×

NEPAL TIMES UPDATES

Playing
मौसम विभागको पूर्वानुमान क्षमता विस्तार गर्ने विराजभक्तको प्रतिवद्धता|| Nepal Times
May 07, 2026
Playing
दोहोरो सेवासुविधामाथि सरकारको निगरानी, उच्च पदाधिकारीको सुविधा जाँच हुँदै|| Nepal Times
May 07, 2026
Playing
प्रिमियर कपका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा || Nepal Times
May 07, 2026
Playing
सुगौली सन्धिको धारा ५को रहस्य, जुन भारतले कहिल्यै भन्न चाहँदैन|| Nepal Times
May 07, 2026
Playing
आज को बन्दैछ प्रधानन्यायाधीश ?को छ चर्चामा ? || Nepal Times
May 07, 2026
Playing
ममता हारेपछि बीजेपीले चलायो बुल्डोजर, कलकत्तामा हिंसा|| Nepal Times
May 06, 2026
Playing
जताततै राजनीतिकरण, यसैले बालेनले लगाए दलीयकरणविरुद्ध ‘डोजर’ || Nepal Times
May 06, 2026
Playing
भारत–पाकिस्तानबीच थप खत*रनाक यु*द्ध हुनसक्ने अमेरिकी एक्स*पर्टको चेता*वनी|| Nepal Times
May 06, 2026
Playing
संवैधानिक परिषद्को बैठक भोलि ः प्रधानन्यायाधीशमा कसलाई सिफारिस ? || Nepal Times
May 06, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-23-2083 || Nepal Times
May 06, 2026

काठमाडौंमा वर्षा, हिमालदेखि तराईसम्म हावाहुरी, मेघगर्जनसहित वर्षा

२४ बैशाख २०८३

२४ वैशाख , काठमाण्डौ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पनि देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । आज लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ ।

Advertisement
Advertisement

यस्तै अरू प्रदेशको हिमाली र पहाडी भूभाग र तराई भूभागका थोरै ठाउँहरूमा पनि मेघ गर्जन÷चट्याङ्ग सहित मध्यम वर्षा र हिमपातको सम्भावना छ । हिजो र गए राति पनि देशका धेरै ठाउँमा पानी परेको थियो । केही दिनयता लगातार जसो पानी परिरहेको छ ।

अझै केही दिन यसै गरी बदली र वर्षा हुने महाशाखाले जनाएको छ । विहान काठमाडौंलगायतका स्थानमा वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार, पछिल्लो एक घण्टामा सिन्धुपाल्चोकको नवलपुरमा सबैभन्दा बढी ३२.६ मिलिमिटर वर्षा भएको छ ।

सिन्धुपाल्चोककै चौतारामा ७ मिलिमिटर वर्षा भएको छ । काठमाडौंको चन्द्रागिरिमा ७.८ मिलिमिटर पानी परेको छ । नैकापमा ३.४ मिलिमिटर पानी परेको विभागले जनाएको छ । हावाहुरी, मेघगर्जनसहित अरू केही स्थानमा पनि वर्षा भइरहेको विभागले जनाएको छ ।

“अहिले लुम्बिनी, वाग्मती र कोसी प्रदेशका केही जिल्लाहरूमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको पानी परिरहेको छ,” विभागले भनेको छ, “गएको एक घण्टामा सबैभन्दा बढी पानी सिन्धुपाल्चोकको नवलपुरमा ३२.६ मिलिमिटर पानी परेको छ ।” पानी पार्ने यो प्रणाली उत्तर–पूर्वतिर सर्दै गइरहेको विभागले जनाएको छ ।

“पानी पार्ने प्रणाली उत्तर–पूर्वतिर सर्दै गइरहेको छ,” विभागले भनेको छ, “सतर्कता अपनाउनुहोला । यसैगरी आज राति हिमाली भेगमा साधारणतया बादल लाग्नेछ भने देशका बाँकी स्थानमा आंशिक बादल लाग्नेछ । अनि हिमाली भूभागका थोरै स्थानहरूमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्म वर्षा÷हिमपात हुने सम्भावना छ।

साथै पहाडी भूभागलगायत कोसी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षा÷हिमपात हुने सम्भावना छ । यसैबीच ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले मनसुन नजिकिँदै गर्दा मौसमी सूचना प्रवाह र विपद् पूर्वतयारीको अवस्थाबारे जानकारी लिएका छन् ।

