×

NEPAL TIMES UPDATES

Playing
UAE मा क्षेप्या*स्त्र र ड्रो*न ख*त*रा, नागरिकलाई गराइयो अलर्ट || Nepal Times
May 08, 2026
Playing
गौतमबुद्ध क्रिकेट रंगशाला बजेट अभावले फेरि अलपत्र|| Nepal Times
May 08, 2026
Playing
लिपुलेकबारे बालेन सरकारले अब भारतसँग वार्ता गर्ने || Nepal Times
May 08, 2026
Playing
मधेसमा फोहोरी खेल ःराज्यमन्त्री थप्ने र सरकार ढाल्ने प्रवृत्ति|| Nepal Times
May 08, 2026
Playing
Passport Index कुन देशको पासपोर्ट पावरफुल ? सिंगापुर शीर्षमा|| Nepal Times
May 08, 2026
Playing
Top 15 Afternoon News || May-08-2026 || Nepal Times
May 08, 2026
Playing
प्रधान न्यायाधीश सिफारिसपछि सर्वाेच्चमा हलचल, वरीयता मिचियो भन्दै रिट|| Nepal Times
May 08, 2026
Playing
मृ*त्युद*ण्डको सजाय पाउने गरी चिनियाँ २ मन्त्रीले के गरे ?|| Nepal Times
May 08, 2026
Playing
कम परिमाण राखेर उपभोक्तालाई तेलमा ठ गेपछि || Nepal Times
May 08, 2026
Playing
यु द्ध रोक्ने सम्झौता नजिक पुग्दा होर्मुजमा Missile र Drone बर्सिए || Nepal Times
May 08, 2026

कांग्रेसको ओरालो यात्राः देउवाको मौनता कि गगनको हतारो ?

८ चैत्र २०८२

८ चैत , काठमाण्डौ ।

वि सं २०३४ साल टुँडिखेलको आम भेलामा बीपी कोइरालाले ‘शेरे सुदूरपश्चिम’ भनेपछि डडेल्धुराका शेरबहादुर देउवाको खुबै चर्चा भएको थियो । देउवा त्यतिबेला नेविसंघका अध्यक्ष थिए। बीपीबाटै प्रशंसा पाएका र कोइराला परिवारको नजिक रहेर राजनीतिमा हुर्केका देउवाले राजनीतिमा कहिल्यै पछाडि फर्किनु परेन ।

Advertisement
Advertisement

२०४८ को चुनाव जितेर आएपछि कांग्रेसको एकल बहुमतको सरकारमा देउवा पहिलोपटक गृहमन्त्री बने। त्यसपछि ८० वर्षको उमेरमा ७ पटकका सांसद अनि ५ पटक प्रधानमन्त्री भएका देउवाको राजनीतिक जीवनमाथि लगभग पूर्णविराम लागेको छ। जबकि उनी लगातार ७ पटक संसदीय चुनाव जित्ने भाग्यमानी राजनीतिकर्मी भित्र पर्दछन् ।

भाद्र २३ र २४ को जेनजी आन्दोलनले उनलाई शक्तिशाली सभापतिबाट बिदा दियो। एनका लागि एकपटक आफैंले विभाजन गरेको नेपाली कांग्रेस प्रजातान्त्रिकको सभापति र दुई कार्यकाल सिंगो नेपाली कांग्रेसको सभापतिको इतिहास इतिहासमै सीमित रह्यो। गएको भदौ २२ सम्म देउवा वेटिङ प्राइम मिनिस्टर थिए ।

तर २४ मा आन्दोलनकारीको भिडले देउवानिवासमै आक्रमण ग¥यो । आन्दोलनकारीले देउवा र उनकी श्रीमती तत्कालीन परराष्ट्रमन्त्री आरजु राणामाथि कुटपिट गरे। घरमा आगो लगाइयो। उपचारकै क्रममा रहदा आन्दोलनको एक महिनापछि असोज २८ गते सानेपास्थित पार्टी कार्यालयबाट देउवा दम्पति सार्वजनिक भए ।

त्यसदिन केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै देउवाले आफ्नो ज्यान बचाउने सुरक्षाकर्मीसहित सुभचिन्तकहरूई धन्यवाद ज्ञापन गरे । कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्कालाई दिए । अनि सक्रिय राजनीतिबाट विश्राम लिने संकेत पनि गरे । सम्बोधनका क्रममा उनले आन्दोलनका क्रममा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूप्रति स्वास्थ्य लाभको कामना गरे।

भदौ २४ को घटना नेपालको इतिहासमै डरलाग्दो दिनको रूपमा लिपिबद्ध हुने बताए। त्यो भन्दा पनि अर्थपूर्ण चाहिं, देउवाले नेतृत्व हस्तान्तरणको लागि आफू तयार भएको र आफू स्वभाविक प्रक्रियाबाटै हट्न लागेको पनि बताए। र, ‘जिम्मेवारीबाट मुक्त भएँ, तपाईँहरू मिलेर पार्टी चलाउनू’ भनेर विदा भए। जेनजी आन्दोलनको भावनाअनुसार वा बाध्यतावश जिम्मेवारी हस्तान्तरण गर्ने देउवा कदमको चौतर्फी प्रशंसा भयो।

