×

NEPAL TIMES UPDATES

Playing
मारवाडीले हडपेको धर्मशाला पशुपतिनाथको स्वामित्वमा आयो || Nepal Times
May 05, 2026
Playing
संवैधानिक परिषद् बैठकः अब ४ जनाले गणपूरक, ३ जनाले निर्णय| Nepal Times
May 05, 2026
Playing
Top 15 Afternoon News || May-05-2026 || Nepal Times
May 05, 2026
Playing
सिंहदरबारभित्रको समानान्तर सरकार अन्त्यः ट्रेड युनियनको साँचो खोसियो || Nepal Times
May 05, 2026
Playing
ट्रेड युनियन खारेज गर्नुको कारण बालेनले दिए, कर्मचारीले नमान्ने || Nepal Times
May 05, 2026
Playing
Iranले फेरि गर्यो हम ला, अबुधाबीमा वि स्फोट, Uaeले १५ मिसाइल रोक्यो || Nepal Times
May 05, 2026
Playing
भारतीय राज्यमा सत्तामा रहेका दल सोत्तर, दिदीको १५ वर्षे सत्ता ढल्यो|| Nepal Times
May 05, 2026
Playing
शेखर गोल्छा फेरि किन प क्राउ परे ? धरौटी बुझाए लगत्तै नियन्त्रणमा || Nepal Times
May 05, 2026
Playing
अमेरिकाले जफत गरेको इरानी जहाज पाकिस्तानलाई हस्तान्तरण|| Nepal Times
May 04, 2026
Playing
के America र Iranबीच यु द्धविराम अन्त्य भएको हो ? || Nepal Times
May 04, 2026

बहुप्रतिक्षित नागढुंगा सुरुङमार्ग चीनले चलाउने,साउनदेखि गाडी गुड्ने

२२ बैशाख २०८३

२२ वैशाख , काठमाण्डौ ।

नागढुंगाको ढुंगाले वर्षौंदेखि काठमाडौंको सास रोकेको थियो। तर अब त्यही पहाडको छाती चिरेर बनेको २.७ किलोमिटरको सुरुङले लाखौं नेपालीको दैनिकी फेर्न लागेको छ । नेपालको पूर्वाधार क्रान्तिको नयाँ अध्याय नेपालमा भएका आधुनिक विकासपूर्वाधार मध्येको एक बहुप्रतीक्षित नागढुंगा–सिस्नेखोला सुरुङमार्ग आगामी साउनको दोस्रो सातादेखि पूर्ण रूपमा व्यावसायिक सञ्चालनमा ल्याइने भएको छ ।

Advertisement
Advertisement

बहुप्रतिक्षित नागढुंगा–सिस्नेखोला सुरुङमार्ग जहाँ हिजोसम्मको घण्टौँको जाम अब केही मिनेटमै सीमित हुनेछ। चीनको प्राविधिक सहकार्य, अत्याधुनिक प्रविधि र नेपालकै भौतिक प्रगतिको प्रतीक बनेको यो सुरुङमार्ग साउनदेखि पूर्ण रूपमा सञ्चालनमा आउने आयोजना प्रमुख सौजन्य नेपालले जानकारी दिएका छन् ।

उनका अनुसार सुरुङमार्गको जेठ अन्तिममा परीक्षण ट्रायल सम्पन्न गरी साउनदेखि नियमित सञ्चालन सुरु गरिनेछ । प्रतिनिधिसभाअन्तर्गत पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेल नेतृत्वको टोलीले सोमबार गरेको स्थलगत अनुगमनका क्रममा आयोजना प्रमुख नेपालले सुरुङमार्ग सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएका हुन् ।

अहिले आयोजनाको भौतिक प्रगति करिब ९९ प्रतिशत पूरा भएको छ । केही बाँकी निर्माणका काम सकेर आयोजनलाई सञ्चालनको लागि हस्तान्तरण गर्ने तयारी भएको नेपालले जानकारी दिए । उनकाअनुसार सुरुङमार्ग सञ्चालन गर्न पाँच वर्षको लागि चिनियाँ कम्पनी युसिन–एआरटी जेभीलाई दिइएको छ ।

