NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
ट्रम्प–पुटिन वार्ताः युद्धविराम भएन, अब जेलिन्स्कीकै जिम्मा शनिबार साउन ३१ , २०८२
मिडियामाथि खनिएओली, भने–द्रव्यदाता रिझाउने पेशेवर म्यानुपुलेटर शनिबार साउन ३१ , २०८२
काठमाडौँको चमतीबाट अटोमेटिक पेस्तोल, म्याग्जिन र गोलीसहित एक जना पक्राउ शनिबार साउन ३१ , २०८२
झुम्काबाट भागेका कैदी झापाबाट पक्राउ शनिबार साउन ३१ , २०८२
सर्लाहीमा गोली हानेर शिक्षकको हत्या शनिबार साउन ३१ , २०८२
Next
Prev

समाचार

राजा फर्काउँछु भन्नेहरुको प्रसाईंले सात्तो खाए,तीन जना तीन तिर

मङ्लबार फाल्गुन २७ , २०८१
Reading Time: 1 min read
A A
सामाजिक संजालको क्रेजः दुर्गा प्रसाईँको ‘ड्रामा’
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

२७ फागुन , काठमाण्डौ ।

पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा आइतबार काठमाडौंका सडकमा उत्रिएको प्रर्दशनको श्रेय लिन राजावादीहरुमा होडबाजी चलिरहेको छ। राप्रपा, राप्रपा नेपाल पूर्वराजाको स्वागत सफलतापूर्वक सम्पन्न भएको निष्कर्ष निकाल्दै उत्साहित भइरहेको बेला त्यही अभियानमा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले भने कसैले नसकेको काम आफूले गरेको दाबी गरेका छन् ।

उनले राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन र राप्रपा नेपालका अध्यक्ष कमल थापाले धमिलो पानीमा माछा मार्ने काम गरेको आरोप लगाएका छन् । पूर्वराजाको स्वागतका लागि राजर्शी ठाटमा आफ्नो छुट्टै समूहका साथ पुगेका प्रसाईंले आज पत्रकार सम्मेलन गर्दै कसैले पनि अहिलेसम्म पूर्वराजालाई सडकमा ल्याउन नसकेको बताउँदै आफूले नै ल्याएको दाबी गरे।

“पूर्वराजालाई कसैले सडकमा ल्याउन सकेको थिएन, मैले ल्याएँ,” उनले भने, “तीन वर्षअघि यो अभियान चलाउँदा १२ भाइ मिडियाले खेदो पनि खने । गोरुगाडा चढेर अमेरिका जान लागेको भनेर आलोचना गरे ।” उनले हात समातेर नारायणहिटी छिराउने तयारी गरिएको बताए ।

“कमल थापा र राजेन्द्र लिङ्देनले २०७२ मा हस्ताक्षर नगरेको भए राजसंस्था जाँदैनथ्यो,” उनले भने, “अहिले माहोल बनेपछि धमिलो पानीमा माछा मार्न आए उनीहरु । अझ देखाउनका लागि नगरपालिकामा गएर पैसा तिर्ने ?” उनले माहोल बनेपछि आएका कमल थापा र राजेन्द्र लिङ्देनले आफूलाई सहकार्य गर्न बोलाएको भन्दै आक्रोश व्यक्त गरेका छन् । “चैतदेखि राप्रपाले आन्दोलन गर्ने रे ! आउनुप¥यो रे मलाई । मलाई गोठालोजस्तो सम्झिएछन् । म राजासँगै आन्दोलन गर्छु । गोठालासँग सडकमा जान्न,” उनले भने, “राजालाई सचिवालयले बिगारेको छ । हामी बनाउछौँ । कलियुगको अर्जुन हो दुर्गा प्रसाईं तपाइँ रथ चलाउनू । गणतन्त्रको भोज खाएर माहोल बनेपछि आउने ढोक्सा थाप्न ?”

