NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
कुलमानको नयाँ पार्टी,कुलमानलाई नै प्रधानमन्त्री बनाउन भोट माग्ने सोमवार कार्तिक १७ , २०८२
ट्रम्पको परमाणु धम्की, ‘विश्वलाई १५० पटकसम्म नष्ट गर्न सक्ने’ सोमवार कार्तिक १७ , २०८२
विश्वविजेता बनेका भारतीय महिला क्रिकेटरलाई धनवर्षा सोमवार कार्तिक १७ , २०८२
दैनिक एक हजार थान राहदानी उपलब्ध गराइने सोमवार कार्तिक १७ , २०८२
खगेन्द्र सुनारले दल खोल्दै, बालेन–कुलमान के गर्दैछन् ? सोमवार कार्तिक १७ , २०८२
Next
Prev

समाचार

विश्व हल्लाउने ट्रम्पको ट्यारिफको रहस्य

बुधबार चैत्र २७ , २०८१
Reading Time: 1 min read
A A
अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

२६ चैत , काठमाण्डौ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दिनहुँको सरप्राइजिंग, आक्रामक र विस्फोटक ट्यारिफले विश्व हायलकायल बनेको छ । पछिल्लो पटक देशहरुलाई छानी छानी जुन प्रकारले ट्रंपले करहरु बढाएका छन्, खासगरी चीनलाई उनले टार्गेट गरेका छन् । यसले ट्रेड वार त सुरु भइनै सक्यो ।

यसभित्र लुकेका उद्येश्यहरुमा पनि अहिले टिकाटिप्पणी भइरहेका छन् । चीनबाट आयात हुने सामानमा आजदेखि ट्रम्पले १०४ प्रतिशतसम्म ट्यारिफ लगाएका छन् । अमेरिकी राष्ट्रपतिले यसलाई आफ्नो ‘अमेरिका फस्र्ट’ नीतिको हिस्सा भएको बताएका छन् ।

ट्रंपको दाबी छ कि यसले अमेरिकालाई हरेक दिन अर्बौ डलरको फाइदा भइरहेको छ । तर यस नीति पछाडीको विचार कहाँबाट आयो र यसको कस्तो प्रभाव हुनसक्छ यसबारे आज हामी चर्चा गर्दछौं ।

ट्रंपले सोमवार घोषणा गरेका थिए कि यदी चीनले मंगलवारसम्म अमेरिकी सामानहरुमा आफ्नो जवाफी ट्यारिफ हटाएन भने बुधवारदेखि चीनबाट आउने सबै सामानहरुमा १०४% ट्यारिफ लाग्नेछ । यो कदम आजबाट लागू भएको छ, जसका कारण दुवै देशबीच व्यापार युद्ध थप गहिरो बनेको छ ।

अमेरिकी राष्ट्रपतिले मंगलवार व्हाइट हाउसमा भने कि नयाँ ट्यारिफले उनको देशलाई हरेक दिन २ अर्ब डलरको आय भइरहेको छ । यद्यपि, उनले यसका लागि विस्तृत आंकडा भने पेश गरेनन् तर दाबी गरेक कि यो राशिले अमेरिकी उद्योगहरुलाई बलियो बनाउन सहयोग गर्नेछ ।

यस्तै यो ट्यारिफ नीतिका पछाडी ट्रंपका सल्लाहकार पीटर नभारोको ठूलो हात रहेको मानिन्छ । नभारो जनवरी २०२५ देखि ट्रंपको वरिष्ठ व्यापार सल्लाहकार रहेका छन् । उनले एक किताब ‘डेथ बाई चाइना’ लेखेका छन् ।

नभारोले आफ्नो किताबमा एक काल्पनिक अर्थशास्त्री ‘रन भारा’ को चर्चा गरेका छन् जसलाई उनले चीन विरोधी नीतिहरुको समर्थनमा उद्धृत गरेका छन् । वरिष्ठ अमेरिकी पत्रकार रचेल म्याडोले आफ्नो एक शोमा खुलासा गरे कि ‘रन भारा’ असलमा नभारोकै एक काल्पनिक नाम हो, जो उनको उपनाम ‘नभारो’ को एनाग्राम अर्थात उल्टो रहेको छ ।

