×

NEPAL TIMES UPDATES

Playing
जर्मनीबाट ५ हजार से*ना फर्काउँदै अमेरिका, इरान यु*द्धले बढायो वि*वाद|| Nepal Times
May 02, 2026
Playing
Top 15 Afternoon News || May-02-2026 || Nepal Times
May 02, 2026
Playing
सरकारको डोजर चलेपछि नागरिकले घरमा टाँसे जग्गाधनी पुर्जा|| Nepal Times
May 02, 2026
Playing
अर्थमन्त्री वाग्ले र ट्रम्पका विशेष दूतबीच २० मिनेट विशेष वार्ता|| Nepal Times
May 02, 2026
Playing
संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमा बारले राष्ट्रपतिलाई के सुझायो ?|| Nepal Times
May 02, 2026
Playing
आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?|| Nepal Times
May 02, 2026
Playing
अमेरीका, भारत र चीनको हेपाहा प्रवृत्ति बढ्दो|| Nepal Times
May 02, 2026
Playing
यु*द्ध रोक्ने प्रयास असफल: इरा*नको नयाँ प्रस्ताव पनि अमेरि*काले ठुक*रायो|| Nepal Times
May 02, 2026
Playing
नयाँ दलहरू स्थानीय तह निर्वाचनको तयारीमा जुट्दा पुराना दलहरू आन्तरिक कलहमा|| Nepal Times
May 02, 2026
Playing
सवारी चालक र ट्राफिक दुवैलाई अदालतले दियो खुशीको खबर || Nepal Times
May 01, 2026

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

२२ फाल्गुन २०८२

२२ फागुन , काठमाण्डौ।

बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ । मतगणना जारी रहेका ५७ भन्दा बढी निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारहरुले फराकिलो अग्रता बनाइरहेका छन् । धेरै निर्वाचन क्षेत्रमा उनीहरुको अग्रता दोब्बर भन्दा माथि छ ।

Advertisement
Advertisement

एमाले काग्रेसमा चर्चित उम्मेदवारहरु धेरै पछि परेका छन् । यही रफ्तारमा अघि बढ्यो भने रास्वपाले प्रचण्ड बहुमत हासिल गर्ने विश्लेषण गर्न थालिएको छ। एमाले,कांग्रेस,नेकपा लगायत दलका उम्मेदवार मतगणनामा धेरै पछाडि छन् । मतदाताको यो रुझान अन्तिमसम्म अन्य क्षेत्रमा पनि कायमै रहे रास्वपाले बहुमत ल्याउने संकेत देखिएको छ ।

यही रफ्तारमा समानुपातिक र बाँकी प्रत्यक्ष तर्फपनि रुझान देखिदै गए रास्वपाले भनेझै १ सय ५१ तर्फ अघि बढ्ने हो कि भन्ने संभावना समेत नकार्न नसकिने टिप्पणीहरु गर्न थालिएका छन् । प्रत्यक्षमा १६५ र समानुपातिकबाट ११० सदस्य उम्मेदवार निर्वाचित हुनेछन् ।

पार्टी बहुमतको बाटोमा अघि बढिरहेको संकेत देखिएपछि रास्वपाका प्रवक्ता समेत रहेका धनुषाका उम्मेदवार मनिष झाले पहिलो प्रतिक्रिया दिएका छन् । उनले लेखेका छन्, हाम्रो उद्देश्य देशमा सकारात्मक परिणाम सहितको परिवर्तन हो, हामीले अझै धेरै मेहनत गर्नुपर्नेछ। नेता हैन, सहजकर्ता भएर खट्नु छ। जनताले हामीलाई ठूलो अपेक्षा सहित मतादेश र जिम्मेवारी दिएको छ। तसर्थ परिवर्तनकारीहरू सबै थप सभ्य र अनुशासित रहन आवश्यक छ। हाम्रो दुस्मन त देशमा रहेको भ्रष्टाचार, गरिबी र कुशासन हो। उम्मेदवार र दलहरू त लोकतान्त्रिक प्रक्रियाको केवल प्रतिस्पर्धी मात्र हुन। सबैको अस्तित्व प्रति सम्मान राख्दै हामी थप संयमित, उदार र जिम्मेवार हुनुपर्छ। सबैमा अनुरोध।

यस्तै अनपेक्षित परिणाम भोगिरहेको नेपाली कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले प्रतिनिधिसभा निर्वाचनमा मतदाताको फैसला स्वीकार्य भएको प्रक्रिया दिएका छन् । सामाजिक सञ्जाल एक्समा उपसभापति शर्माले देशको मूल प्रश्नमा साथ र खबरदारी दुवै रहने उल्लेख गरेका छन् ।

