NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
२ करोड ७४ लाख बिगो तिर्ने भन्दै उच्च अदालत पुगे रवि सोमवार भदौ ९ , २०८२
रन्थनिएर गएका प्रचण्डलाई विप्लवले खेत देखाएर पठाए सोमवार भदौ ९ , २०८२
भियतनाममा भीषण आँधीः ५ लाख बढीलाई सार्ने आदेश सोमवार भदौ ९ , २०८२
विपिनको परिवारलाई १० लाख सहयोग आइतवार भदौ ८ , २०८२
लडाकु विमान खसाल्ने एयर डिफेन्स भारतमा, परीक्षण सफल आइतवार भदौ ८ , २०८२
Next
Prev

समाचार

सुरु भयो स्ववियू चुनाव, आज उम्मेदवारी पत्र दर्ता

मङ्लबार फाल्गुन २७ , २०८१
Reading Time: 1 min read
A A
त्रिविमा ५ महिनादेखि लागेको ताला खुल्यो
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

२७ फागुन , काठमाण्डौ।

कुनै समय राजनीतिक वृत्तमा निकै चर्चा र चासो हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन अन्तर्गत आज विद्यार्थीहरूले उम्मेदवारी मनोनयन पत्र दर्ता गराइ रहेका छन् । त्रिविका आङ्गिक, सम्बन्धनप्राप्त क्याम्पसमा सोमबार बेलुकासम्म विभिन्न विद्यार्थी सङ्गठनले आफ्नो सङ्घ, सङ्गठनको नाम दर्ता गराएको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले जनाएको छ ।

निर्वाचन कार्यतालिका अनुसार फागुन २१ गते मतदाता सूची प्रकाशन गरिएको थियो भने आज मङ्गलवार फागुन २७ गते बिहान ११ देखि २ बजेसम्म प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारको मनोनयन दर्ता गर्ने काम भई रहेको छ ।

त्रिविले मतदान आगामी चैत ५ गते बिहान ८ देखि दिउँसो ४ बजेसम्मका लागि तोकेको छ । चैत ५ गते एकै दिन देशभरिका त्रिविका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा स्ववियु निर्वाचनमा हुने छ ।

निर्वाचनमा २८ वर्षे उमेर हद र मिश्रित निर्वाचन प्रणालीमा व्यवस्था गरिएको छ । एकातिर, विद्यार्थीले आफ्नो हकहितका लागि सक्षम नेतृत्व खोजिरहेका छन् भने अर्कातिर,स्ववियू चुनाव राजनीतिक दलहरूको शक्ति प्रदेश गर्ने स्थल बन्ने गरेको छ ।

जसका कारण स्ववियू निर्वाचन विद्यार्थी हकहितको विषयमा केन्द्रित हुनु पर्ने भए पनि अधिकांश क्याम्पसहरूमा यो दलगत स्वार्थको अखडा बन्न पुगेको छ । मुख्य राजनीतिक दलहरूले आफ्नो प्रभाव बलियो बनाउन विद्यार्थी सङ्गठनहरूलाई प्रयोग गर्ने परिपाटी पुरानै हो ।

विद्यार्थी सङ्गठनका नेताहरू राजनीतिक दलका आकाङ्क्षालाई पूरा गर्ने माध्यम मात्र बन्न पुगेका छन् । यो प्रवृत्तिले स्वतन्त्र विद्यार्थी नेतृत्वको सम्भावनालाई कमजोर बनाउँदै लगेको देखिन्छ ।स्ववियू निर्वाचनको उद्देश्य विद्यार्थीहरूको हक, अधिकार र शैक्षिक सुधारमा केन्द्रित हुनुपर्छ ।

तर, पछिल्लो समय स्ववियूका उम्मेदवारहरू शिक्षामा सुधार ल्याउने एजेन्डा भन्दा पार्टीका आदेश पालन गर्नमा व्यस्त देखिन्छन् । क्याम्पसमा पठनपाठनको गुणस्तर सुधार, शुल्क वृद्धि, छात्रवृत्ति व्यवस्थापन जस्ता मुख्य शैक्षिक मुद्दा ओझेलमा पर्दै गएका छन् ।

यसको सट्टा, विद्यार्थीहरू आआफ्ना सङ्गठनका झन्डा बोकेर आन्दोलन गर्ने र प्रतिद्वन्द्वी सङ्गठनलाई दबाउने प्रवृत्ति मौलाएको छ । यसैले त विश्वविद्यालयलाई राजनीतिबाट मुक्त गनुपर्ने आवाज उठ्ने गरेको छ ।

नेपालमा स्ववियू निर्वाचनको औपचारिक सुरुवात त्रिभुवन विश्वविद्यालयमा २०२७ सालमा भएको थियो । त्यति बेला विद्यार्थी सङ्गठनहरू क्याम्पस प्रशासनसँग आफ्ना माग पूरा गराउने मूल उद्देश्यसहित गठन भएका थिए ।

तर, लोकतान्त्रिक व्यवस्थाको विकाससँगै, स्ववियू निर्वाचन क्रमशः दलगत प्रभावमा पर्ने क्रम बढ्दै गयो । प्रत्येक स्ववियू निर्वाचनपछि आशा गरिन्छ कि नयाँ नेतृत्वले विद्यार्थीको पक्षमा निर्णय लिनेछ ।