म्याडोका अनुसार, ट्रंपको ट्यारिफ नीतिको शुरुआत एक ‘फर्जी मेमो’ बाट भयो, जसलाई कथितरुपमा ‘रन भारा’ले लेखेका थिए । यो मेमोमा भनिएको थियो कि ट्रंपले ‘ट्यारिफको सवारी गरेर जीत हासिल गर्न सक्छन्’ । नभारोले पछि यसलाई ‘ठट्टा तरीका’ भनेका थिए ।

नभारोले लामो समयदेखि चीनलाई आर्थिक खतराका रुपमा हेर्दै आएका छन् । जुन उनको किताब ‘डेथ बाई चाइना’ मा ‘रन भारा’ लाई उदृत गर्दै उनले भनेका छन् कि केवल चीनले नै सोफालाई तेजाब, झुलुंगोलाई हतियार र ब्याटरीलाई शस्त्र बनाउन सक्छ’ । उ

नै नभारोको सल्लाहमा चलेका ट्रंपले ट्यारिफलाई अब ‘विस्फोटक’ समेत भन्न थालेका छन् । तर यो जरूरी रहेको उनको भनाइ छ । यसले अमेरिकी उद्योग पुनर्जन्म हुने र थप बढ्ने उनको भनाइ छ । यद्यपि, विशेषज्ञहरुले भने लामो समयसम्म अहिलेको ट्यारिफ रहँदा वैश्विक मंदीको खतरा बढ्ने बताएका छन् ।

यता चीनमाथि लगाएको १०४ प्रतिशतको कर केबल व्यापारको मुद्दा मात्रै होइन यसभित्र धेरै कुरा लुकेको भन्दै विश्लेषकहरुले चर्चा गर्न थालेका छन् । यसमा ट्रंपकै बयानहरु हेर्दा पनि केही कुराको संकेत देखिन्छ ।

उनले स्पष्टरुपमै भन्ने गरेका छन् कि उनको वास्तविक चिन्ता चीनको बढ्दो सैन्य शक्तिलाई लिएर छ । अर्कातर्फ चर्चित एक अमेरिकी अर्थशास्त्री जेफरी स्याक्सले हालै भनेका थिए कि अमेरिका हर हालमा विश्वको नंबर वान रहि रहन चाहान्छ । तर चीनले यो सोचलाई चुनौती दिएको छ ।

उनले चेतावनी पनि दिएका छन् कि यदी भारत पनि अगाडि बढ्छ भने त अमेरिका उविरुद्ध पनि खडा हुनेछ । यसलाई अलि स्पष्टसंग बुझ्नका लागि सोमबार ट्रंपले इजरायली प्रधानमंत्री बेंजामिन नेतन्याहूका अघि एक ठूलै बयान दिएका छन् । त्यो पहिला हेरौं ।

उनले भनेका थिए कि म चाहान्न कि चीनले अमेरिकासंगको व्यापारबाट कमाएको ५००–६०० अर्ब डलरलाई आफ्नो सेनामा खर्च गरोस् । उनी अगाडि भने चीनले अहिले यस्तो गरिरहेको छ र यो वैश्विक स्थिरताका लागि खतरा हो ।

उसले निकै पैसा खर्च गरिरहेको छ । मैले राष्ट्रपति शीसंग भनेको थिए कि यो पैसा सेनामा कहिले पनि प्रयोग गरिनुहुन्न । ट्रंपको भनाई छ कि चीनले व्यापारिक फाइदा उसको सेनालाई बलियो बनाउनका लागि गरिरहेको छ, जुन अमेरिकालाई स्वीकार्य छैन ।

ट्रंपले चीनविरुद्ध १०४% ट्यारिफको हतियार पनि यसैका लागि उठाएका हुन् । उनको यो फैसला चीनको सैन्य शक्तिमा लगाम लगाउनका लागि आएको बुझ्न सकिन्छ । यसैपनि ट्रम्पले बारम्बार चीनसहित रुसलाई पनि आफ्नो सैन्य खर्च घटाउन दबाव दिदै आएका छन् ।

