×

NEPAL TIMES UPDATES

Playing
मधेश प्रदेश सरकारमा कांग्रेस, एमाले र नेकपाको राज || Nepal Times
May 22, 2026
Playing
अब देशभर सार्वजनिक सवारीको दर्ता नहुने, विद्युतीयमा पनि रोक || Nepal Times
May 22, 2026
Playing
बालेनले भारतीय राजदूतलाई भाउ नदिएपछि, कूटनैतिक प्रोटोकल सच्याँउदै बालेन|| Nepal Times
May 21, 2026
Playing
अनि सभामुखले पेलेरै सभा संचालन गरे|| Nepal Times
May 21, 2026
Playing
हुने खानाको सुरक्षा भत्ता रोक्न सुझाव, बजेटमा पूर्वअर्थमन्त्रीहरुले के सुझाव दिए ? || Nepal Times
May 21, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-07-2083 || Nepal Times
May 21, 2026
Playing
एमालेले जग्गा दान लिनु भूल थियो ?अब धन्यवादसहित फिर्ता गर्ने|| Nepal Times
May 21, 2026
Playing
इरानका यी कमाण्डर, जसले युद्ध र वार्ताको रुप बदल्न सक्छन् || Nepal Times
May 21, 2026
Playing
शाकिराको ‘दाइ दाइ’ले विश्वकप तताउँदै, फाइनलको १५ मिनेट शाकिराको जादु #shakira #fifaworldcup#ronaldo
May 21, 2026
Playing
सभामुखको गरिमा राख्ने सभामुखहरु को हुन् ? || Nepal Times
May 21, 2026

योगीको फोटोमा वाकयुद्ध ,‘लोकतन्त्र लुटतन्त्र मच्चाउने धन्दा’

२७ फाल्गुन २०८१

२७ फागुन , काठमाण्डौ ।

ज्ञानेन्द्र शाहलाई काठमाडौंमा स्वागत गर्न आयोजित प्रर्दशनका क्रममा भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको तस्विर देखिएपछि राप्रपाका प्रवक्ता तथा प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाही र नेकपा एमालेका उपमहासचिव तथा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सल्लाहकार विष्णु रिमाल बीच वाकयुद्ध सुरु भएको छ।

Advertisement
Advertisement

पूर्व राजा शाहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्ने क्रममा राप्रपाका कार्यकर्ता प्रदीपविक्रम राणाले मुख्यमन्त्री आदित्यनाथको तस्बिर अंकित बोर्ड प्रदर्शन गरेका थिए। सोही तस्बिरलाई रिमालले ‘राष्ट्रवादी महोदयहरूले ¥यालीमा प्रयोग गरेका फोटाहरू’ भन्दै उक्त तस्बिर फेसबुकमा राखेका थिए ।

त्यसको जवाफमा प्रवक्ता शाहीले रिमाललाई फेसबुकमार्फत भारतका मुख्यमन्त्री आदित्यनाथको फोटो स्वयम् प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा रिमालले नै राख्न लगाएको आरोप लगाए ।

‘हिजो पूर्वराजाको स्वागतमा भारतका मुख्यमन्त्री योगी आदित्यनाथको फोटो स्वयम् प्रधानमन्त्री केपी ओलीज्यूको निर्देशनमा प्रधानमन्त्रीज्यूका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले राख्न लगाइएको पाइएको छ’, शाहीले सोमबार लेखेका थिए, ‘नेपाली राष्ट्रिय झन्डासहितको स्वागत कार्यक्रमलाई असर पार्नको लागि यस्ता कुकर्म गर्न थालेछन् छिः छिः! विदेशीको एजेण्डा र सिद्धान्तमा पार्टी चलाउनेहरूले ठुलो कुरा गरेको देख्दा अचम्म लाग्छ ? माक्र्स, लेलिन, माओ कुन देशका हुन् ।’