शर्माले शुक्रबार बिहान नतिजा आउन थालेपछि सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘मतदाताको फैसला स्वीकार्य छ । बुलेटबाट उदाएको माओवादीलाई स्वागतको संयम दोहो¥याउँदै ब्यालेटबाट आउँदै गरेको रास्वपालाई स्वागत । २०७९ मै प्रस्तुत संकेतका दृष्टिले यो अप्रत्याशित होइन । चर्को आशा अर्को निराशामा बदलिनु हुन्न, देशको मूल प्रश्नमा साथ र खबरदारी दुवै रहनेछ ।’

नेकपा एमाले नेता तथा निर्वाचन प्रचार संयोजक मीनबहादुर शाहीले लोकतान्त्रिक अभ्यास र विधिबाट आएको परिणाम स्वीकार्दै आगामी दिनमा रणनीति बनाउदै अघि बढ्ने बताएका छन् । नेकपाका नेता देव गुरुङले प्रायोजित रणनीति अनुसार गरिएको निर्वाचनमा यस्तो परिणाम आउनु स्वाभाविक भएको जिकिर गरेका छन् ।

‘जेनजी आन्दोलनपछि राजनीतिक दलहरु विस्थापित भएको, शक्ति कमजोर भएको बेला चुनाव गरिएको छ । अन्तिम चुनावी परिणाम आएपछि गम्भीर समीक्षा हुन्छ’, गुरुङले भनेका छन्, ‘प्रायोजित रणनीति अनुसार गरिएको निर्वाचनमा यस्तो परिणाम आउनु स्वाभाविक नै हो ।’

यस्तै पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले ऐतिहासिक जेनजी विद्रोहपछिको आमनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पक्षमा देखिएको देशव्यापी जनलहरलाई शान्त विद्रोहको संज्ञा दिएका छन्। सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै उनले यो जनमत सुशासन र समृद्धिका लागि आम जनताले व्यक्त गरेको तीव्र आकांक्षा भएको बताएका हुन्।

नवोदित दलको पक्षमा आएको यो उभारलाई सबै राजनीतिक शक्तिले स्वीकार गर्नुपर्ने उनको ठम्याइ छ। भट्टराईका अनुसार देशमा लामो समयदेखि जकडिएका आन्तरिक अर्थ–राजनीतिक समस्या र बाह्य भू–राजनीतिक चुनौतीहरूको कुशल व्यवस्थापन गर्नु अबको मुख्य कार्यभार हो।

नयाँ नेतृत्वका लागि आगामी बाटो चुनौतीपूर्ण रहे पनि जनताको यो अभूतपूर्व म्यान्डेटलाई अवसरका रूपमा बदल्नुपर्नेमा डा. भट्टराईले जोड दिएका छन्। उनले रास्वपाको सफलताले मुलुकको विद्यमान संकट समाधानमा सकारात्मक भूमिका खेल्ने विश्वास समेत व्यक्त गरेका छन्।

प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौँ क्षेत्र नम्बर १ बाट विजयको सुरुवात गरेको छ। रास्वपाकी उम्मेदवार रञ्जु दर्शना (न्यौपाने) १५ हजार ४५५ मतका साथ विजयी भएकी हुन्। यो जितसँगै रास्वपाले यस निर्वाचनमा आफ्नो पहिलो खाता खोल्न सफल भएको छ।

काठमाडौं ८ मा विराजभक्त श्रेष्ठको जित सुनिश्चित भइसकेको छ । विजयी भएपछि सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै रञ्जुले यो जितलाई देश र परिवर्तन पक्षको जितका रूपमा व्याख्या गरेकी छिन्। उनले ’घण्टी’ चुनाव चिह्नमा मतदान गर्ने सम्पूर्ण मतदाता तथा शुभकामना दिने शुभेच्छुक र साथीहरू प्रति हार्दिक आभार एवं नमन प्रकट गरेकी छिन्।

उनले आफ्नो विजयलाई जनताको परिवर्तनप्रतिको चाहनाको परिणाम भएको बताएकी छिन्। उनलाई हारको ह्याट्रिक गरेका राप्रपामा रवीन्द्र मिश्रले बधाइ दिएका छन् । यहाँ एमालेसहित २६ जना उम्मेदवारहरुको जमानत जफत भएको छ । उता अहिलेसम्म ७ स्थानमा अग्रतासहित नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनमा मुस्ताङबाट खाता खोलेको छ ।

कांग्रेसका योगेश गौचनले एमालेका इन्द्र धारा विष्टलाई हराएर जित निकालेका हुन् । उनी अघिल्लो प्रतिनिधि सभा सदस्य निर्वाचनमा पनि विजयी भएका थिए । नेपाली कांग्रेस मुस्ताङका सभापति रोमी गौचन थकालीका छोरा समेत रहेका उनले १ हजार ५ सय १ अन्तरले जित निकालेका हुन् ।