राप्रपाले भने मुलुकलाई निकास दिन र कसैलाई निषेध नगर्ने व्यवस्थाका लागि ‘नवीन समझदारी’गर्न सबै राजनीतिक दललाई आह्वान गरेको छ । लिङ्देनको अध्यक्षतामा सोमबार केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको पदाधिकारी बैठकले पूर्वराजा ज्ञानेन्द्र शाहको सम्मान र स्वागत कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको निष्कर्ष निकालेको छ ।

यस्तै राप्रपाले आम नागरिकको उत्साहजनक उपस्थितिले नेपालमा राजसंस्थाको आवश्यकता र अपरिहार्यता प्रमाणित भएको समेत जिकिर गरेको छ । ‘आम नागरिकको चाहना, देशको आवश्यकता, सडकमा प्रतिबिम्वित जनभावना अनुरुप मुलुकलाई निकास दिन र कसैलाई निषेध नगर्ने व्यवस्थाका लागि ‘नवीन समझदारी’गर्न राप्रपा सबै राजनीतिक दललाई आह्वान गर्दछ’, प्रवक्ता मोहन श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

यसका लागि आवश्यक संवादको थालनी गर्न समेत राप्रपाले सबै राजनीतिक दललाई विज्ञप्तिमार्फत आग्रह गरेको छ । यस्तै राप्रपा नेपालले देशलाई संकटबाट मुक्त तुल्याउन पूर्व राजाबाट सहयोगको निम्ति गरिएको आह्वानलाई जनताले अनुमोदन र आत्मसात् गरेका निष्कर्ष निकालेको छ ।

अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले चारबुँदे निर्णय गरेको छ । फागुन २५ गते काठमाडौंमा देखापरेको बृहत् जनप्रदर्शन ऐतिहासिक जनप्रदर्शनले अब चाँडै नै हिन्दुराष्ट्र र राजसंस्था पुनस्र्थापना हुने सुस्पष्ट संकेत गरेको बैठकपछि पार्टीका महामन्त्री तथा सचिवालय प्रमुख राजाराम बर्तौलाद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विज्ञप्तिमा जनताको यो आवाज, चाहना र समयको मागलाई सम्बोधन गर्दै शान्तिपूर्ण ढंगबाट निकास खोज्ने जिम्मेवारी प्रमुख राजनीतिक दलहरूको काँधमा आएको भन्दै जनताले यथास्थितिमा परिवर्तन खोजेको तथा हिन्दुराष्ट्र र राजसंस्थाको पुनस्र्थापना, संघीयताको खारेजी, भ्रष्टाचारको अन्त्य र देशभित्रै रोजगारीको सिर्जना जनताको चाहना भएकोसमेत जनाइएको छ ।

सर्वपक्षीय सहमतिको आधारमा सबै विचार र शक्तिहरू अटाउने मौलिक प्रजातान्त्रिक प्रणाली स्थापना गर्न अब ढिलो गर्नु नहुने भन्दै पार्टीले जनताको चाहना र भावनालाई दमन गर्ने वा उपेक्षा गर्ने प्रयास गरिएमा परिस्थिति नियन्त्रणभन्दा बाहिर गई अप्रिय दुर्घटना हुनेसमेत जनाइएको छ । ‘यसतर्फ सचेत रहन सबै राजनीतिक दलहरूलाई राप्रपा नेपाल आग्रह गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

यद्यपि आज मात्रै कमल थापाले लोकतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने बताएका छन् । फेसबुकमा लेख्दै थापाले लोकतन्त्रको विकल्प राजतन्त्र होइन त्यो सबैले बुझेका छन् भनेका हुन् । ‘लोकतन्त्रको विकल्प राजतन्त्र होइन, हुनसक्दैन । त्यो सबैले बुझेका छन् । जनताले लोकतन्त्रको सट्टा निरंकुशता खोजेको होइन । जनताले लोकतन्त्रको विकल्प खोजेको पनि होइन, राजासहितको लोकतन्त्र खोजेको हो ।’ थापाले भनेका छन्, ‘लोकतन्त्रको नाममा हाल कायम छाडातन्त्र,सिण्डिकेटतन्त्र र लुटतन्त्रको विकल्प खोजेको हो ।’

उनले जनताले मर्यादित र जवाफदेही लोकतन्त्र खोजेको भन्दै राजासहितको प्रजातन्त्र विश्वमा सर्वाधिक सफल प्रजातन्त्र मानिएको उल्लेख गरेका छन् । राजसंस्थाको वकालत गर्ने शीर्ष नेताहरुको आआफ्नै दावीका बीच राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सांसद रोशन कार्कीले गत २५ फागुनमा काठमाडौंमा पूर्वराजा ज्ञानेन्द्र शाहको समर्थनमा देखिएको भिड ‘ट्रायल’ मात्रै भएको बताएकी छिन् ।

मंगलबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्ने क्रममा उनले अरु ७३ जिल्लाका मान्छे यसैगरी उत्रिएको खण्डमा गणतन्त्रका नेताहरूलाई लुक्ने ठाउँ समेत नहुने बताइन् । ‘एक जना मित्रले के भन्नुभयो भने राजाको जयजयकार गरेको र नेताहरू जिल्लामा जाँदा मुर्दावाद भनेको उहाँले सुन्नुभएको थिएन होला,’ कार्कीले भनिन्, ‘मित्र यो त ट्रायल मात्रै हो । अरु जिल्लाका मान्छे थपिए, अरु ७३ जिल्लाका मान्छे थपिए भने त्यो देखेर नआत्तिनुहोला ।’

