×

NEPAL TIMES UPDATES

Playing
मारवाडीले हडपेको धर्मशाला पशुपतिनाथको स्वामित्वमा आयो || Nepal Times
May 05, 2026
Playing
संवैधानिक परिषद् बैठकः अब ४ जनाले गणपूरक, ३ जनाले निर्णय| Nepal Times
May 05, 2026
Playing
Top 15 Afternoon News || May-05-2026 || Nepal Times
May 05, 2026
Playing
सिंहदरबारभित्रको समानान्तर सरकार अन्त्यः ट्रेड युनियनको साँचो खोसियो || Nepal Times
May 05, 2026
Playing
ट्रेड युनियन खारेज गर्नुको कारण बालेनले दिए, कर्मचारीले नमान्ने || Nepal Times
May 05, 2026
Playing
Iranले फेरि गर्यो हम ला, अबुधाबीमा वि स्फोट, Uaeले १५ मिसाइल रोक्यो || Nepal Times
May 05, 2026
Playing
भारतीय राज्यमा सत्तामा रहेका दल सोत्तर, दिदीको १५ वर्षे सत्ता ढल्यो|| Nepal Times
May 05, 2026
Playing
शेखर गोल्छा फेरि किन प क्राउ परे ? धरौटी बुझाए लगत्तै नियन्त्रणमा || Nepal Times
May 05, 2026
Playing
अमेरिकाले जफत गरेको इरानी जहाज पाकिस्तानलाई हस्तान्तरण|| Nepal Times
May 04, 2026
Playing
के America र Iranबीच यु द्धविराम अन्त्य भएको हो ? || Nepal Times
May 04, 2026

अमेरिकामा नेपाली परिवारको बीभत्स हत्याको भिडियो सार्वजनिक

६ चैत्र २०८२

६ चैत , काठमाण्डौ ।

अमेरिकाको भर्जिनियामा गएको फेब्रुअरी २३ मा उदयपुर बेलका नगरपालिकाका एक बुबाले आफ्नै छोरी र श्रीमतीको हत्या गरेको र आक्रमणमा ज्वाइँलाई गम्भीर घाइते बनाएको वीभत्स हत्याकाण्डको भिडियो अमेरिकी प्रहरीले सार्वजनिक गरेको छ।

Advertisement
Advertisement

अमेरिकाको फेयरफ्याक्स काउन्टी प्रहरीले भर्जिनियाको मान्टुआस्थित ‘मार्गेट म्यानर अपार्टमेन्ट’ मा भएको बीभत्स हत्याकाण्डको ‘बडी क्यामरा’ भिडियो सार्वजनिक गरेको छ। उक्त घटनामा भर्खरै नेपालबाट अमेरिका गएका उदयपुरका छत्र थापाले आफ्नै श्रीमती बिन्दा थापा र छोरी ममता थापाको छुरा प्रहार गरी हत्या गरेका थिए।

मिलन भनिने ५० वर्षे छत्रबहादुरले पर्सिमोन ड्राइभस्थित आफ्नै अपार्टमेन्टभित्र १० इन्च लामो धारिलो हतियार प्रयोग गरी आफ्नी श्रीमती बिन्दा र छोरी ममताको ज्यान लिएका थिए । स्थानीय समयअनुसार बिहान करिब ५ः१५ बजे घरेलु हिंसासम्बन्धी सूचनापछि प्रहरी घटनास्थलमा पुगेको थियो ।

त्यहाँ पुगेपछि प्रहरीले देखेको दृश्यलाई फेयरफ्याक्स काउन्टीका प्रहरी प्रमुख केभिन डेभिसले ‘कल्पना गर्न नसकिने अत्यन्त भयावह र हृदयविदारक’ भनेर वर्णन गरेका थिए । थापाका ज्वाइँ ३५ वर्षे सन्तोषकुमार बस्नेतले बाहिर गाडीबाट हिउँ हटाउँदै गर्दा घरभित्रको कोलाहल सुनेपछि ९११ मा फोन गरेका थिए ।