गौचनले ३ हजार ३ सय ७ मत ल्याउँदा निकटतम प्रतिश्पर्धी विष्टले १ हजार ८ सय ६ मत पाए । राष्ट्रिय स्वतन्त्र पार्टीका अद्वितीय चन्द्र थकालीले ७ सय ५९ मत पाउँदा अरु दल निकै कम अंकमा समेटिए । मुस्ताङबाट शेरचनले ०७९ को निर्वाचनमा पनि जितेका थिए । योगेश थासाङ गाउँपालिका लेतेका बासिन्दा हुन्।

एमाले ४ सहित नेकपा ३ स्थानमा अग्रता बनाउन सफल भएको छ । अहिलेसम्म राप्रपा र श्रम संस्कृति १, १ स्थानमा अघि रहेका छन् । चितवन २ मा अहिलेसम्म १४ हजार २२ मतगणना सम्पन्न भएको छ । अहिलेसम्म रास्वपाका सभापति रवि लामिछानेले ६७०० मत ल्याउँदा नेकपा एमालेका उम्मेदवार अस्मिन घिमिरेले २३२९ मत ल्याएका छन् ।

उनलाई नेपाली कांग्रेसकी उम्मेदवार मीना खरेलले २३२२ मतसहित पछ्याइरहेकी छन् । त्यस्तै नेकपाका प्रताव गुरुङले १५५७ मत ल्याएका छन् । यता देशकै इपिसेन्टर मानिएको झापा क्षेत्र नम्बर ५ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह बालेनको अग्रता कायम छ।

हालसम्मको मतपरिणामअनुसार बालेनले एमालेका केपी शर्मा ओलीलाई दोब्बर मतले पछि पारेका छन् । सर्लाही ४ मा नेपाली कांग्रेसका सभापति गगन थापालाई पछि पार्दै रास्वपाका उम्मेदवार अमरेश कुमार सिंहले अग्रता बनाएका छन् । अमरेशले १ हजार ९०८ मत पाउँदा गगनले मात्र ५३६ मत पाएका छन् ।

यसैगरी नेकपाका उम्मेदवार रजनिस रायले ३७९ मत पाएका छन् । लुम्बिनी प्रदेशको एक मात्र हिमाली जिल्ला रुकुम पूर्वको मतगणनामा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले आफ्ना निकटतम प्रतिस्पर्धीभन्दा तेब्बर बढी मत प्राप्त गर्दै अग्रता लिएका छन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार दाहालले ३ हजार ६ सय ६९ मत प्राप्त गरेका छन्। उनलाई नेपाली कांग्रेसकी उम्मेदवार कुसमदेवी थापाले १ हजार २९ मतसहित पछ्याइरहनुभएको छ। दाहाल र थापाबीचको मतान्तर २ हजार ६ सय ४० रहेको छ।

नेकपा एमालेका उम्मेदवार लीलामणि गौतम ६ सय ६३ मतका साथ तेस्रो स्थानमा छन् भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का लक्ष्मणकुमार थापाले ३ सय ५४ मत प्राप्त गरेका छन्। यस क्षेत्रमा दाहालसहित ११ जना उम्मेदवार चुनावी मैदानमा छन्।

गुल्मी क्षेत्र नं १ मा नेकपा एमालेका नेता प्रदीप ज्ञवाली र नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीलाई पछि पार्दै रास्वपाका नेता सागर ढकालले सुरुवाती अग्रता लिएका छन् । मत गणनाको पहिलो सार्वजनिक अपडेट अनुसार जम्मा ६३९ मत गणना भएकामा उनले २४३ मत पाएका छन् भने कांग्रेसका चन्द्र भण्डारीले १०३, एमालेका प्रदीप ज्ञवालीले ११८ र नेकपाका सुदर्शन बरालले १२९ मत पाएका छन् ।

सङ्खुवासभामा मतगणना मतपेटिका आइपुगे आज साँझदेखि मात्र सुरु हुने भएको छ । जिल्लाका दुर्गम मतदान केन्द्रहरूबाट मतपेटिका सङ्कलन गर्ने कार्य जारी रहेकाले मतगणना सुरु हुन समय लाग्ने भएको हो । मुख्य निर्वाचन अधिकृत राजकुमार कोइरालाका अनुसार जिल्लाका अति दुर्गम ५ वटा मतदान केन्द्रहरूबाट हेलिकप्टरमार्फत मतपेटिका ल्याउने तयारी भइरहेको छ ।

किमाथान्का, थुदाम, रिदाक, गौथला र चाम्पेकका मतपेटिकाहरू हेलिकप्टरबाट ल्याइने उनले जानकारी दिए । यी मतपेटिकाहरू आज दिउँसो १२ बजेसम्ममा सदरमुकाम खाँदबारी आइपुग्ने अपेक्षा गरिएको छ । दाङ–३ मा ५०० मत गन्दा रास्वपाका कमल सुवेदीले २४५ मत प्राप्त गरेका छन् भने कांग्रेसका दीपक गिरीले १४५ मत ल्याएका छन्।