जसमा चीनले पहिला अमेरिकाले नै त्यसो गरेर नेतृत्वदायी भूमिका देखाउनु पर्ने जवाफ दिइसकेको छ । यसैबीच ट्रम्पले अमेरिकाले अब विदेशबाट आयात गरिने औषधि (फार्मास्युटिकल)मा आयात कर लगाउने घोषणा गरेपछि भारतलाई समेट झट्का लागेको छ ।

राजधानी वासिङ्टन डीसीमा आयोजित एक कार्यक्रममा राष्ट्रपति ट्रम्पले विदेशी कम्पनीलाई औषधि उद्योग अमेरिकामै खोल्न बाध्य पार्ने उद्देश्य राखिएको बताएका छन् । “हामीले यस विषयमा एक आवश्यक कदम चाल्न लागेका छौँ ।

जब हामी औषधिमा आयात कर लगाउँछौँ, अमेरिका संसारकै ठूलो बजार भएकाले विदेशी कम्पनी अमेरिकामै औषधि उद्योग स्थापना गर्न फर्किनेछन्,” ट्रम्पले भनेका छन् । ट्रम्पका अनुसार, आयात करले औषधि कम्पनीलाई एक प्रकारको दबाब सिर्जना गर्नेछ ।

परिणामस्वरूप ती कम्पनीले चीनजस्ता देशबाट आफ्नो उद्योग सारेर अमेरिकामा स्थापना गर्नेछन् । ट्रम्पले गत हप्ता आयात कर घोषणा गर्दा औषधि उद्योगलाई छुट दिएका थिए। तर, उनले पहिले नै औषधिमा पनि छुट्टै आयात कर लगाउने बताउँदै आएका थिए ।

संसारमा सबैभन्दा धेरै औषधि चीन, भारत र युरोपमा उत्पादन हुन्छ । यस निर्णयबाट भारतको फार्मास्युटिकल उद्योगमा ठूलो प्रभाव पर्न सक्ने बताइएको छ । ट्रम्पको ट्यारिफ नीतिले अमेरिकाको ‘अमेरिका फस्र्ट’ दृष्टिकोणलाई प्राथमितामा राखेको छ।

तर यसका प्रभावहरू विश्वव्यापी छन्। एकातर्फ, यसले अमेरिकाको घरेलु उद्योग फस्टाउने अपेक्षा राखिएको छ भने अर्कोतर्फ विश्व अर्थतन्त्रमा अनिश्चितता र अस्थिरता बढाउने खतरा पनि उत्तिकै छ। चीनसँगको व्यापार युद्ध केवल व्यापारमै सीमित छैन, अब यो शक्ति सन्तुलन र भू–राजनीतिक प्रतिस्पर्धाको अभिन्न हिस्सा बन्दै गएको छ।

औषधि जस्ता जीवनका संवेदनशील क्षेत्रलाई समेत ट्यारिफको कठघरामा ल्याउनु ट्रम्प प्रशासनको सबैभन्दा कठोर नीति मानिएको छ । ट्रम्पको ट्यारिफ युद्धले के कसलाई कति लाभ र हानि गर्छ भन्ने समयले बताउनेछ, तर यथार्थ यति मात्र हो, विश्व व्यापारको लय एकपटक फेरि धर्मराएको छ ,जसको कम्पन हरेक देशले महसुस गर्दैछन् । यसबारे तपाइँका टिप्पणी के छन् अवस्य व्यक्त गर्नु होला ।

ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

Tags: #चिनियाँ सेना ध्वस्त#नेपाल टाइम्स् ट्रेडिंग#विश्व हल्लाउने ट्रम्पको ट्यारिफ#विस्फोटक ट्यारिफ

लोकप्रीय

काम नगर्ने ठेक्दारलाई कुलमानले नछोड्ने

कुलमानको नयाँ पार्टी,कुलमानलाई नै प्रधानमन्त्री बनाउन भोट माग्ने

सोमवार कार्तिक १७ , २०८२
अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

ट्रम्पको परमाणु धम्की, ‘विश्वलाई १५० पटकसम्म नष्ट गर्न सक्ने’