उनले त्यतिबेला लुक्ने ठाउँ अहिले नै खोजेर बस्न समेत आग्रह गरिन् । ‘लुक्ने ठाउँ अहिले नै खोजेर बस्नुहोला,’ कार्कीको आग्रह छ । वर्तमान सरकारको नालायकीका कारण २५ गतेको भिड जन्मिएको उनको भनाइ छ । ‘सबै नागरिकको अधिकार छ, नागरिकले आफ्ना कुरा राख्न पाउँछन् । २५ गतेको जुन भिड थियो, यो नालायक सरकारले जन्माएको भिड हो । तपाईंहरू जति सरकारमा बस्नहुन्छ यो भिड अझै बढ्दै जान्छ,’ उनले भनिन् ।

यता राजावादीको प्रर्दशनलाई लिएर अलि बढी नै चिन्तित देखिएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लोकतन्त्र प्रचण्ड र व्यक्तिका रुपमा ज्ञानेन्द्र शाहको बराबर रहेको हुँदा त्यसलाई गलत ढंगले प्रयोग नगर्न चेतावनी दिएका छन् ।

प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले राजावादी साथीहरु सडक र सदनमा पनि भएको हुँदा सरकारको कुशासनले पनि जनता सडकमा उत्रिन बाध्य भएको बताए ।

“प्रतिपक्ष दलको नेता रोष्ट्रममा उभिँदा प्रधानमन्त्रीको घमण्ड हो कि संस्कारहिनता हो कि कुन्ठा हो त्यसको जवाफ आफैँ खोज्नुहोला आत्मालोचना गर्नुहोस्,” उनले भने । प्रचण्डले सरकारको विश्वसनीयता सकिएकै देखेर पुरातनपन्थी राजतन्त्रवादी हौसिएको बताए ।

‘वर्षौँसम्म बन्द कोठामा समेत राजतन्त्र पुनस्र्थापनाको सपना देख्न डराएकाहरू आज सडकमै ओर्लेका छन् र सडकबाटै राजसंस्था पुनस्र्थापनाको चुनौती दिएका छन्’, प्रचण्डले भने, ‘यसका पछाडि संगठित प्रयास छ । देश भित्र र बाहिरका चलखेल मिसिएका छन् ।’

उनले यस्ता चलखेल हिजो र अस्ति हुँदै आए पनि तर अहिले अचानक किन वृद्धि भयो ? भनेर प्रश्न गरे । साथै उनले सत्तामा रहेका पार्टीमा रहेकाले गरेका शासकीय शैली नै मूलकारण हो भन्ने बुझाइ रहेको प्रचण्डको भनाइ छ । उनले गणतन्त्रको विकल्प राजतन्त्र हुनै नसक्ने भन्दै लोकतन्त्रभित्रै आफ्नो ठाउँ खोज्न राजावादीलाई आग्रह गरेका छन् ।

