×

NEPAL TIMES UPDATES

Playing
के अब शिक्षकले पनि १५ दिनमा पाउने हो तलब ?|| Nepal Times
May 05, 2026
Playing
World News:यु*द्धमा यूएई पिसियो, भारतमा कम्युनिष्ट सकियो, विश्वभरबाट इरानको निन्दा|| Nepal Times
May 05, 2026
Playing
समस्याग्रस्त सहकारीका ऋणीहरूको सूची सार्वजनिक गरिँदै || Nepal Times
May 05, 2026
Playing
बहुप्रतिक्षित नागढुंगा सुरुङमार्ग चीनले चलाउने,साउनदेखि गाडी गुड्ने|| Nepal Times
May 05, 2026
Playing
मारवाडीले हडपेको धर्मशाला पशुपतिनाथको स्वामित्वमा आयो || Nepal Times
May 05, 2026
Playing
संवैधानिक परिषद् बैठकः अब ४ जनाले गणपूरक, ३ जनाले निर्णय| Nepal Times
May 05, 2026
Playing
Top 15 Afternoon News || May-05-2026 || Nepal Times
May 05, 2026
Playing
सिंहदरबारभित्रको समानान्तर सरकार अन्त्यः ट्रेड युनियनको साँचो खोसियो || Nepal Times
May 05, 2026
Playing
ट्रेड युनियन खारेज गर्नुको कारण बालेनले दिए, कर्मचारीले नमान्ने || Nepal Times
May 05, 2026
Playing
Iranले फेरि गर्यो हम ला, अबुधाबीमा वि स्फोट, Uaeले १५ मिसाइल रोक्यो || Nepal Times
May 05, 2026

साउदीका तेल केन्द्रमा बिहानैदेखि ड्रोन आक्रमण, युद्ध नयाँ चरणमा प्रवेश

६ चैत्र २०८२

६ चैत , काठमाण्डौ ।

अमेरिका र इजरेलले इरानमाथि लगातार आक्रमण जारीराख्दा इरानले होमुर्जको घाँटी बन्द गरेर पश्चिम एसियाका खाडी राष्ट्रहरूमा हवाई आक्रमण जारी राखेको छ । साउदी अरेयिबा, कतार, कुबेत, संयुक्त अरब इमिरेट्सले लगातार आक्रमणको विरोध जनाउदै प्रतिकारको चेतावनी दिएपनि इरानले खाडी राष्ट्रमाथिको आक्रमणलाई निरन्तरता दिइरहेको छ ।

Advertisement
Advertisement

साउदी अरेबियाको हवाई प्रतिरक्षाले आज शुक्रबार मात्रै बिहानदेखि २२ वटा ड्रोनलाई रोकेर नष्ट गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । कुवेत र संयुक्त अरब इमिरेट्सका अधिकारीहरूले क्षेप्यास्त्र आक्रमण र ड्रोन खतरासँग संघर्ष गरिरहेको रिपोर्ट गरेका छन् । बहराइनको आन्तरिक मन्त्रालयले इरानी आक्रमणबाट गोदाममा आगलागी भएको बताएको छ ।

साउदी रक्षा मन्त्रालयका अनुसार अधिकांश ड्रोन प्रमुख तेल प्रशोधन केन्द्रहरू रहेको पूर्वी प्रान्तमा खसालिएका थिए भने एउटालाई उत्तरी प्रान्त अल जौफमा रोकिएको थियो । लाल सागरमा रहेको साउदी तेल प्रशोधन केन्द्रमा इरानी ड्रोनले प्रहार गरेको र कुवेतका दुई थप ठाउँमा आगलागी भएको एक दिनपछि आक्रमण अझ तीव्र पारिएको हो ।

इरानले आफ्नो दक्षिण पार्स ग्यास क्षेत्रमा इजरायली हवाई आक्रमणको बदला लिँदै कतारको विशाल प्राकृतिक ग्यास हवमा आक्रमण गरेको बताइएको छ । फेब्रुअरी २८ देखि साउदी अरेबियालाई लक्षित गरी गरिएको ड्रोन आक्रमणको कुल संख्या कम्तीमा ५०३ पुगेको छ । ड्रोनबाहेक साउदी वायु रक्षाले सोही अवधिमा ४२ ब्यालिस्टिक क्षेप्यास्त्र र सात क्रूज क्षेप्यास्त्रहरूलाई रोकेको बताएको छ ।

