एमालेभित्रै समस्या सिर्जना गर्न केही व्यक्ति उद्धत भए : ओली

५ असोज ८३, सोमबार
Share this
729shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रै केही व्यक्ति र तत्वले समस्या सिर्जना गर्न खोजेको बताएका छन्। सोमबार केन्द्रीय कमिटी बैठकमा धारणा राख्दै ओलीले प्रतिकूल परिस्थितिको सामना गर्न पार्टी एकढिक्का हुनुपर्ने समयमा पार्टीभित्रै समस्या सिर्जना गर्ने प्रयास भएको बताएका हुन्।

Advertisement

उनले पार्टीभित्र बहस र छलफल गर्न सकिने भए पनि सञ्चारमाध्यममा गएर अध्यक्ष हटाउनुपर्ने वा अध्यक्ष असान्दर्भिक भएको जस्ता अभिव्यक्ति दिनु उचित नभएको बताए। ‘पार्टीमा हुनुहुन्छ भने छलफल गर्नुस्। पार्टीलाई कमजोर पारेर विपक्षीको मनोबल बढाउने र खुसी पार्ने गतिविधि हुनुहुँदैन,’ ओलीले भने।

पार्टीभित्रको अराजकता रोक्दै वैचारिक र सांगठनिक रूपमा एकताबद्ध तथा अनुशासित पार्टी निर्माण गर्नुपर्ने उनले बताए। साथै, चुनौतीको सामना गर्न सक्ने गतिशील पार्टीका रूपमा एमालेलाई अघि बढाउनुपर्नेमा उनले जोड दिए।

Advertisement

निर्वाचनको ‘नाटक मञ्चन’ गरिएको दाबी गर्दै ओलीले प्रतिकूलताका बीच पनि पार्टी एकताबद्ध भएर अघि बढ्नुपर्ने बताए।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top