तर, धेरैजसो निर्वाचित नेतृत्वहरू क्याम्पस प्रशासनसँग मिलेर आर्थिक अनियमितता, कोटा प्रणालीको दुरुपयोग तथा विभिन्न नीतिगत अनियमिततामा संलग्न हुने गरेका घटनाहरू सार्वजनिक भइरहन्छन् ।

विद्यार्थीहरूले पाउने छात्रावासमा समेत दलगत स्वार्थ पूर्तिका लागि प्रयोग हुने गरेका छन् । कतिपय नेताहरू विद्यार्थी सङ्गठनको नेतृत्वबाट सिधै राजनीतिक दलको मूल नेतृत्वमा प्रवेश गर्ने लोभमा लाग्छन्, जसले गर्दा वास्तविक विद्यार्थी मुद्दाहरू ओझेलमा पर्छन् ।

विद्यार्थी समुदाय आफैँ सचेत भएर योग्य र स्वतन्त्र नेतृत्व चयन गर्न सक्नुपर्छ । स्ववियू निर्वाचनले दलगत राजनीति भन्दा पनि विद्यार्थीका हकहितलाई प्राथमिकता दिनुपर्ने माग बलियो बन्दै गएको छ ।

यदि विद्यार्थीहरूले शिक्षाको गुणस्तर, शुल्क, छात्रवृत्ति तथा रोजगारको सुनिश्चिततामा केन्द्रित नेतृत्व चयन गरे मात्र स्ववियू निर्वाचनको वास्तविक उद्देश्य पूरा हुन सक्छ ।

Tags: #विद्यार्थी राजनीति#सुरु भयो स्ववियू चुनाव#स्ववियू चुनाव

लोकप्रीय

२ करोड ७४ लाख बिगो तिर्ने भन्दै उच्च अदालत पुगे रवि

२ करोड ७४ लाख बिगो तिर्ने भन्दै उच्च अदालत पुगे रवि

सोमवार भदौ ९ , २०८२
रन्थनिएर गएका प्रचण्डलाई विप्लवले खेत देखाएर पठाए

रन्थनिएर गएका प्रचण्डलाई विप्लवले खेत देखाएर पठाए

सोमवार भदौ ९ , २०८२
भियतनाममा भीषण आँधीः ५ लाख बढीलाई सार्ने आदेश

भियतनाममा भीषण आँधीः ५ लाख बढीलाई सार्ने आदेश

सोमवार भदौ ९ , २०८२

विचार

थप समाचार

२ करोड ७४ लाख बिगो तिर्ने भन्दै उच्च अदालत पुगे रवि
ताजा समाचार

अन्तर्राष्ट्रिय

भियतनाममा भीषण आँधीः ५ लाख बढीलाई सार्ने आदेश

सोमवार भदौ ९ , २०८२
विपिनको परिवारलाई १० लाख सहयोग
ताजा समाचार

विपिनको परिवारलाई १० लाख सहयोग

आइतवार भदौ ८ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: पाकिस्तानले बंगालदेशसंग माफी माग्नु पर्ने,युक्रेन यु*द्ध नयाँ मोडमा || Nepal Times

World News: पाकिस्तानले बंगालदेशसंग माफी माग्नु पर्ने,युक्रेन यु*द्ध नयाँ मोडमा || Nepal Times

00:19:31

पुटिनको ‘जाल’बारे खतरनाक चेता*वनी, इजरेली ल*डाकु इरानले मार्यो|| Nepal Times

00:16:23

World News: Putin लाई Trump को दुई हप्ते अल्टिमेटम, Imran लाई ८ मु*द्दामा सफाइ|| Nepal Times

00:24:37

World News: स्कुलमा कार ब*म आ*क्र*मण,महासागरमा आयो इरानी सेना || Nepal Times

00:22:52

World News: संविधान संसोधन विधेयकले भारतमा हं*गा*मा, वि*द्रो*हीद्वारा १४० सर्वसाधारणको ह*त्या

00:20:28

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

नेपालमा भारत र चीन कसको रेल पहिला आउँछ ?

भारतले लिपुलेक हडपेको चीनको कानमा पुग्यो

शुक्रबार भदौ ६ , २०८२
अस्ट्रेलियाको आकाशमा रहस्यमय रुपमाविमान बेपत्ता

अस्ट्रेलियाको आकाशमा रहस्यमय रुपमाविमान बेपत्ता

आइतवार भदौ ८ , २०८२
सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग

सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग

शुक्रबार भदौ ६ , २०८२

हालका पोस्टहरू

२ करोड ७४ लाख बिगो तिर्ने भन्दै उच्च अदालत पुगे रवि

२ करोड ७४ लाख बिगो तिर्ने भन्दै उच्च अदालत पुगे रवि

सोमवार भदौ ९ , २०८२
रन्थनिएर गएका प्रचण्डलाई विप्लवले खेत देखाएर पठाए

रन्थनिएर गएका प्रचण्डलाई विप्लवले खेत देखाएर पठाए

सोमवार भदौ ९ , २०८२
भियतनाममा भीषण आँधीः ५ लाख बढीलाई सार्ने आदेश

भियतनाममा भीषण आँधीः ५ लाख बढीलाई सार्ने आदेश

सोमवार भदौ ९ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.