×

NEPAL TIMES UPDATES

Playing
रास्वपाले उपसभामुख कसलाई देला ? यस्तो छ संभावना,कांग्रेस, एमालेको च्याप्टर क्लोज|| Nepal Times
Apr 03, 2026
Playing
Iran यु द्धमा Americaको दिनको खर्च कति ? Trumpले निकाले महान्याधिवक्ता || NepalTimes
Apr 03, 2026
Playing
बादलले एमाले भित्र आगो लगाए,आजै वार कि पार, महेश बस्नेत खुशी|| Nepal Times
Apr 03, 2026
Playing
हिजोका रवि र आजका रवि || NepalTimes
Apr 03, 2026
Playing
इरान यु द्धले इन्धनको हाहाकार, विश्वभर असर, अमेरिकी थला परे|| Nepal Times
Apr 03, 2026
Playing
राजस्व चुहावट रोक्न के गर्दैछ सरकार ? स्वर्णिम–सुदनले के छलफल गरे ? || Nepal Times
Apr 02, 2026
Playing
लेखकको चिन्ता एमालेलाई, कांग्रेस मौन || Nepal Times
Apr 02, 2026
Playing
प्रधानमन्त्री बालेन र प्रतिपक्षी हर्कबीच पुनर्मिलन, ’अब ढोका खुल्यो’ || Nepal Times
Apr 02, 2026
Playing
अस्पतालको बेडमै ओलीसँग बयान, १० दिन माग्दा अदालतले २ दिन दियो || Nepal Times
Apr 02, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-19-2082 || Nepal Times
Apr 02, 2026

इन्धनको भाउले नेपालीको ढाड सेक्यो, पेट्रोल लिटरकै २ सय माथि

२० चैत्र २०८२

२० चैत , काठमाण्डौ ।

मध्यपूर्वमा एक महिनाभन्दा बढी समयदेखि जारी तनावको असर नेपालीहरुको भान्सा सम्म आइपुगेको छ । नेपाल आयल निगमले एकैपटक पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १५ रुपैयाँका दरले मूल्यवृद्धि गरेको छ । जसले सर्वसाधारणको दैनिक जीवनमा थप दबाब सिर्जना गरेको छ ।

Advertisement

इन्धनमा गरिएको मूल्यबृद्धिले जनतामा प्रत्यक्ष आर्थिक भार बढाएको छ भने यसको महँगी बढ्ने चिन्ता बढेको छ। चैत २० गते बिहानैदेखि लागु हुनेगरी आयल निगमले मूल्यवृद्धि गरेको जनाएको छ ।नयाँ वृद्धि गरिएको मूल्य अनुसार अब तेस्रो वर्ग अर्थात काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर २०२ रुपैयाँ पुगेको छ ।

यसअघि १८७ रुपैयाँ थियो । यी तीन ठाउँमा यसअघि डिजेल र मट्टितेलको मूल्य १६७ रुपैयाँ लिटर रहेकामा अब १८२ रुपैयाँ पुगेको छ । यस्तै पहिलो वर्गअन्तर्गत रहेका चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा यसअघि पेट्रोलको मूल्य प्रतिलिटर १८४ रहेकामा अब १९९ रुपैयाँ ५० पैसा पुगेको छ, भने डिजेल÷मट्टितेलको मूल्य यसअघि प्रतिलिटर १६४ रुपैयाँ ५० पैसा रहेकामा अब बढेर १७९ रुपैयाँ ५० पैसा कामय भएको छ ।

यस्तै दोस्रो वर्गमा रहेका सुर्खेत र दाङमा यसअघि पेट्रोलको मूल्य प्रतिलिटर १८६ रुपैयाँ रहेकामा अहिले बढेर २०१ रुपैयाँ पुगेको छ । यस्तै त्यहाँ डिजेल÷मट्टितेलको मूल्य पहिले प्रतिलिटर १६६ रुपैयाँ रहेकामा अब बढेर १८१ रुपैयाँ पुगेको छ । आयल निगमले यो मूल्य समायोजनपछि पनि १५ दिनमा ११ अर्ब ७१ करोड निगमलाई घाटा हुने जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढ्दै गएको र भारतीय आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्यका कारण मूल्य समायोजन गर्नुपरेको निगमले जनाएको छ। पछिल्लो समय मध्यपूर्वमा जारी द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजार प्रभावित भएको निगमले जनाएको छ। निगमले उपभोक्तालाई पेट्रोलियम पदार्थको प्रयोगमा मितव्ययिता अपनाउन आग्रह गर्दै असहज परिस्थितिमा सहयोग गर्न आह्वान पनि गरेको छ।