कांग्रेसवृत्तमा मात्रै नभएर नेपाली राजनीतिलाई नजिकबाट नियाल्नेहरूले पनि उनको प्रशंसा गरे । त्यसपछि उनी थप उपचारको लागि भन्दै सिङ्गापुर उडे । तर कांग्रेसमा भाडभैलो त्यसबेला सुरू भयो, जब देउवा दम्पत्ती सिंगापुरबाट फर्किएर घरबाटै पार्टी चलाउन थाले । अनि यता नेतृत्व हस्तान्तरणको लागि महाधिवेशन गर्नुपर्ने भन्दै तत्कालीन महामन्त्री गगन थापा–विश्वप्रकाश शर्मालगायतले माग गर्न थाले।

त्यसका लागि देशभरबाट करिब ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन मागे । नभन्दै, देउवा समूहका तर्फबाट पूर्णबहादुर खड्काले नियमित महाधिवेशनको कार्यतालिका ल्याए, तर त्यो समयमै हुन नसक्दा फेरि चुनावपछि अर्थात् वैशाखमा हुनेगरिको तालिका सार्वजनिक गरियो।

यसबीचमा गगन पक्षले विशेष महाधिवेशनको तयारी थालिसकेको थियो। तर देउवाले भने नियमित महाधिवेशनबाटै सम्मानजनक विदाइ चाहेका थिए। यसबीचमा उनी फागुनको निर्वाचनमा एमालेसँग गठबन्धन गर्नेदेखि आफू फेरि पनि निर्वाचनमा होमिने तयारीमा लागे । उनी यस्तो नेताहरूको घेराबन्दीमा थिए, जसले सम्मानजनक विदाइको अवसर समाप्त पारिदियो।

देउवाले न सम्मानजनक बहिर्गन पाए न राजनीतिक भविष्य नै उनका सामु बाँकी रह्यो। पुसको अन्तिम साता सम्पन्न विशेष महाधिवेशनपछि देउवा कहीँकतै देखिएनन् । उनी गुपचुप रहे। विशेष महाधिवेशनबाट सभापति बनेर आएका गगन थापालाई भावी प्रधानमन्त्रीको रूपमा घोषणा गरेर फागुन २१ को चुनावमा कांग्रेस होमियो ।

तर देउवा पक्षले भने यसमा आफूहरूलाई बायस्ड गरिएको भन्दै असन्तुष्टि पोखे । किनकी अन्तिम पटक चुनाव लड्न चाहेका देउवा स्वयम्लाई गगनले टिकट दिएनन्। देउवापक्षको अस्वीकार गर्ने अधिकार पनि लोकतान्त्रिक अधिकार नै हो। तर देउवापक्षलाई पनि दलीय हिसाबले निर्वाचन लड्ने अवसर दिनुपथ्र्यो।

‘आरोलो लागेको मृगलाई बाच्छाले पनि खेद्छ’ भनेझैं देउवालाई मात्र हैन, उनकी पत्नी आरजुलाई समेत चुनाव लड्नबाट बन्चित गराइयो। टिकट लिएर चुनावमा होमिएका केही नेता बाहेकदेउवा पक्षका शीर्ष नेता चुनावमा कहीकतै देखिएनन् । नभन्दै, चुनावमा कांग्रेसले शर्मनाक हार्यो।

दुई वर्ष पुरानो दल रास्वपाले झन्डै दुईतिहाईको उभार ल्याउँदा ७ दशकको इतिहास बोकेको कांग्रेसले जम्मा ३८ सिटमा आफूलाई थान्को लगायो। निर्वाचनमा होमिएका कांग्रेसका सभापतिसहित सबै पदाधिकारी चुनाव हारे। अहिले चुनावी समीक्षा हुँदैगर्दा दुई कार्यकाल सभापति र पाँचपल्ट प्रधानमन्त्री भइसकेका व्यक्तिको रहस्यपूर्ण मौनताले कांग्रेस हारेको नेताहरू बताउँछन्।

तर तिनै देउवाको अनुहार र हस्ताक्षर लिएर चुनावमा जान नसकिने कांग्रेस नेताहरुले नै अडान राखेका थिए । चुनावको मुखमा देउवा सिगांपुर नगएका हुन्थे भने परिमाण अर्कै आउनेमा उनका पक्षधरहरू दाबी गर्छन्। देउवा मात्र हैन, चुनावताका प्रभावशाली नेताहरू प्रकाशमान सिंह, कृष्ण सिटौला, पूर्णबहादुर खड्का, डा.शशांक कोइरालालगायतले आफ्ना उमेदवारलाई भोट नमागेर चुपचाप रमिते बने।

