एयर इन्डिया दुर्घटना थप रहस्यमयः पाइलको संवाद बाहिरियो

२९ असार , काठमाण्डौ ।

Advertisement

गएको जुन १२ मा २७० जनाको ज्यान जाने गरी भएको एयर इन्डियाको विमान दुर्घटनाको प्रारम्भिक अनुसन्धान प्रतिवेदनले उड्डयन जगतलाई नै स्तब्ध बनाउने रहस्यमय विवरणहरू सार्वजनिक गरेको छ।

अहमदाबादको घनाबस्तीमा खसेको १२ वर्ष पुरानो बोइङ ७८७ ड्रिमलाइनरको दुर्घटनाको केन्द्रमा ककपिटभित्रको एक रहस्यमयी संवाद र विमानको इन्धन नियन्त्रण स्वीचमा देखिएको अस्वाभाविक गतिविधि रहेको छ ।

Advertisement

यसले मानवीय त्रुटि, नियत वा गम्भीर प्राविधिक कमजोरी जस्ता अनेकौं प्रश्नहरू एकैसाथ उब्जाएको विज्ञहरुले बताएको बीबीसीले उल्लेख गरेको छ ।

एयर इन्डियाको उडान १७१ ले अहमदाबादबाट उडान भरेको केही सेकेन्डमै दुवै इन्जिनको इन्धन आपूर्ति एक्कासी बन्द भयो। अनुसन्धानले देखाएअनुसार, विमानको इन्धन नियन्त्रण स्वीच अचानक ‘कट–अफ’ अवस्थामा पुगेको थियो, जुन सामान्यतया अवतरणपछि इन्जिन बन्द गर्न मात्र प्रयोग गरिन्छ।

Advertisement

यसले गर्दा दुवै इन्जिनले काम गर्न छाडे र विमान ४० सेकेन्डभन्दा कम समय आकाशमा रहेर खस्यो। ककपिट भ्वाइस रेकर्डरमा संग्रहित संवादले यो घटनालाई थप रहस्यमय बनाएको छ।

रेकर्डिङमा एक पाइलटले अर्कोलाई सोधेको सुनिन्छ, “तिमीले किन कट–अफ ग¥यौ?” जवाफमा अर्को पाइलट भन्छन्, “मैले त्यसो गरेको होइन।”

यो संवादले मानवीय त्रुटि वा नियतमाथि प्रश्न उठाए पनि, विज्ञहरू तत्कालै यो निष्कर्षमा पुग्न हतार हुने बताउँछन् । टेकअफको समयमा सहपाइलटले विमान उडाइरहेका थिए भने क्याप्टेनले निगरानी गरिरहेका थिए।

संवादमा कुन आवाज कसको हो भन्ने अझै पहिचान भइसकेको छैन, जुन अनुसन्धानको एक महत्वपूर्ण पाटो बनेको छ। विज्ञहरूका अनुसार, दुवै इन्धन स्वीच एकैपटक गल्तीले कट–अफ हुनु लगभग असम्भव छ।

ओहायो स्टेट युनिभर्सिटीका उड्डयनविज्ञ शन प्रुचनिकीका अनुसार, पाइलटहरूले कुनै आपत्कालीन अवस्थाको रिपोर्ट गरेका थिएनन्, जसले गर्दा गल्तीले स्वीच दबिएको सम्भावना कम देखिन्छ।

यहीँनेर अनुसन्धान एक गम्भीर प्राविधिक कमजोरीको सम्भावनातर्फ मोडिएको छ। प्रतिवेदनमा उल्लेख भएअनुसार, सन् २०१८ मै अमेरिकी संघीय उड्डयन प्रशासनले केही बोइङ विमानमा जडान गरिएका इन्धन नियन्त्रण स्वीचमा ‘लकिङ’ सुविधा सक्रिय नभएकोबारे एक सूचना बुलेटिन जारी गरेको थियो।

यो डिजाइन दुर्घटनाग्रस्त बोइङ ७८७ विमानमा पनि प्रयोग भएको थियो। तर, उक्त सूचना कानुनी रूपमा बाध्यकारी नभएकाले एयर इन्डियाले त्यसअनुसार जाँच गरेको थिएन।

