×

NEPAL TIMES UPDATES

Playing
रविले जे बोले पनि हाइलाइट,सबै दलको मुक्तकण्ठले गरे प्रशंसा|| Nepal Times
May 10, 2026
Playing
किमको जीवनसँग जोडियो परमाणु हमला, हत्या भए सिधै आक्रमण|| Nepal Times
May 10, 2026
Playing
बालेन सरकारले कस्तो ल्याउँदैछ बजेट ? अर्थमन्त्रीले दिए यस्तो आश्वासन || Nepal Times
May 10, 2026
Playing
प्रचण्ड आत्तिए ,नेपालमा कम्युनिस्ट नै सखाप हुने डर|| Nepal Times
May 10, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-27-2083 || Nepal Times
May 10, 2026
Playing
बिक्रम पाण्डेसहित २२ जनाविरुद्ध मुद्दा दायर, बयानमा के छ ?|| Nepal Times
May 10, 2026
Playing
लोकतन्त्र धारणा सूचकांकमा खस्कियो अमेरिका, उक्लियो चीन|| Nepal Times
May 10, 2026
Playing
सगरमाथा आधार शिविरमा अनाधिकृत गतिविधि|| Nepal Times
May 10, 2026
Playing
जोगबनी नाका पार गर्न किन अनिवार्य भयो परिचयपत्र ?|| Nepal Times
May 10, 2026
Playing
कतार नजिक मालवाहक जहाजमा प्रोजेक्टाइल हम*ला, उर्जा संकट थप बढ्ने || Nepal Times
May 10, 2026

छारे रोगविरुद्ध न्यूरोको बृहत् जनचेतना र्‍याली : ’अन्धविश्वास त्यागौँ, सही उपचार रोजौँ’

१२ चैत्र २०८२

१२ चैत, विराटनगर । विश्वभर मार्च २६ का दिन मनाइने ’पर्पल डे’ (विश्व छारे रोग सचेतना दिवस) को अवसर पारेर विराटनगरस्थित न्युरो कार्डियो एण्ड मल्टिस्पेशियलिटी हस्पिटलले जनचेतनामूलक र्‍यालीको आयोजना गरेको छ।

नेपालमा छारे रोगका बारेमा व्याप्त सामाजिक अन्धविश्वास र भ्रमहरूलाई चिर्नु नै यस र्‍यालीको मुख्य उद्देश्य रहेको अस्पतालले जनाएको छ । र्‍यालीमा अस्पतालका अध्यक्ष एवं वरिष्ठ न्युरोलोजिस्ट डा. वीरेन्द्र कुमार विष्ट, अपरेसनल डाइरेक्टर राजेश भट्टराई वरिष्ठ न्युरोलोजिस्ट डा. सुनन्द पौडेल लगायत डाक्टरहरू, अस्पतालका कर्मचारीहरू र न्यूरो हेल्थ कलेजका विद्यार्थीहरू गरी ३०० भन्दा बढीको सहभागिता रहेको थियो ।

Advertisement
Advertisement

सहभागीहरूले बैजनी रंगको टी–सर्ट लगाएका थिए भने हातमा छारे रोग सम्बन्धि सचेतनामूलक नाराहरू लेखिएका प्लेकार्ड र ब्यानर बोकेका थिए । अस्पतालको प्राङ्गणबाट सुरु भएको उक्त र्‍याली हस्पिटल चोक, जिल्ला प्रशासन कार्यालय, गोल्छा चोक, र महेन्द्र चोक हुँदै नगरको विभिन्न भागको परिक्रमा गरी पुनः अस्पतालमै पुगेर समापन भएको थियो ।

र्‍यालीको समापनमा बोल्दै वरिष्ठ न्युरोलोजिस्ट डा. सुनन्द पौडेलले छारे रोगको बारेमा समाजमा अझै पनि धेरै भ्रमहरू रहेको बताए । उनले भने, “छारे रोग देवी–देउता रिसाएर वा कुनै जंगली लागेर हुने समस्या होइन । यो मस्तिष्कमा हुने केही रासायनिक परिवर्तन र असन्तुलनका कारण हुने एक प्रकारको समस्या हो ।“

डा. पौडेलले थप स्पष्ट पार्दै भने, “धेरै मानिसहरू अझै पनि मन्दिरमा बलि चढाएर वा झारफुक गरेर छारे रोग निको हुन्छ भन्ने अन्धविश्वासमा छन्, तर त्यसले रोग निको हुँदैन । छारे रोग पूर्ण रूपमा निको हुने रोग हो । यसका लागि नियमित स्वास्थ्य परीक्षण र न्युरो विशेषज्ञको सल्लाह बमोजिम औषधिको सेवन अनिवार्य छ ।“

नेपालमा छारे रोगका बिरामीहरूले अझै पनि सामाजिक भेदभाव र घृणाको सामना गर्नुपर्ने अवस्थालाई अन्त्य गर्न यस्ता र्‍याली र जनचेतनामूलक कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास अस्पताल प्रशासनले लिएको छ ।

विगत २५ वर्षदेखि न्युरो सेवामा छुट्टै पहिचान बनाएको यस हस्पिटलले आजैदेखि छारे रोगका बिरामीहरूका लागि विशेष सहुलियत सहितको स्वास्थ्य सप्ताह पनि सुरु गरेको जनाएको छ ।

छारे रोग मष्तिष्कको एक विशेष अवस्था हो, जसमा मष्तिष्कको कोषहरूमा हुने विद्युतीय प्रवाह वा रासायनिक प्रणालीमा अचानक गडबडी उत्पन्न हुँदा बिरामीमा काँप्ने, बेहोस हुने वा शरीरका अंगहरू अनियन्त्रित हुने जस्ता लक्षणहरू देखिन्छन्।

Advertisement
Advertisement

भर्खरको समाचार

भुक्तानी विवादले रोकियो राष्ट्रिय सपना गौतमबुद्ध रंगशालाको काम

GautamBuddhacricketstadium_20211223141704 (1)

लिपुलेकबारे बालेन सरकारले अब भारतसँग वार्ता गर्ने

MixCollage-08-May-2026-03-47-PM-2837

नेपालको पासपोर्ट विश्वका सबैभन्दा कमजोर देशहरूको सूचीमा

Passports-1024x672

हर्कको राजनीतिःआफ्नै दलको उपसभामुखविरुद्ध खेद जनाए

Screenshot 2026-05-08 152545

युएईमा क्षेप्यास्त्र र ड्रोन खतरा, नागरिकलाई गराइयो अलर्ट

UAE-FLAG-ILOE-scheme-1

संघीयताको जननी मधेशमै संघीयता धरापमा, जनमतको फोहोरी खेल

ck-raut_nwdI37ZBNo

चीनका दुई पूर्वरक्षामन्त्रीलाई सुनाइयो मृत्युदण्ड

Screenshot 2026-05-08 144358

सूर्यमुखी तेल उत्पादक कम्पनीका सञ्चालक पक्राउ

Screenshot 2026-05-08 143549

स्ट्रेट अफ होर्मुजमा अमेरिका र इरानबीच भिषण भिडन्त

HORMUZ

प्रधानन्यायाधीश सिफारिसमा प्रश्न उठाउनेलाई बालेनले दिए जवाफ

manoj_sharma-750x375@2x

सम्बन्धित खबरहरु

Scroll to Top