सोमवार कार्तिक १७ , २०८२
विश्वविजेता बनेका भारतीय महिला क्रिकेटरलाई धनवर्षा

विश्वविजेता बनेका भारतीय महिला क्रिकेटरलाई धनवर्षा

सोमवार कार्तिक १७ , २०८२

विचार

काम नगर्ने ठेक्दारलाई कुलमानले नछोड्ने

कुलमानको नयाँ पार्टी,कुलमानलाई नै प्रधानमन्त्री बनाउन भोट माग्ने

सोमवार कार्तिक १७ , २०८२
अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

ट्रम्पको परमाणु धम्की, ‘विश्वलाई १५० पटकसम्म नष्ट गर्न सक्ने’

सोमवार कार्तिक १७ , २०८२
विश्वविजेता बनेका भारतीय महिला क्रिकेटरलाई धनवर्षा

विश्वविजेता बनेका भारतीय महिला क्रिकेटरलाई धनवर्षा

सोमवार कार्तिक १७ , २०८२

थप समाचार

काम नगर्ने ठेक्दारलाई कुलमानले नछोड्ने
ताजा समाचार

कुलमानको नयाँ पार्टी,कुलमानलाई नै प्रधानमन्त्री बनाउन भोट माग्ने

सोमवार कार्तिक १७ , २०८२
अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?
अन्तर्राष्ट्रिय

ट्रम्पको परमाणु धम्की, ‘विश्वलाई १५० पटकसम्म नष्ट गर्न सक्ने’

सोमवार कार्तिक १७ , २०८२
विश्वविजेता बनेका भारतीय महिला क्रिकेटरलाई धनवर्षा
खेलकुद

विश्वविजेता बनेका भारतीय महिला क्रिकेटरलाई धनवर्षा

सोमवार कार्तिक १७ , २०८२
दैनिक एक हजार थान राहदानी उपलब्ध गराइने
ताजा समाचार

दैनिक एक हजार थान राहदानी उपलब्ध गराइने

सोमवार कार्तिक १७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: अफगानिस्तान भूकम्पमा क्षति बढ्दै, तेहरानमा खानेपानी अभाव|| Nepal Times

World News: अफगानिस्तान भूकम्पमा क्षति बढ्दै, तेहरानमा खानेपानी अभाव|| Nepal Times

00:13:42

World News: सुपरमार्केट वि*ष्फो*टमा २३ को मृ*त्यु, नाइजेरियामा सैन्य का*र*बाही गर्ने Trumpको चेतावनी

00:13:33

World News:भार तीयलाई पाकि स्तानको भिसा, आग लागीमा ११ जनालाई जन्म*कैद || Nepal Times

00:21:11

World News: अमेरिकाले साढे ७ हजार मात्रै शरणार्थी राख्ने,हरिकेनमा ३० मा*रिए || Nepal Times

00:19:43

World News: रुसको पनडुब्बी ड्रोन, बधशाला बन्यो अस्पताल, युकेको घातक अपरेसन स्टर्लिङ || Nepal Times

00:18:20

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

बालेनको जरिवाना पत्रःगणतन्त्रवादीहरु खुशी राजावादी फायर

बालेनको स्टाटसलाई अंग्रेजीमा होइन नेपालीमा बुझौं !

आइतवार कार्तिक १६ , २०८२
सीले कोरियाका राष्ट्रपतिलाई शाओमी फोन दिए, र ठट्टामै हाने झटारो

सीले कोरियाका राष्ट्रपतिलाई शाओमी फोन दिए, र ठट्टामै हाने झटारो

आइतवार कार्तिक १६ , २०८२
काम नगर्ने ठेक्दारलाई कुलमानले नछोड्ने

कुलमानको नयाँ पार्टी,कुलमानलाई नै प्रधानमन्त्री बनाउन भोट माग्ने

सोमवार कार्तिक १७ , २०८२

हालका पोस्टहरू

काम नगर्ने ठेक्दारलाई कुलमानले नछोड्ने

कुलमानको नयाँ पार्टी,कुलमानलाई नै प्रधानमन्त्री बनाउन भोट माग्ने

सोमवार कार्तिक १७ , २०८२
अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

ट्रम्पको परमाणु धम्की, ‘विश्वलाई १५० पटकसम्म नष्ट गर्न सक्ने’

सोमवार कार्तिक १७ , २०८२
विश्वविजेता बनेका भारतीय महिला क्रिकेटरलाई धनवर्षा

विश्वविजेता बनेका भारतीय महिला क्रिकेटरलाई धनवर्षा

सोमवार कार्तिक १७ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.