देवानगञ्जमा गोली चल्योः घाइतेको तिघ्रामा चोट, उपचार जारी

४ असोज ८३, आइतबार
Share this
770shares

४ असोज , काठमाण्डौ ।

Advertisement

सुनसरीको देवानगञ्जमा आपसी दुश्मनीका कारण दुई युवाद्वारा एक जनामाथि गोली प्रहार ।

घटनामा घाइते भएका देवानगञ्ज–१ निवासी निरज यादवमाथि गोली प्रहार भएको आशंका ।

Advertisement

उनको तिघ्रामा चोट लागेको प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले दिए जानकारी ।

घाइते यादवको प्रारम्भिक उपचारपछि विराटनगरमा उपचार जारी ।

Advertisement

उनको चोटको प्रकृति र घटनामा गोली प्रयोग भए–नभएकोबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ ।

घटनामा संलग्न भएको आरोपमा दुई जनालाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाए ।

उनीहरूलाई नियन्त्रणमा लिएर घटनाको कारण, आक्रमणमा प्रयोग भएको भनिएको हतियार तथा घटनाको वास्तविक अवस्थाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ ।

प्रमुख जिल्ला अधिकारी अर्यालले घाइतेको तिघ्रामा चोट देखिए पनि गोली नै लागेको हो वा अन्य कारणले चोट लागेको हो भन्ने विषय अनुसन्धानपछि मात्रै स्पष्ट हुने बताएपनि जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी चन्द्र खड्काद्वारा गोली प्रहार भएको पुष्टि ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top