इरानले आफ्नो ‘साउथ पार्स’ ग्यास क्षेत्रमा इजरायलले गरेको आक्रमणको बदलामा दबाब बढाउन छिमेकी खाडी राष्ट्रहरूका कैयौँ ऊर्जा संयन्त्रमा आक्रमण गरेपछि युद्धमा सम्पूर्ण क्षेत्र नै तानिने जोखिम बढेको छ । अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि सुरु भएको यो युद्धमा बिहीबार इरानले कतारको ‘रास लाफान’को तरल प्राकृतिक ग्यास संयन्त्रसँगै संयुक्त अरब इमिरेट्स र साउदी अरेबियाका ऊर्जा पूर्वाधारमा पनि आक्रमण ग¥यो ।

यसले विश्वव्यापी ऊर्जा आपूर्तिमा थप चिन्ता बढाएको छ । इजरायलले पछिल्लो समय इरानका गुप्तचर मन्त्री इस्माइल खातिबको हत्या र बुधबार ‘साउथ पार्स’ एलएनजी संयन्त्रमाथि आक्रमण गरेपछि इरानले आफ्ना खाडी छिमेकीहरूमाथि आक्रोश व्यक्त गरेको छ । उसो त इरानले द्वन्द्व सुरु भएदेखि नै बारम्बार खाडी देशलाई निसाना बनाइरहेको छ ।

तर, अघिल्ला आक्रमण मुख्यतः ती देशमा रहेका अमेरिकी सैनिक आधार तथा अमेरिकी सुविधामाथि केन्द्रित थिए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल पोस्ट गर्दै इरानले कतारलाई लक्षित गर्न जारी राखेमा ‘सम्पूर्ण साउथ पार्सलाई नष्ट गरिदिने’ धम्की दिएर तनावमाथि घिउ थप्ने काम गरे ।

म अहिले त्यो स्तरको हिंसा र विनाशलाई स्वीकृत दिन चाहन्न किनभने यसले इरानको भविष्यमै दीर्घकालीन प्रभाव पार्नेछ । तर, यदि कतारका ग्यास खानीमा फेरि आक्रमण भयो भने म त्यस्तो आक्रमण गर्न हिचकिचाउनेछैन,’ ट्रम्पले भने । यसबिच साउदी अरबले पनि ‘आवश्यक परेमा सैन्य कारबाहीमा उत्रने’ चेतावनी दिएसँगै खाडी राष्ट्रसमेत युद्धमा तानिने जोखिम बढेको छ ।

यसैबिच, ट्रम्पले साउथ पार्समा इजरायलको आक्रमणप्रति आफ्नो देशको संलग्नतामा दूरी देखाउने प्रयास गरे । आफ्नो सबैभन्दा बलियो मध्यपूर्वी सहयोगी इजरायलले गरेको आक्रमणलाई ‘हिंसक प्रहार’ भन्दै तेहरानले कतारमाथि आक्रमण रोके आक्रमण नदोहोरिने वाचा गरे ।

बिहीबार एक सामाजिक सञ्जाल पोस्टमा इरानी विदेशमन्त्री अब्बास अराघचीले साउथ पार्समाथिको आक्रमणपछि टिप्पणी गर्दै ‘इजरायलले अब अन्य पूर्वाधारमा आक्रमण गरे इरानले ‘शून्य संयम’ अपनाउने’ चेतावनी दिए । ‘हाम्रो पूर्वाधारमा इजरायलको आक्रमणको प्रतिक्रियामा हामीले अहिले हाम्रो शक्तिको सानो अंश प्रयोग गरेका छौँ,’ अराघचीले एक्समा लेखे ।

इरानी विदेशमन्त्रीले यसअघि टर्की, इजिप्ट र पाकिस्तानका आफ्ना समकक्षीसँग फोनवार्ता गरेका थिए । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानका महत्त्वपूर्ण ऊर्जा संयन्त्रहरूमा पुनः आक्रमण नगर्ने घोषणा गरेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका ऊर्जा संरचनामाथि आक्रमण नगर्न गरेको आग्रहलाई इजरायलले पूर्ण रूपमा पालना गर्ने नेतान्याहुले बताएका हुन्।

नेतान्याहुले इरानको ‘दक्षिण पार्स’ ग्यास क्षेत्रमा रहेको प्रशोधन केन्द्रमा आक्रमण गर्दा इजरायलले अमेरिकी सहयोगबिना नै एकल कारबाही गरेको पुष्टि गरे। दक्षिण पार्स विश्वकै सबैभन्दा ठूलो प्राकृतिक ग्यास भण्डारमध्ये एक मानिन्छ। पत्रकार सम्मेलनमा बोल्दै नेतान्याहुले भने, “राष्ट्रपति ट्रम्पले हामीलाई आगामी आक्रमणहरू रोक्न भन्नुभएको छ, र हामी त्यही गरिरहेका छौँ।”