शाहीले यस्तो लेखेपछि रिमालले शाहीलाई सामाजिक सञ्जाल फेसबुकमार्फत काँक्रा आफूले चोरेर खाने र बियाँ अरूको गालामा टाँस्ने प्रवृत्तिका रूपमा शाहीलाई टिप्पणी गरे। ‘काँक्रा चोरहरू काँक्रा चोर्छन्, खान्छन्, पोल खुल्ने डरमा हत्तपत्त अर्काको गालामा बियाँ टाँसी कुलेलम ठोक्छन्,’रिमालले लेखेका छन्, ‘दलालहरू पहिले दलाली गर्छन् दलालीको पोल खुलेपछि ‘खाल’ जोगाउन त्यस्तै हर्कत गर्छन् ।’

फेरि आज पुनः शाहीले रिमाललाई वडाध्यक्षको तयारी गर्न सुझाव दिएका छन् । ‘आदरणीय भनौँ भने कसरी भनौँ तपाईंका शब्द सुन्दा आदरणीय भन्ने शब्द नै बेकार भएछ, प्रधानमन्त्रीको प्रमुख सल्लाहकारले लोकतन्त्रको स्याल हुयाँ दिन बन्द गर्नुहोस्’, मंगलबार बिहान शाहीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

उनले लोकतन्त्रको प्रसङ्ग निकाल्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रत्यक्ष जनताले चुनेका हुन् ? भन्ने प्रश्न गरेका छन् । ‘के महामहिम राष्ट्रपति प्रत्यक्ष जनताले चुनेका हुन् ? लोकतन्त्र त तपाईँहरू जस्ता अलोकतान्त्रिक व्यक्तिहरूलाई लुटी खाने भाँडो भयो, लुटतन्त्र मच्चाउने धन्दा भयो।

यदि दम र हिम्मत छ भने प्रधानमन्त्री केपी शर्मा ओलीज्यूलाई प्रत्यक्ष जनताबाट निर्वाचित कार्यकारी प्रधानमन्त्रीका लागि तयार गराउनुस्। र तपाईँ प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालज्यू वडा अध्यक्षको तयारी गर्नुस्’, शाहीले लेखेका छन् ।

योगीको फोटोलाई लिएर प्रधानमन्त्री ओली र माओवादीले पनि टिप्पणी गरेको छ । सोमबार प्रधानमन्त्री ओलीले एउटा जुलुस निकाल्नुपर्दा विदेशीको तस्बिर राख्नुपर्ने नाजुक अवस्थामा नरहेको टिप्पणी गरे ।

आदित्यनाथको फोटो प्रयोग भएको प्रति प्रधानमन्त्री ओलीले जुलुस निकाल्न विदेशीको फोटो प्रयोग गर्नुपर्ने अवस्थामा नरहेको टिप्पणी गरेका हुन् । ओलीले भारतीय मुख्यमन्त्री योगी आदित्यनाथको फोटो प्रयोगको आलोचना भएपछि केपी ओलीले जुलुसमा मान्छे घुसाएको भन्ने तर्क गर्ने गरेको समेत बताए ।

उनले राजावादीको जुलुस आफूले गराएको र फोटो पनि आफूले राखेको भन्दै कटाक्ष गरे । प्रधानमन्त्री ओलीले अलोकतान्त्रिक, प्रणाली विरोधी र असंवैधानिक कुराहरूमा लाग्ने फुर्सद नभएको र देश बनाउने अभियानमा लागेको बताए ।

यस्तै नेकपा(माओवादी केन्द्र) ले पनि पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा शनिवार योगीको तस्बिर प्रयोगलाई जोडेर भारतको भूमिका बारे आशंका गरेको छ । माओवादी अध्यक्ष प्रचण्ड निवास खुमलटारमा बसेको पदाधिकारी बैठकमा राजावादीको जुलुसमा योगीको तस्बिर प्रयोगबारे गम्भीर समीक्षा गरेको हो ।

महासचिव देव गुरुङले बैठकपछि पूर्वराजाको सक्रियता आफ्नै बलबुतामा नभई विदेशी शक्तिको आडमा प्रतिगामी शक्ति सलबलाएको विषयमा समीक्षा भएको बताएका छन् ।

Advertisement

उनले अहिले नै गणतान्त्रिक व्यवस्था धरापमा परेको निष्कर्ष ननिकालिएको भन्दै राष्ट्रियता, स्वाभिमानलाई बचाउन देशभक्त, वामपन्थी, गणतन्त्रवादी शक्तिहरू एक ठाउँमा आउनुको विकल्प भने नभएको बताएका छन् ।

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top