Tags: #पूर्वराजा ज्ञानेन्द्र शाह#लोकतन्त्रकै पक्षमा कमल थापा

लोकप्रीय

ट्रम्प–पुटिन वार्ताः युद्धविराम भएन, अब जेलिन्स्कीकै जिम्मा

ट्रम्प–पुटिन वार्ताः युद्धविराम भएन, अब जेलिन्स्कीकै जिम्मा

शनिबार साउन ३१ , २०८२
आज दिउँसो  एमालेको कार्यालय समितिको बैठक बस्दै

मिडियामाथि खनिएओली, भने–द्रव्यदाता रिझाउने पेशेवर म्यानुपुलेटर

शनिबार साउन ३१ , २०८२
४३ विद्यार्थी बेपत्ता पार्ने पूर्व महान्यायाधिवक्ता पक्राउ

काठमाडौँको चमतीबाट अटोमेटिक पेस्तोल, म्याग्जिन र गोलीसहित एक जना पक्राउ

शनिबार साउन ३१ , २०८२

विचार

ट्रम्प–पुटिन वार्ताः युद्धविराम भएन, अब जेलिन्स्कीकै जिम्मा

ट्रम्प–पुटिन वार्ताः युद्धविराम भएन, अब जेलिन्स्कीकै जिम्मा

शनिबार साउन ३१ , २०८२
आज दिउँसो  एमालेको कार्यालय समितिको बैठक बस्दै

मिडियामाथि खनिएओली, भने–द्रव्यदाता रिझाउने पेशेवर म्यानुपुलेटर

शनिबार साउन ३१ , २०८२
४३ विद्यार्थी बेपत्ता पार्ने पूर्व महान्यायाधिवक्ता पक्राउ

काठमाडौँको चमतीबाट अटोमेटिक पेस्तोल, म्याग्जिन र गोलीसहित एक जना पक्राउ

शनिबार साउन ३१ , २०८२

थप समाचार

ट्रम्प–पुटिन वार्ताः युद्धविराम भएन, अब जेलिन्स्कीकै जिम्मा
अन्तर्राष्ट्रिय

ट्रम्प–पुटिन वार्ताः युद्धविराम भएन, अब जेलिन्स्कीकै जिम्मा

शनिबार साउन ३१ , २०८२
आज दिउँसो  एमालेको कार्यालय समितिको बैठक बस्दै
ताजा समाचार

मिडियामाथि खनिएओली, भने–द्रव्यदाता रिझाउने पेशेवर म्यानुपुलेटर

शनिबार साउन ३१ , २०८२
४३ विद्यार्थी बेपत्ता पार्ने पूर्व महान्यायाधिवक्ता पक्राउ
अपराध

काठमाडौँको चमतीबाट अटोमेटिक पेस्तोल, म्याग्जिन र गोलीसहित एक जना पक्राउ

शनिबार साउन ३१ , २०८२
सालीको हत्या गरेर भिनाजु फरार, भारतसम्म खोज्दै प्रहरी
अपराध

झुम्काबाट भागेका कैदी झापाबाट पक्राउ

शनिबार साउन ३१ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News:Pakistanमा भारी वर्षाः सयौंको मृ*त्यु,मोदीले अर्को महिना Trumpलाई भेट्ने|| Nepal Times

World News:Pakistanमा भारी वर्षाः सयौंको मृ*त्यु,मोदीले अर्को महिना Trumpलाई भेट्ने|| Nepal Times

00:16:16

World News: Gremanyमा नाच्दा पनि जरिवाना, Sudanमा हैजाको प्रकोप || Nepal Times

00:16:26

World News: भेटअघि पुटिनलाई ट्रम्पको ध*म्की, भारतलक्षित पाकिस्तानी ‘आर्मी रकेट फोर्स कमान्ड’

00:21:29

World News: Trump कुख्यात अपराधी, मोदीको हात पुर्पुरोमा पुर्याइदिने सरिफको ध*म्की || Nepal Times

00:17:58

World News:चिनियाँ यु*द्धपोत आफ्नै जहाजसँग ठोक्कियो,वाशिंगटनमा आपत्तकाल || Nepal Times

00:24:20

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

गृहमन्त्री र प्रधानन्यायाधीलाई रवि पत्नी निकिताको खुलापत्र

गृहमन्त्री र प्रधानन्यायाधीलाई रवि पत्नी निकिताको खुलापत्र

बुधबार साउन २८ , २०८२
डा. रामेशको राजीनामा पछाडि आरजुको हात? राजनीतिले खायो अर्को प्रतिभा।

डा. रामेशको राजीनामा पछाडि आरजुको हात? राजनीतिले खायो अर्को प्रतिभा।

बिहिबार साउन २९ , २०८२
सौर्य एयर दुर्घटनाको प्रतिवेदनमाथि उठ्यो प्रश्न

सौर्य एयर दुर्घटनाको प्रतिवेदनमाथि उठ्यो प्रश्न

बिहिबार साउन २९ , २०८२

हालका पोस्टहरू

ट्रम्प–पुटिन वार्ताः युद्धविराम भएन, अब जेलिन्स्कीकै जिम्मा

ट्रम्प–पुटिन वार्ताः युद्धविराम भएन, अब जेलिन्स्कीकै जिम्मा

शनिबार साउन ३१ , २०८२
आज दिउँसो  एमालेको कार्यालय समितिको बैठक बस्दै

मिडियामाथि खनिएओली, भने–द्रव्यदाता रिझाउने पेशेवर म्यानुपुलेटर

शनिबार साउन ३१ , २०८२
४३ विद्यार्थी बेपत्ता पार्ने पूर्व महान्यायाधिवक्ता पक्राउ

काठमाडौँको चमतीबाट अटोमेटिक पेस्तोल, म्याग्जिन र गोलीसहित एक जना पक्राउ

शनिबार साउन ३१ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.