मध्यपूर्वको तनावको असर अन्य देशहरुमा समेत देखिएको छ । विश्व बजारमा कच्चा तेलको भाउ बिहीबार बढेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अझ केही हप्ता जारी राख्ने घोषणा गरेपछि अन्तर्राष्ट्रिय तेल बजारमा तीव्र प्रतिक्रिया देखिएको छ । उनको सम्बोधन लगत्तै कच्चा तेलको मूल्य उल्लेखनीय रूपमा बढेको हो ।

कच्चा तेलको अन्तर्राष्ट्रिय बेन्चमार्क ब्रेन्ट क्रुडको भाउ ६ प्रतिशत भन्दा धेरैले बढेको छ । यो समाचार तयार पार्दाखेरि नेपाली समयअनुसार बिहान १०ः ४० बजे ब्रेन्ट क्रुडको भाउ प्रतिब्यारेल ७ प्रतिशतले बढेर १०७ डलर १९ सेन्टमा पुगेको छ । सोही समयमा अमेरिकी बेन्चमार्क वेस्ट टेक्सस इन्टरमिडियट (डब्ल्यूटीआई) पनि ६ दशमलव १० प्रतिशतले बढेर ब्यारेलकै १०५ डलर शून्य ४ सेन्टमा किनबेच भइरहेको थियो ।

फेब्रुअरी २८ मा इरान युद्ध शुरु भएयता इरानले स्ट्रेट अफ हर्मुज ठप्प प्रायः बनाएको छ । यसका कारण विश्वभर ऊर्जा सङ्कट उत्पन्न भएको छ भने तेल र ग्यासको भाउ पनि बढेका छन् । तर बुधबार आफ्नो सम्बोधनमा ट्रम्पले इरानले अमेरिकी माग स्वीकार नगरे विद्युत् उत्पादन केन्द्रहरूमा बम आक्रमण गर्ने चेतावनी समेत दिएका थिए ।

उनको यस्तो कडा अभिव्यक्तिले ऊर्जा बजारलाई थप अस्थिर बनाएको विश्लेषकहरूको भनाइ छ । आफ्नो भाषणमा ट्रम्पले अमेरिका उक्त स्ट्रेटमाथि निर्भर नरहेको दाबी दोहो¥याएका छन् । अमेरिका त्यस मार्गबिना पनि अघि बढ्न सक्ने र त्यसको सुरक्षाको सो मार्ग भएर जुन जुन देशले तेल ल्याउने हो त्यही देशहरूले लिनुपर्ने सङ्केत पनि ट्रम्पले गरेका छन् ।

उता अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य तीव्र रूपमा बढेपछि भुटान सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । भूपरिवेष्टित देश भुटानले आफ्नो सम्पूर्ण इन्धन भारतमार्फत आयात गर्छ । आपूर्ति अवरोध र मूल्यवृद्धिको प्रभाव राजधानी थिम्पूमा स्पष्ट देखिएको छ, जहाँ पेट्रोल पम्पहरूमा लामो लाइन लागेको दृश्य देखिएको छ ।

मध्यपूर्वमा फेब्रुअरी २८ देखि युद्ध सुरु भएयता पेट्रोलको मूल्य ६० प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । फेब्रुअरीमा करिब ६५ देखि ९५ न्गुल्ट्रुम प्रतिलिटर रहेको मूल्य अप्रिल १ सम्म आइपुग्दा सरकारद्वारा अनुदानित दरमा समेत उल्लेखनीय रूपमा बढेको छ ।

उता द्वन्द्वका कारण इन्धन आपूर्ति प्रभावित हुँदा युरोपमा पनि जेट इन्धन र डिजेल अभाव देखिन सक्ने चेतावनी दिइएको छ । अन्तर्राष्ट्रिय ऊर्जा निकाय (आईईए) का प्रमुख डा.फातिह बिरोलले एसियामा सुरु भएको इन्धन अभाव अब युरोपतर्फ सर्ने सङ्केत दिएका हुन् । यो समस्या यसै महिना वा मे महिनाको सुरुवातसम्म युरोपमा देखिन सक्ने उनले बताएका छन् ।

बिरोलका अनुसार हालको सबैभन्दा ठुलो चुनौती जेट इन्धन र डिजेलको अभाव हो, जुन एसियामा पहिले नै देखिन थालेको छ । ‘मार्च महिनासम्म पश्चिम एसियाबाट युद्धअघि पठाइएका तेल र ग्यासका कार्गोहरू विश्वभरका बन्दरगाहमा आइरहेका थिए, तर अप्रिलमा त्यस्तो आपूर्ति नदेखिने अवस्था छ,’ उनले भनेका छन् ।