यो आक्रमणलाई युद्धको एउटा ठूलो क्षतिका रूपमा हेरिएको छ। यसअघि इजरायलले इरानका केही इन्धन भण्डारण केन्द्रहरूमा आक्रमण गरे पनि तेल र ग्यास उत्पादन गर्ने मुख्य संरचनाहरूमा भने प्रहार गरेको थिएन। इजरायली कदमको प्रतिक्रियास्वरूप इरानले पर्सियन खाडी क्षेत्रका छिमेकी देशहरूका प्रमुख ऊर्जा संरचनामाथि आक्रमण गरेको छ।

कतारले आफ्नो मुख्य ऊर्जा केन्द्र ‘रस लाफान’ मा व्यापक क्षति पुगेको जनाएको छ।यस घटनापछि ऊर्जाको मूल्य तीव्र रूपमा बढेको छ। विश्लेषकहरूले रस लाफानमा भएको क्षतिले विश्वव्यापी रूपमा ग्यासको अभाव निम्त्याउन सक्ने चेतावनी दिएका छन्। राष्ट्रिय पेट्रोलियम परिषद्का विश्लेषक केभिन बुकका अनुसार, ग्यासको मूल्य आगामी केही हप्तासम्म उच्च रहन सक्छ।

यसैबीच, अन्तर्राष्ट्रिय तेल मापदण्ड ‘ब्रेन्ट क्रुड’ को मूल्य प्रति ब्यारेल ११५ डलरसम्म पुगेको छ। इजरायली आक्रमण र त्यसपछि इरानले गरेको प्रतिआक्रमणका कारण तेलको मूल्य बढेको हो, जसको प्रत्यक्ष असर अमेरिकामा पेट्रोलको मूल्यमा समेत परेको छ। भविष्यको जोखिमः यदि द्वन्द्व समाधान भयो भने बजारमा देखिएको जोखिमको प्रभाव कम भई मूल्य घट्न सक्ने सम्भावना छ।

तर, मूल्य पहिलेकै स्तरमा छिट्टै फर्किने सम्भावना भने कम देखिन्छ। विश्लेषकहरूका अनुसार, यदि इरानले ‘रेड सी’ (लाल सागर) मा तेल ढुवानीलाई लक्षित गर्न थाल्यो भने जोखिम अझ बढ्नेछ। हाल ‘होर्मुज’ जलमार्ग प्रायः अवरुद्ध भएकाले साउदी अरेबियाको ठूलो परिमाणको तेल रेड सी तर्फ मोडिएको छ।

फेब्रुअरी २८ मा संयुक्त राज्य अमेरिका र इजरायलले पहिलोपटक इरानमाथि आक्रमण गरेको केही समयपछि युद्धले तेलको मूल्य प्रतिब्यारेल १०० डलरभन्दा माथि पु¥याउन सक्ने विश्लेषकले चेतावनी दिए । अब, युद्ध सुरु भइसकेकाले तीन साताभन्दा कम समयमा बजार पर्यवेक्षकले तेलको मूल्य प्रतिब्यारेल १५० देखि २०० डलर नाघ्ने सम्भावनालाई गम्भीरतापूर्वक विचार गरिरहेका छन् ।

मार्च ९ मा विश्वव्यापी बेन्चमार्क– ‘ब्रेन्ट क्रुड’को मूल्य लगभग प्रतिब्यारेल १२० डलर पुगेको थियो र मार्च १३ देखि १०० को सीमाभन्दा तल झरेको छैन । मार्च १८ मा इरानको साउथ पार्स ग्यास फिल्डमा इजरायली आक्रमण तथा कतार, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्समा रहेका तेल र ग्यास सुविधामा इरानी हमलाले बुधबार कच्चा तेलको मूल्य प्रतिब्यारेल १०८ डलरभन्दा बढी पु¥यायो ।

शान्तिकालमा विश्वव्यापी तेल आपूर्तिको लगभग पाँच भागको एक भागका लागि हर्मुजको जलमार्ग आगामी सातासम्म प्रभावकारी रूपमा बन्द रहेमा मूल्य धेरै माथि जान सक्ने कुरामा विश्लेषक व्यापक रूपमा सहमत छन् । बहसको एक मात्र वास्तविक बिन्दु कति डलरले वृद्धि हुन्छ भन्ने हो ।

‘ओमान र दुबईजस्ता मध्यपूर्वी बेन्चमार्कले पहिले नै तेलको मूल्य १५० डलरको सीमा पार गर्न सक्ने जनाएका छन् । तसर्थ, प्रतिब्यारेल २०० डलर पहिले नै दृश्यमा छ, तेल बजार विश्लेषण प्रदायक ‘भान्डा इनसाइट्स’की संस्थापक वन्दना हरिले अलजजिरालाई भनिन् ।‘यहाँबाट कच्चा तेल कति माथि जान्छ भन्ने कुरा लगभग पूर्ण रूपमा हर्मुज जलमार्ग कति समय बन्द रहन्छ भन्नेमा निर्भर गर्छ,’ बन्दनाले भनिन् ।

