छानबिन समिति गठन गरेको छ ।

ओडिसा प्रदेश सरकारको सूचना तथा जनसम्पर्क विभागले प्रेस विज्ञप्ति जारी गर्दै छानबिन समिति गठन गरिएको उल्लेख गरेको छ । समितिमा गृह विभागबाट अतिरिक्त मुख्य सचिव, महिला तथा बालविकास विभागबाट प्रमुख सचिव र उच्च शिक्षा विभागबाट आयुक्त सहसचिव सदस्य रहने भनिएको छ ।

विज्ञप्तिमा प्रदेश सरकार विद्यार्थीहरूको सुरक्षा, सम्मान र कल्याणका लागि सुनिश्चित गर्नका लागि प्रतिबद्ध छ । ‘ओडिसा सरकारले सबैलाई न्यायका लागि आवश्यक कदमहरु चाल्नेछ’, विज्ञप्तिमा भनिएको छ ।

Advertisement

आइतबार अपराह्न २० वर्षीय प्रकृति होस्टलको कोठामा मृत अवस्थामा फेला परेकी थिइन् । उनले आफूमाथि सोही कलेजमा अध्ययनरत एक विद्यार्थी मानसिक यातना दिइरहेको भन्दै अन्तर्राष्ट्रिय सम्बन्ध विभाग (आईआरओ) मा दुई पटक निवेदन दिएकी थिइन् । तर, कलेजले गम्भीरता नदेखाएको उनका साथीहरुले बताउँदै आएका छन् ।

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top