५ जेठ , काठमाण्डौ ।
एक्स्ट्रिम इनर्जी ड्रिंक्सले आगामी विश्वकप फुटबल प्रतियोगिता २०२६का लागि ’स्क्यान मा सुन’ नामक आकर्षक उपहार योजना सार्वजनिक गरेको छ।
फुटबलप्रेमीहरुलाई लक्षित एक्स्ट्रिम इनर्जी ड्रिंक्सको क्यानमा रहेको क्युआर कोड स्क्यान गरी आफ्नो विवरण भरेपछि ग्राहकहरू गोलाप्रथामा सहभागी हुन सक्नेछन्।

यस अभियानमार्फत सहभागीहरूमध्ये ३ जना भाग्यशाली विजेतालाई जनही सुनको बल पुरस्कार प्रदान गरिने कम्पनीले दाबी गरेको छ ।
साथै, यो योजना जेठ १ गतेदेखि विश्वकप फुटबल प्रतियोगिता २०२६ को खेल अवधिभर सञ्चालन गरिने छ।

विश्वकप फुटबल २०२६ को विश्वव्यापी उत्साहलाई नेपाली बजारसँग जोड्दै ग्राहकलाई थप उत्साहित र सहभागी बनाउने उद्देश्यले यो योजना ल्याइएको कम्पनीको जनाएको छ।
कम्पनीका अनुसार ’स्क्यान मा सुन’ अभियानले फुटबलप्रेमी युवाहरूमा मनोरञ्जन, सहभागिता र पुरस्कारको उत्साह एकैसाथ प्रदान गर्ने विश्वास लिइएको छ।