इरानले द्वन्द्वको सुरुमा जलमार्ग बन्द भएको घोषणा गरेपछि र उक्त मार्ग भएर पारवहनको प्रयास गर्ने कुनै पनि जहाजलाई प्रहार गर्ने धम्की दिएपछि त्यहाँ यातायात लगभग बन्द भयो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज जलमार्ग पुनः खोल्न नौसेनाका पनडुब्बीका लागि अन्तर्राष्ट्रिय समर्थन खोजिरहेका छन् भने केही देश सुरक्षित मार्गका लागि इरानसँग सम्झौता गर्न हतार गरिरहेका छन् ।

हालका दिनमा मुठीभर जहाजहरू, प्रायः भारतीय, पाकिस्तानी, टर्की र चिनियाँ झन्डा भएका जहाजलाई मात्र पार गर्न अनुमति दिइएको छ । देशहरूले अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीसँगको समन्वयमा आपत्कालीन भण्डारबाट ४० करोड ब्यारेल तेल निकाल्ने प्रतिबद्धता जनाए पनि जलमार्गबाट ढुवानीमा अवरोध भएमा पूर्ण रूपमा क्षतिपूर्ति पाउँदैनन् ।

विश्वव्यापी बजारले दैनिक लगभग एक करोड ब्यारेलको अभावको सामना गरिरहेको (भण्डारलाई ध्यानमा राख्दा पनि) सिंगापुरस्थित ओसिबिसी ग्रुप रिसर्चले अनुमान गरेको छ । कच्चा तेलको मूल्य चाँडै प्रतिब्यारेल १५० देखि २०० डलर पुग्न ‘वुड म्याकेन्जी’ विश्लेषकले गत साता भनेका थिए ।

इरानले पनि प्रतिब्यारेल २०० डलर पुग्ने सम्भावना दर्साएको छ । गत साता मात्र एक सैन्य प्रवक्ताले विश्वले यस्तो वृद्धिका लागि तयार हुनुपर्ने चेतावनी दिएका थिए । इतिहासमा ब्रेन्ट क्रुडको उच्चतम मूल्य २००८ को विश्व आर्थिक संकटताका १४७ डलर ५० सेन्टमा पुगेको थियो ।

Advertisement

महँगीसँग समायोजन गर्दा आज त्यो मूल्य झन्डै २२४ डलर हुन्छ । त्यसैले अहिलेको परिस्थिति झन भयावह बन्न सक्ने संकेत देखिएको छ । अक्सफोर्ड विश्वविद्यालयका ऊर्जा विशेषज्ञ आदी इम्सिरोभिकका अनुसार प्रतिब्यारेल २०० डलर तेल मूल्य विश्व अर्थतन्त्रका लागि ठुलो ब्रेक सावित हुने विश्लेषण गरिएको छ ।

Advertisement

भर्खरको समाचार

सुकुम्बासीहरूको टहरो धुलो बन्यो, न्यायको ढोका उघिँर्दा ढिलो भइसक्यो

682708147_966401619313189_6197832107574502867_n

विश्वकप लिग २ः नेपालले ओमानसँग लियो बदला,८१ रनले हरायो

689481806_1441361924686850_3272500033407114037_n

सहकारीका बचतकर्ताको रकम जेठदेखि फिर्ता, ४६ अर्ब फिर्ता गर्नुपर्ने

nepali paisa

बहुप्रतिक्षित नागढुंगा सुरुङमार्ग चीनले चलाउने,साउनदेखि गाडी गुड्ने

Nagdhunga Tunnel_NPL_DSC03473

गौशाला धर्मशालामा मारवाडीको मोहियानी हक नलाग्ने उच्चको फैसला

hotel ananda pashupatinath

थलापति’ विजयः फिल्म छोडेर सिधै मुख्यमन्त्री

bijay thalapati

राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद् सम्बन्धी अध्यादेश

Nepali Congress President candidate Ram Chandra Paudel waves while casting vote in the election during the party's 13th national general convention in Kathmandu on Sunday, March 6, 2016. Photo: RSS

इरानका ७ जहाज अमेरिकाले डुबायो,विश्वको नक्साबाटै मेटाइदिने ट्रम्पको चेतावनी

Screenshot 2026-05-05 123807

शेखर गोल्छा फेरि किन पक्राउ परे ?धरौटी बुझाए लगत्तै नियन्त्रणमा

Shekhar-Golchha-Final

विद्यार्थी र कर्मचारीतन्त्रको पार्टीकरणले देशको प्रणाली नै ध्वस्त पारेःबालेन

666707698_875077882223921_4422618132601218086_n

सम्बन्धित खबरहरु

Scroll to Top