काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले सिंहदरबारभित्र खाना तथा खाजाको मूल्य महँगो भएको भन्दै तत्काल सुधार गर्नुपर्ने बताएका छन्। केही दिनअघि संसद् बैठकमा ‘चिया खान जाऊँ’ भन्ने अडियो सार्वजनिक भएको सन्दर्भ उल्लेख गर्दै उनले सिंहदरबारभित्र सुन्धाराका महँगा होटलमा जस्तै मूल्य हुनु उचित नभएको बताए।
सुनारले नेपालगन्ज, दैलेख र वीरगन्जका बजारमा लाग्ने मूल्यकै हाराहारीमा सिंहदरबारभित्र पनि चिया तथा अन्य खाना–खाजा उपलब्ध हुनुपर्ने बताए।