उनले बुधबार जल तथा मौसम विज्ञान विभाग पुगी मौसम अवस्था, विशेष तथा चौबिस घण्टा पूर्वानुमान, तीनदिने पूर्वानुमान, हवाई मौसम सेवा, विशेष मौसम विश्लेषण तथा बाढीसम्बन्धी पूर्वसूचना प्रणालीबारे विभागका प्राविधिक तथा अधिकारीहरूसँग विस्तृत छलफल गरेका थिए ।

यस्तै, चालु आर्थिक वर्षका कार्यक्रमको समीक्षा तथा आगामी आर्थिक वर्षका कार्यक्रमबारे पनि छलफल भएको मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ । त्यस अवसरमा मन्त्री श्रेष्ठले आगामी दिनमा विभागलाई थप प्रविधिमैत्री बनाउँदै हालको तीनदिने पूर्वानुमान क्षमतालाई विस्तार गरी सात दिनसम्मको पूर्वानुमान गर्न सक्ने बनाउनेतर्फ मन्त्रालयले पहल गर्ने बताए ।

उनले मनसुन सुरु हुने समय नजिकिँदै गएकाले सम्भावित विपद्बाट हुने जनधनको क्षति न्यूनीकरणका लागि सूचना प्रणालीलाई अझ व्यवस्थित, प्रभावकारी र लक्षित समुदायसम्म पुग्ने बनाउन निर्देशनसमेत दिए । मन्त्री श्रेष्ठले विभागलाई मौसमको अध्ययन केन्द्र बनाउनुपर्ने र त्यहाँबाट प्राप्त सूचना र तथ्याङ्कलाई सरकारी निकाय र अन्य सेवाप्रदायकले लाभ उठाउनुपर्ने बताए ।

Advertisement
Advertisement

उनले सीमित स्रोतसाधन र जनशक्तिका बाबजुद निरन्तर रूपमा मौसम पूर्वानुमान तथा पूर्वसूचना प्रवाहमा खटिएका प्राविधिक र कर्मचारीको कामप्रति धन्यवाद दिँदै कर्मचारीलाई प्रोत्साहनका कार्यक्रम ल्याउनेसमेत बताए । उक्त कार्यक्रममा जलस्रोत सचिव सरिता दवाडी र विभागका महानिर्देशक डा अर्चना श्रेष्ठले विभागका वर्तमान गतिविधि, मौसम पूर्वानुमान प्रणाली र बाढी पूर्वसूचनासम्बन्धी कार्यप्रगतिबारे जानकारी गराएका थिए ।

भर्खरको समाचार

आज को बन्दैछ प्रधानन्यायाधीश ?को छ चर्चामा ?

sarbochha-balen1682077285

नेपाल लाइफको २५औं वार्षिकोत्सवमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

PHOTO-2026-05-06-16-50-22_1

चीन पुगेर अराघची भने, दबाबमा परेर अमेरिकासँग सम्झौता गर्दैनौँ

AA-20251130-39852458-39852446-HAKAN_FIDAN_ABBAS_ARAGHCHI_MEETING_IN_TEHRAN

बालेनको ‘मौन शासन’, कस्तो छ मौन नेताहरुको विश्व इतिहास ?

673552990_885176981214011_4752642812789267118_n

ओलीको ’चुच्चे नक्सा’ देखि बालेनको ’नोट’सम्मः सीमा रक्षाको संघर्ष

Kalapani-Lipulekha-Limpiyadhura

साथीकै पत्नीसँग विवाहेत्तर सम्बन्ध, हल्ला भएपछि हत्या

Screenshot 2026-05-06 143916

पूर्वविशिष्टले लिए सवारीको दोहोरो सुविधा ?विवरण आजै बुझाउन गृहलाई निर्देशन

666707698_875077882223921_4422618132601218086_n

जेठदेखि सहकारीको पैसा फिर्ता,सबैभन्दा पहिला कसले पाउँछन् ?

nepali paisa

सरकारले ८० हजार टन मल किन्दै

8f3c375b-11be-4738-96c3-2d56f6d2d987

बन्द भए ट्रेड युनियनका कार्यालय, अध्यादेशपछि एक्सनमा सरकार

42412c11-68f9-4814-ade7-2710d505dd4c

सम्बन्धित खबरहरु

Scroll to Top