प्रुचनिकी प्रश्न गर्छन्, “के स्वीच आफैँ ‘अफ’ पोजिसनमा जान सक्छ? यदि हो भने, यो साँच्चिकै गम्भीर विषय हो।” भारतको विमान दुर्घटना अनुसन्धान ब्युरोका पूर्वअनुसन्धानकर्ता क्याप्टेन किशोर चिन्ताले पनि यो आशंकालाई बल दिँदै बीबीसीसँग भनेका छन्, “के इन्धन कट–अफ स्वीच पाइलटको कुनै हर्कतबिना नै विमानको इलेक्ट्रोनिक नियन्त्रण इकाईद्वारा सक्रिय हुन सक्छ? यदि यस्तो हो भने, यो प्रणालीगत चिन्ताको विषय हो।”
यस्तै ¥याम एयर टर्बाइन सक्रिय भएको छ। विमानको यो आपत्कालीन प्रणाली दुवै इन्जिन फेल भएको अवस्थामा मात्रै सक्रिय हुन्छ। यसको सक्रियताले दुवै इन्जिन एकैपटक बन्द भएको कुरालाई पुष्टि गर्ने विज्ञहरु बताउँछन् ।

विमान खस्दा ल्यान्डिङ गियर तानिएको थिएन। एक अनुभवी ७८७ पाइलटका अनुसार, दुवै इन्जिन फेल भएपछि पाइलटहरू स्तब्ध अवस्थामा पुग्छन्।

उनीहरूको ध्यान विमानलाई कसरी सुरक्षित अवतरण गराउने भन्नेमा केन्द्रित हुन्छ, ल्यान्डिङ गियरजस्ता प्रक्रियामा ध्यान जाँदैन। यसले चालक दलसँग प्रतिक्रिया जनाउन अत्यन्तै कम समय भएको देखाएको विश्लेषण गरिएको छ ।

प्रतिवेदनअनुसार, पाइलटहरूले अवस्थालाई सम्हाल्ने प्रयास गरेका थिए। स्वीचलाई पुनः सामान्य स्थितिमा फर्काएपछि एउटा इन्जिनले शक्ति प्राप्त गर्दै थियो भने अर्को भर्खरै पुनः सुरु भएको थियो, तर पूर्ण शक्तिमा आइसकेको थिएन।

तर, उचाइ यति कम थियो कि विमानलाई सम्हाल्न पर्याप्त समय र शक्ति दुवै भएन। अमेरिकी राष्ट्रिय यातायात सुरक्षा बोर्डका पूर्वप्रबन्ध निर्देशक पिटर गोएल्जका अनुसार, सीभीआरको संवाद मात्र पर्याप्त छैन; आवाजको पहिचान हुनु र सम्पूर्ण घटनाक्रमको दृश्य प्रमाण हुनु अनिवार्य छ।

यदि ककपिटमा भिडियो रेकर्डर जडान गरिएको हुन्थ्यो भने, ‘कट–अफ’ स्वीचमा कसको हात थियो वा त्यो आफैं सरेको थियो भन्ने प्रश्नको जवाफ तुरुन्तै मिल्ने थियो।

हाल अनुसन्धानकर्ताहरू पाइलटहरूको पृष्ठभूमि, स्वास्थ्य अवस्था र इन्धनको गुणस्तर जस्ता सबै पक्षहरूको गहिरो विश्लेषण गरिरहेको उल्लेख गरिएको छ ।

यो दुर्घटना अब मानवीय भूल र गम्भीर प्राविधिक त्रुटिको बीचमा अड्किएको एक जटिल रहस्य बनेको छ। अन्तिम प्रतिवेदनले मात्र बोइङ ७८७ को डिजाइन, एयर इन्डियाको मर्मत प्रक्रिया र त्यो दुर्भाग्यपूर्ण ४० सेकेन्डमा ककपिटभित्र वास्तवमा के भएको थियो भन्ने सत्य उजागर गर्नेछ।

गत जुन १२ मा, एयर इन्डियाको बोइङ ७८७ ड्रीमलाइनर विमान चालक दलसहित २४२ जना यात्रु बोकेर अहमदाबादको सरदार वल्लभभाइ पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट लन्डनका लागि उडेको थियो।

तर, उडेको केही बेरमै विमान मेघनीनगरको आवासीय क्षेत्रमा खस्यो। दुर्घटनामा विमानमा सवार २४१ जना र जमिनमा रहेका मेडिकल कलेजका विद्यार्थी, सर्वसाधारणसहित २७० भन्दा बढीको मृत्यु भएको थियो । विमानका एक यात्रु भने बाच्न सफल भएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top