अथवा उनीहरूलाई सक्रिय बनाइएन। ‘बदलियो कांग्रेस बदल्छौं देश’ भन्ने नाराका साथ गगन नेतृत्वको कांग्रेस चुनावमा होमिएको थियो। आशातित नतिजा आउन नसक्दा गगनले पनि राजीनामा बुझाए । भलै, उनको राजीनामा अस्वीकृत गर्ने कांग्रेसले निर्णय गरिसकेको छ। तर विशेष महाधिवेशन र चुनाव सकिएको यतिका दिनसम्म पनि देउवा मौन नै छन्।

न त चुनावी परिणामलाई लिएर कांग्रेसकै बिषयमा उनले आफ्नो अभिव्यक्ति दिए। पार्टी नेतृत्वबारे पनि देउवाको धारणा बाहिरिएको छैन। देउवा निकट नेता मीन विश्वकर्माले विवादबाट अलल रहन र उपचारसहित आराम गर्न बाहिर जानुपरेको बताएका छन् । हिजो मात्रै देउवा सिङ्गापुरबाट हङकङ प्रस्थान गरेका छन्।

सिंगापुरमा नियमति उपचार सकिएपछि थप स्वस्थ्य उपचार र पारिवारिक कार्यक्रममा सहभागी हुन देउवा हङकङ गएको बताइन्छ। हङकङमा थप स्वास्थ्य उपचार सकेर देउवा नेपाल फर्कने कार्यक्रम तय भएको छ। नेता विश्वकर्माले देउवाले पद छाड्दा पनि अपमान व्यहोर्नुपरेको बताएका छन् ।

देउवाले थप अपमानित, अपहेलित भएको महसुस गरिरहेको उनको भनाई छ। ’पद त आफैँले छाड्नु भएको थियो। उहाँलाई बलजफ्ती अपमान गरियो। उहाँ आफूले सबै कुरा छोड्छु, दिन्छु, तिमीहरू गर भन्दा पनि यो हविगतमा पु¥याएपछि सबैबाट टाढा बस्न खोज्नु भएकै हो,’ उनले थपे।

विश्वकर्माले अहिले कांग्रेसमा २ सभापति रहेको बताउँदै आएका छन् । देउवा नेपाल फर्किने तयारी भइरहदा यता उनी समूहका नेताहरुले भने कांग्रेस भित्रै अर्काे कम्पन आउने निर्णय गरेका छन् । देउवा समूहले पनि केन्द्रीय समिति बैठक बोलाउने भएको छ ।

आइतबार धुम्बाराहीको एक होटलमा बसेको देउवा समूहको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको विश्वकर्माले जानकारी दिएका छन् । उनका अनुसार बैठक बोलाउने जिम्मेवारी तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई दिइएको छ ।

Advertisement
Advertisement

उनले भनेका छन्, हाम्रो केन्द्रीय कार्यसम्पादन समितिको बैठकले केन्द्रीय समित बैठक बोलाउने र चुनावी समीक्षा गर्ने निर्णय गरेको छ । विशेष महाधिवेशनबाट गगन थापा सभापतिमा निर्वाचिन भएका थिए । सो महाधिवेशनलाई अस्वीकार गर्दै तत्कालीन संस्थापन समूह सर्वोच्च अदालत गएको छ ।

भर्खरको समाचार

भुक्तानी विवादले रोकियो राष्ट्रिय सपना गौतमबुद्ध रंगशालाको काम

GautamBuddhacricketstadium_20211223141704 (1)

लिपुलेकबारे बालेन सरकारले अब भारतसँग वार्ता गर्ने

MixCollage-08-May-2026-03-47-PM-2837

नेपालको पासपोर्ट विश्वका सबैभन्दा कमजोर देशहरूको सूचीमा

Passports-1024x672

हर्कको राजनीतिःआफ्नै दलको उपसभामुखविरुद्ध खेद जनाए

Screenshot 2026-05-08 152545

युएईमा क्षेप्यास्त्र र ड्रोन खतरा, नागरिकलाई गराइयो अलर्ट

UAE-FLAG-ILOE-scheme-1

संघीयताको जननी मधेशमै संघीयता धरापमा, जनमतको फोहोरी खेल

ck-raut_nwdI37ZBNo

चीनका दुई पूर्वरक्षामन्त्रीलाई सुनाइयो मृत्युदण्ड

Screenshot 2026-05-08 144358

सूर्यमुखी तेल उत्पादक कम्पनीका सञ्चालक पक्राउ

Screenshot 2026-05-08 143549

स्ट्रेट अफ होर्मुजमा अमेरिका र इरानबीच भिषण भिडन्त

HORMUZ

प्रधानन्यायाधीश सिफारिसमा प्रश्न उठाउनेलाई बालेनले दिए जवाफ

manoj_sharma-750x375@2x

सम्बन्धित खबरहरु

Scroll to Top