यो निर्माण सम्पन्न गर्न ४२ महिनामा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको भएपनि विभिन्न कारणले चार पटक म्याद थपिँदा थप ३६ महिना समय लागेको छ । तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारका समयमा २०१९ सेप्टेम्बर २३ बाट शुरु भएको परियोजना २०२६ अप्रिल २५ सम्म म्याद थप गरिएको थियो ।

करिव २२ अर्ब रुपैयाँ लागत अनुमान गरिएको यस आयोजनामा १६ अर्ब रुपैयाँ निर्माण कार्यमा र ६ अर्ब रुपैयाँ जग्गा अधिग्रहणमा खर्च भएको छ । नेपालका अनुसार वित्तीय प्रगति ९६ प्रतिशत पुगेको छ । सुरुङमार्ग अन्तराष्ट्रिय मापदण्डअनुसार निर्माण भएको उनले जानकारी दिएका छन् ।

सुरुङमार्गभित्र अत्याधुनिक प्रविधिहरू जडान गरिएको छ । पावर सप्लाइ, स्मार्ट लाइटिङ, सिसिटिभी निगरानी, रिमोट मोनिटरिङ तथा कन्ट्रोल सिस्टम, भेन्टिलेसन प्रणाली (सवारी चापअनुसार स्वचालित) र आधुनिक फायर फाइटिङ प्रणाली जडान गरिएको । साथै आपतकालीन अवस्थामा सूचना दिन ‘भेरिएबल म्यासेज साइन’, ट्राफिक सिग्नल तथा कन्ट्रोल रुमबाट प्रत्यक्ष निगरानी गर्ने व्यवस्था गरिएको छ ।

कुल २ दशमलव ६८८ किलोमिटर लम्बाइको यस सुरुङमार्गमा दुईवटा छुट्टाछुट्टै सुरुङ निर्माण गरिएको छ । मुख्य सुरुङमार्ग सवारीसाधन आवतजावतका लागि प्रयोग हुनेछ भने अर्को सुरुङ आपत्कालीन उद्धार तथा सुरक्षा प्रयोजनका लागि निर्माण गरिएको हो । यी दुई सुरुङलाई हरेक ३७५ मिटरमा आपसमा जोड्ने व्यवस्था गरिएको छ ।

यसले आकस्मिक अवस्थामा सुरक्षित निकासको सुविधा प्रदान गर्नेछ । मुख्य सुरुङमार्ग ११ मिटर चौडा रहेको छ, जसमा विपरीत दिशातर्फ चल्ने सवारीका लागि ३.५–३.५ मिटरका दुई लेन र बीचमा करिब १.५ मिटरको दूरी छुट्याइएको छ । आपत्कालीन सुरुङमार्गको लम्बाइ करिब २.५ किलोमिटर रहेको छ भने यसको चौडाइ र उचाइ मुख्य सुरुङभन्दा कम छ ।

यो सुरुङ आपतकालीन अवस्था मात्र प्रयोग गरिने छ । जापानको हाजमा आन्दो कर्पोरेसनले सुरुङ निर्माणको कार्य गरेको हो भने निप्पोन कोइ, जीइओ रिसर्च र नेपाली परामर्शदाता संस्थाहरूको संयुक्त रुपमा सुरुङमार्गको डिजाइन तथा सुपरभिजन गरेका थिए ।

यस्तै सुरुङमार्ग सञ्चालनको लागि १५० जनाको जनशक्ति २४सै घण्टा परिचालन गर्ने तयारी गरिएको छ । टोलीलाई ट्राफिक निगरानी तथा कन्ट्रोल, प्राविधिक मर्मत, सिभिल संरचना मर्मत, सुरक्षा तथा उद्धार (फायर फाइटिङ, एम्बुलेन्स सेवा सहित) र टोल संकलन गरी पाँचवटा युनिटमा विभाजन गरिने निर्देशक नेपालले जानकारी दिएका छन् ।