हतारिँदै भित्र पस्दा उनले आफ्नी ३१ वर्षीया श्रीमती ममता थापा र ५१ वर्षीया सासू बिन्दा थापालाई रगतले लतपत अवस्थामा भेट्टाएका थिए । त्यसपछि थापाले ज्वाइँ बस्नेतमाथि पनि आक्रमण गरे, जसका कारण बस्नेत गम्भीर घाइते भएका छन् । घटनास्थलमा पुगेका प्रहरीले थापालाई बस्नेतमाथि आक्रमण गरिरहेकै अवस्थामा भेटेको थियो ।

पटक–पटक हतियार छोड्न आदेश दिए पनि नमानेपछि प्रहरीले गोली चलाएको थियो, जसबाट घटनास्थलमै थापाको मृत्यु भएको थियो । प्रहरी पुगेपछिका यी सबै घटनाक्रमका दृश्यहरु प्रहरीले सार्वजनिक गरेको छ । प्रहरीका अनुसार, घटना भएको दिन बिहान छत्रका ज्वाइँ सन्तोष बस्नेत र छोरी ममता थापा काममा जाने तयारीमा थिए।

सन्तोष बाहिर पार्किङमा आफ्नो कारबाट हिउँ पन्छाउँदै गर्दा अपार्टमेन्ट भित्रबाट चिच्याएको र ठुलो आवाज सुनेपछि भित्र दौडिएका थिए। बाल्कोनीको ढोकाबाट भित्र छिर्दा उनले एक वर्षको छोरा एक्लै रोइरहेको भेटे भने श्रीमती ममता रगताम्मे अवस्थामा ढोकातिर भागिरहेको देखे। ममताले अन्तिम पटक चिच्याउँदै भनेकी थिइन्, ‘उसले हामीलाई मारÞ्यो, उसले हामीलाई मारÞ्यो!’ सन्तोषले आफ्ना ससुरा छत्र थापाले १० इन्च लामो मासु काट्ने ‘क्लिभर’ जस्तो देखिने धारिलो हतियारले सासू बिन्दा थापामाथि अन्धाधुन्ध प्रहार गरिरहेको बीभत्स दृश्य देख्नुपरÞ्यो।

त्यसलगत्तै छत्रले ज्वाइँ सन्तोषमाथि पनि आक्रमण सुरु गरेका थिए। बिहीबार सार्वजनिक गरिएको प्रहरीको ‘बडी क्यामरा’ फुटेजमा एक युवा प्रहरी अधिकारी घटनास्थलमा पुग्दाको दृश्य कैद छ। प्रहरी सिढीबाट तल झर्दा ममता थापा बाहिरै रगतमा लतपतिएको अवस्थामा देखिन्छिन्।

प्रहरीले उनलाई सिढीमा आउन आग्रह गरे पनि उनी हलचल गर्न सक्ने अवस्थामा थिइनन्। भित्र बच्चा रोएको आवाज सुनेपछि प्रहरी ढोका फोडेर भित्र छिर्छन्। त्यहाँ छत्र थापाले सन्तोष बस्नेतलाई भुइँमा लडाएर छुरा प्रहार गरिरहेका थिए। प्रहरीले पटक–पटक ‘हतियार फाल’ भन्दा पनि छत्रले प्रहार नरोकेपछि प्रहरीले गोली चलाउनुपरेको थियो।

छत्रलाई कयौँ पटक गोली लागेपछि उनी ढलेका थिए। त्यसलगत्तै प्रहरीले रोइरहेको एक वर्षे बालकलाई उद्धार गरी सुरक्षित स्थानमा लगेका थिए। फेयरफ्याक्स काउन्टीका प्रहरी प्रमुख केभिन डेभिसले ती प्रहरी अधिकारीको बहादुरीको प्रशंसा गर्दै भने, ‘यदि ती अधिकारीले समयमै साहसिक र अनुशासित कदम नचालेको भए आज हामीसँग थप दुईवटा शव हुने थिए।’