यस्तै एमालेका घनश्याम पाण्डेले ७३ र नेकपाका धनबहादुर मास्कीले– १७ मत प्राप्त गरेका छन्। रसुवामा नेपाली कांग्रेसले अग्रता कायम राखेको छ । नेपाली कांग्रेसका उम्मेदवार मोहन आचार्यले ३ हजार ३ सय २९ मत प्राप्त गर्दा रास्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बसन्त भट्टले १ हजार ६ सय २४ मत प्राप्त गरेका छन् ।

त्यस्तै, नेकपा एमालेका प्रेमबहादुर तामाङले १ हजार १ सय ८६ मत प्राप्त गरेका छन् । त्यस्तै उज्यालो नेपाल पार्टीका मानबहादुर तामाङले ४ सय ७५ मत प्राप्त गरेका छन् । नेपाली कम्युनिष्ट पार्टीका माधवप्रसाद लामिछानेले २ सय ६० मत प्राप्त गरेका छन् ।

रुपन्देही–३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अग्रता कायमै रहेको छ । ५ हजार ६ सय १ मतगणना हुँदा रास्वपाका उम्मेदवार डा.लेखजंग थापाले ३ हजार ६ सय २६ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।मोरङ निर्वाचन क्षेत्र नम्बर ६ को प्रारम्भिक मतगणनाले राजनीतिक वृत्तमा ठूलो परकम्प ल्याइदिएको छ।

नेपाली कांग्रेसका ’हेभीवेट’ नेता डा. शेखर कोइरालाको विरासत मानिने यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार रुविना आचार्यले फराकिलो अग्रता लिएकी छिन्। आचार्यले कोइरालालाई मात्र होइन, नेकपा एमालेका उम्मेदवारलाई समेत निकै पछाडि छाड्दै ’एकतर्फी’ दौड सुरु गरेकी हुन्।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार हालसम्म ६ हजार १ सय ३५ मत गणना भएकोमा ५,७३४ मत सदर मत छ । मोरङमा ६ निर्वाचन क्षेत्रमा रास्वपा ५ क्षेत्रमा अघि छ भने क्षेत्र नम्बर ३ मा श्रमसंस्कृति अघि रहेकोछ । चितवन ३ निर्वाचन क्षेत्रको हालसम्मको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतमले अग्रता कायमै ।

अहिलेसम्म उनले ४ हजार ९४४ मत प्राप्त गर्दा नेपाली कम्युनिस्ट पार्टीकी रेनु दाहालले दोब्बर कम २ हजार ९६० मतसहित दोस्रो स्थानमा । सोविता गौतम र रेनु दाहालबिच १ हजार ९८४ मतान्तर । चितवन १ मा भने हालसम्म २,८३० मत गणना हुँदा नेकपा एमालेका उम्मेदवार दावा दोर्जे लामा अग्रस्थानमा छन् ।

Advertisement

उनले ९६३ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका उम्मेदवार राजेन्द्र बुर्लाकोटी ७३९ मत पाएर लामालाई पछ्याउदा राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालले ४८३ मतसहित तेस्रो स्थानमा पछ्याइरहेका छन् ।

भर्खरको समाचार

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

ट्रम्पले फेरि अस्वीकार गरे इरानको शान्ति प्रस्ताव, वार्ता अनिश्चिततामा

trump

अमेरीका, भारत र चीनको हेपाहा प्रवृत्ति बढ्दो

americachinawar1_20211222151231_NBqGAkGsuo

नयाँ दलहरू स्थानीय तह निर्वाचनको तयारीमा जुट्दा पुराना दलहरू आन्तरिक कलहमा

harka-sampang-samsad (1)

नेपालको लिपुलेकमा भारत र चीनको रजाइँ, खुल्यो कैलाश यात्रा

kailash-mansarobar

अध्यादेशको चक्रव्युहःबालेनको ’एक्सन’ मा राष्ट्रपति सहयोगी कि बाधक ?

42412c11-68f9-4814-ade7-2710d505dd4c

आङ सान सूची : रिहाइ कि नाटक? सेनाको ’खतरनाक’ चाल

b01787d0-8840-11ed-90a7-556e529f9f89.jpg

अतिक्रमित बस्तीमा चल्यो डोजर,आज बल्खुदेखि रानीबारीसम्म खाली गरिने

685403546_967090872577597_87520653493044219_n

साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ, त्यो “ज्ञ“ ज्ञान होः बालेन

686355192_967005455919472_4354644016497496881_n

सम्बन्धित खबरहरु

Scroll to Top