विशेष गरी सुरुङ ‘क्लोज्ड सिस्टम’ हुने भएकाले दुर्घटना वा आगलागीको अवस्थामा जोखिम बढी हुने हुँदा सुरक्षा व्यवस्थापनमा ६४ जनाको छुट्टै टोली खटाइने उनले बताए । उनकाअनुसार हाल नागढुंगा–बलम्बु खण्डमा सवारीसाधनको गति पीक आवरमा १० किमी प्रतिघण्टा पनि पुग्न सक्दैन र सानो अवरोध हुँदा घण्टौँ जाम हुने अवस्था छ ।

सुरुङमार्ग सञ्चालनमा आएपछि सिस्ने खोला (पश्चिम पोर्टल) बाट बलम्बुसम्मको यात्रा करिब ७ मिनेटमै पूरा गर्न सकिने छ । आयोजना निर्देशक नेपालका अनुशमार सुरुङमार्गमा सञ्चालनमा आएपछि बार्षिक करिब ३५ करोड रुपैयाँ राजश्व उठ्ने अनुमान छ । उनकाअनुसार हाल दैनिक करिव ८ हजार भन्दा बढी सवारी नागढुंगा नाकाबाट आवतजावत गर्ने गरेका छन् ।

यिमध्ये ६० प्रतिशत सवारी सुरुङमार्गतर्फ मोडिएमा ३५ करोड रुपैयाँ राजश्व उठ्ने उनले बताएका छन् । उक्त राजश्व सिधै सडक बोर्ड नेपालको खातामा जम्मा हुनेछ ।सुरुङमार्गमा आरएफआईडी आधारित स्वचालित टोल प्रणाली लागू गरिनेछ । सवारीसाधनमा जडान गरिएको ट्यागमार्फत टोल प्लाजामा रोकिनु नपरी स्वतः शुल्क कट्ने व्यवस्था गरिएको हो ।

सुरुङगमार्गमा सवारीसाधनको प्रकार अनुसार शुल्क निर्धारण गरिएको छ । समय, इन्धन, सञ्चालन लागत लगायतका आधारहरू शुल्क निर्धारण गरिएको छ । उनले हरेक दुई वर्षमा सुरुङमार्ग प्रवेशको शुल्क परिमार्जन गर्ने पनि जानकारी दिएका छन् । सरकारले सवारी साधनलाई चार समूहमा वर्गीकरण गर्दै शुल्क निर्धारण गरेको छ ।

पहिलो समूहमा कार, भ्यान, पिकअप, ट्याक्टर, माइक्रोबसजस्ता हलुका सवारी राखिएका छन् । यी सवारीले काठमाडौं भित्रिँदा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ । दोस्रो समूहअन्तर्गत मिनीबस तथा मिनी ट्रकरट्रिपर परेका छन् । यस्ता सवारीका लागि काठमाडौं प्रवेश गर्दा ११५ रुपैयाँ र बाहिरिँदा ८० रुपैयाँ शुल्क तोकिएको छ।

तेस्रो समूहमा सिंगल रियर एक्सल भएका बस तथा ट्रक रहेका छन् । यी सवारीले उपत्यका प्रवेश गर्दा २६० रुपैयाँ र बाहिरिँदा २०० रुपैयाँ तिर्नुपर्नेछ। चौथो समूहमा मल्टी एक्सल ट्रक तथा अन्य भारी उपकरण समावेश छन् । यस्ता सवारीका लागि काठमाडौं भित्रिँदा ६०० रुपैयाँ र बाहिरिँदा २५० रुपैयाँ शुल्क निर्धारण गरिएको छ।