छत्र थापाको कुनै पनि आपराधिक पृष्ठभूमि नरहेको र यसअघि त्यस अपार्टमेन्टबाट प्रहरीलाई कहिल्यै कुनै उजुरी नआएको प्रहरीले जनाएको छ। प्रहरी प्रमुख डेभिसका अनुसार छत्रमा केही समयदेखि ‘मानसिक स्वास्थ्य समस्या’ रहेको बुझिएको छ, तर उनले यति ठुलो कदम किन चाले भन्ने कुरा अझै खुलेको छैन् ।

घाइते सन्तोष बस्नेतले एक अन्तर्वार्तामा भनेका छन्, ‘मलाई अझै पछुतो छ कि मैले आफ्नी श्रीमतीलाई बचाउन सकिनँ। उनले सहयोगका लागि पुकारिरहेको आवाज मेरो कानमा अझै गुञ्जिरहन्छ।’ सन्तोषले आफ्ना छोरालाई एउटा कोठामा थुनेर सुरक्षित राखेपछि मात्र ससुरासँग प्रतिरोध गरेका थिए।

यस हृदयविदारक घटनाले अमेरिकामा रहेका नेपालीहरूलाई मर्माहत बनाएको छ। गत मंगलबार बिन्दा र ममता थापाको अन्तिम संस्कार गरिएको छ, जहाँ ठुलो संख्यामा नेपाली समुदायका व्यक्तिहरू उपस्थित भएर श्रद्धाञ्जली अर्पण गरेका थिए। सन्तोष बस्नेत अहिले अस्पतालको उपचारपछि पुनस्र्थापना केन्द्रमा छन्।

Advertisement
Advertisement

उनी निको भएपछि आफ्नी बहिनीसँग बस्न क्यालिफोर्निया जाने तयारीमा छन्, जहाँ अहिले उनको छोराको हेरचाह भइरहेको छ। डीभीमार्फत गएकी छोरीले दसैँपछि आफ्ना बुबा र आमालाई अमेरिका घुमाउन लगेकी थिइन् ।

भर्खरको समाचार

सहकारीका बचतकर्ताको रकम जेठदेखि फिर्ता, ४६ अर्ब फिर्ता गर्नुपर्ने

nepali paisa

बहुप्रतिक्षित नागढुंगा सुरुङमार्ग चीनले चलाउने,साउनदेखि गाडी गुड्ने

Nagdhunga Tunnel_NPL_DSC03473

गौशाला धर्मशालामा मारवाडीको मोहियानी हक नलाग्ने उच्चको फैसला

hotel ananda pashupatinath

थलापति’ विजयः फिल्म छोडेर सिधै मुख्यमन्त्री

bijay thalapati

राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद् सम्बन्धी अध्यादेश

Nepali Congress President candidate Ram Chandra Paudel waves while casting vote in the election during the party's 13th national general convention in Kathmandu on Sunday, March 6, 2016. Photo: RSS

इरानका ७ जहाज अमेरिकाले डुबायो,विश्वको नक्साबाटै मेटाइदिने ट्रम्पको चेतावनी

Screenshot 2026-05-05 123807

शेखर गोल्छा फेरि किन पक्राउ परे ?धरौटी बुझाए लगत्तै नियन्त्रणमा

Shekhar-Golchha-Final

विद्यार्थी र कर्मचारीतन्त्रको पार्टीकरणले देशको प्रणाली नै ध्वस्त पारेःबालेन

666707698_875077882223921_4422618132601218086_n

पुटिनको ज्यान जोखिममा, सुरक्षा बढाइयो

Vladimir-Putin

मलको हाहाकार र युद्धको बाछिटाः बालेनले किसानलाई मल देलान् ?

8f3c375b-11be-4738-96c3-2d56f6d2d987

सम्बन्धित खबरहरु

Scroll to Top