यो चेतावनी जर्मनीका अर्थमन्त्री तथा केही तेल कम्पनीका प्रमुखहरूले अघिल्लो हप्ता व्यक्त गरेको चिन्तासँग मेल खान्छ, जसमा इरानसँगको द्वन्द्व अन्त्य नभए युरोपमा ऊर्जा सङ्कट देखिने उल्लेख गरिएको थियो । अन्तर्राष्ट्रिय वायु परिवहन सङ्घको तथ्यांकअनुसार जेट इन्धनको मूल्य फेब्रुअरीको तुलनामा अहिले दोब्बरभन्दा बढी भइसकेको छ ।

यसको असर स्वरूप एयरलाइन्सहरूले भाडा वृद्धि, अतिरिक्त शुल्क लगाउने तथा केही उडानहरू कटौती गर्ने कदम चाल्न थालेका छन् । इरानसँगको युद्धका कारण विश्वभर इन्धनको मूल्य बढ्दै जाँदा अमेरिकामा पेट्रोलको औसत मूल्य प्रतिग्यालन ४ डलर नाघेको छ, जुन सन् २०२२ यताकै उच्च हो।

‘मोटर क्लब’का अनुसार अहिले साधारण पेट्रोलको औसत मूल्य ४.०२ डलर पुगेको छ, जुन युद्ध सुरु हुनुअघि भन्दा एक डलरभन्दा बढी वृद्धि हो। यसअघि सन् २०२२ मा युक्रेन युद्धपछि यस्तो उच्च मूल्य देखिएको थियो। फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानविरुद्ध संयुक्त युद्ध सुरु गरेयता कच्चा तेलको मूल्य तीव्र रूपमा बढेको छ।

मध्यपूर्वका प्रमुख उत्पादक देशहरूबाट आपूर्ति अवरुद्ध भएपछि मूल्य बढेको हो। पेट्रोलको मूल्य बढ्दा उपभोक्ता र व्यवसाय दुवै प्रभावित भएका छन्। दैनिक खर्च बढ्दै जाँदा मानिसहरूले अन्य क्षेत्रमा खर्च घटाउनुपर्ने अवस्था आउन सक्छ। ढुवानी खर्च बढ्दा खाद्यान्न, बिजुली तथा अन्य दैनिक उपभोग्य वस्तुको मूल्य पनि बढ्ने सम्भावना छ।

विश्वको करिब पाँच भागको एक भाग तेल ओसारपसार हुने महत्त्वपूर्ण समुद्री मार्ग अवरुद्ध हुँदा आपूर्ति संकट गहिरिएको छ। इरान, अमेरिका र इजरायलबि जारी युद्धले तेल र ग्यास संरचनामा क्षति भएको छ। युद्ध लम्बिएमा पेट्रोलको मूल्य अझै बढ्न सक्ने विश्लेषकहरूको भनाइ छ। साथै गर्मी मौसम सुरु भएसँगै माग बढ्ने भएकाले मूल्यमा थप दबाब पर्ने देखिन्छ।

Advertisement

भर्खरको समाचार

खाडीबाट नेपालीहरुका उद्धार गर्न तीन दिन विशेष उडान

Nepal-Airlines-wide_body

सभामुखका लागि डीपीको उम्मेदवारी दर्ता, रवि बने प्रस्तावक

pic_9IYIYqgQtI

इरानको क्षेप्यास्त्रबाट अमेरिका डरायो, सेना प्रमुख पदमुक्त

2269453122

बादलले सेना, कर्मचारी र जनमतको अपमान गरेपछि भाँडभैलो

ram bahadur thapa badal

नुवाकोटमा सिन्दुरे जात्रा उत्कर्षमा, देवीघाटमा आज भविष्यवाणी

df511725-436d-4107-b7e7-903db28171aa

अमेजनको डाटा सेन्टरमा ‘मिसाइल वर्षा’, इरानलाई ढुंगेयुगमा पुर्याउने ट्रम्पको धम्की

59dbc9b9-6c48-4a83-89fa-8e3f80b9cc87

५४ वर्षपछि चन्द्रमातर्फ दोस्रो उडानः १० दिनसम्म परिक्रमा

2269453122

आजदेखि संसद् अधिवेशन : के छ कार्यसूची ?

Samsad Hall_ parliament_Nepal Photo Library7

इन्डोनेसियामा शक्तिशाली भूकम्प,तीन देशमा सुनामीको चेतावनी

Residents inspect earthquake-damaged buildings in Mamuju, West Sulawesi, Indonesia, Friday, Jan. 15, 2021. Photo: AP

आजदेखि एसईई, ५ लाख १२ हजार विद्यार्थी सहभागी हुँदै

exam

सम्बन्धित खबरहरु

Scroll to Top