सुरुङमार्ग निर्माणको प्रभावित सबैलाई मुआब्जा वितरण गरिसकिएको छ । आयोजनाले घर क्षति भएका १८ परिवारलाई पुर्ण रुपमा र ७५ घर परिवारलाई आंशिक क्षतिपूर्ति दिइएको छ । नेपालमा सुरुङमार्गको विकास क्रमशः विस्तार हुँदै आएको छ। विगतमा सिद्धबाबा सुरुङमार्ग, हेम्जा–नयाँपुल सुरुङ जस्ता आयोजनाहरू सुरु गरिएका भए पनि ती अधिकांश या त निर्माणाधीन छन् वा साना तथा सीमित क्षमताका छन्।

तर नागढुंगा–सिस्नेखोला सुरुङमार्ग भने नेपालकै सन्दर्भमा निकै फरक र विशेष मानिन्छ। यसको प्रमुख विशेषता भनेको यो देशकै पहिलो पूर्ण रूपमा सञ्चालनमा आउन लागेको आधुनिक सडक सुरुङमार्ग हो, जसले दैनिक भारी सवारी चाप व्यवस्थापन गर्नेछ। यो सुरुङमा मुख्य सवारी सुरुङसँगै छुट्टै आपतकालीन उद्धार सुरुङ निर्माण गरिएको छ, जुन नेपालमा पहिलोपटक हो।

अत्याधुनिक भेन्टिलेसन, स्मार्ट लाइटिङ, सिसिटिभी निगरानी, रिमोट कन्ट्रोल सिस्टम र फायर सेफ्टी जस्ता प्रविधिले यसलाई अन्तर्राष्ट्रिय स्तरको बनाएको छ। अर्को महत्वपूर्ण पक्ष भनेको यसको प्रत्यक्ष प्रभाव हो नागढुंगा क्षेत्रमा हुने घण्टौँको ट्राफिक जाम अब करिब ७ मिनेटमा पार गर्न सकिनेछ।

Advertisement
Advertisement

यसैले, अन्य सुरुङमार्गहरू विकासको चरणमा हुँदा नागढुंगा सुरुङमार्गलाई भने नेपालमा आधुनिक पूर्वाधार, प्रविधि र यातायात व्यवस्थापनको नयाँ युगको सुरुवात गर्ने परियोजनाका रूपमा हेरिएको छ ।

भर्खरको समाचार

सुकुम्बासीहरूको टहरो धुलो बन्यो, न्यायको ढोका उघिँर्दा ढिलो भइसक्यो

682708147_966401619313189_6197832107574502867_n

विश्वकप लिग २ः नेपालले ओमानसँग लियो बदला,८१ रनले हरायो

689481806_1441361924686850_3272500033407114037_n

सहकारीका बचतकर्ताको रकम जेठदेखि फिर्ता, ४६ अर्ब फिर्ता गर्नुपर्ने

nepali paisa

गौशाला धर्मशालामा मारवाडीको मोहियानी हक नलाग्ने उच्चको फैसला

hotel ananda pashupatinath

थलापति’ विजयः फिल्म छोडेर सिधै मुख्यमन्त्री

bijay thalapati

राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद् सम्बन्धी अध्यादेश

Nepali Congress President candidate Ram Chandra Paudel waves while casting vote in the election during the party's 13th national general convention in Kathmandu on Sunday, March 6, 2016. Photo: RSS

इरानका ७ जहाज अमेरिकाले डुबायो,विश्वको नक्साबाटै मेटाइदिने ट्रम्पको चेतावनी

Screenshot 2026-05-05 123807

शेखर गोल्छा फेरि किन पक्राउ परे ?धरौटी बुझाए लगत्तै नियन्त्रणमा

Shekhar-Golchha-Final

विद्यार्थी र कर्मचारीतन्त्रको पार्टीकरणले देशको प्रणाली नै ध्वस्त पारेःबालेन

666707698_875077882223921_4422618132601218086_n

पुटिनको ज्यान जोखिममा, सुरक्षा बढाइयो

Vladimir-Putin

सम्बन्धित खबरहरु

Scroll to Top