गगनलाई राठौर–खड्कीको, विश्वप्रकाशलाई कसले दिदैछ चुनौती ?

२० असोज ८३, मंगलबार
Share this
715shares

२० असोज , काठमाण्डौ ।

Advertisement

नेपाली कांग्रेसको १५औँ महाधिवेशन जारी छ । यसको मुख्य पाटो नयाँ नेतृत्व चयनका लागि अहिले धमाधम उमेद्वारी घोषणा गर्दै नाम दर्ता गर्ने र अगाडिका चुनावी प्रक्रियाका चरणबद्ध कामहरु भइरहेका छन् ।

यसपटक ७ हजार १ सय १४ प्रतिनिधिले पार्टीको नयाँ नेतृत्व चयन गर्ने भएका छन् । निर्वाचन समितिले राष्ट्रिय सभागृहमा कार्यालय स्थापना गरी यसको प्रक्रिया जारी राखेको छ । यसपटक कांग्रेसले केन्द्रीय कार्यसमितिको आकार १ सय ६७ बाट बढाएर २ सय ९७ सदस्यीय बनाएको छ भने पदाधिकारी संख्या १४ बाट बढाएर २६ पु¥याएको छ ।

Advertisement

नयाँ व्यवस्थाअनुसार एक वरिष्ठ उपसभापति र एक महिला उपसभापति थपिएको छ । उपसभापति संख्या चार पुगेको छ । महामन्त्रीको संख्या तीन पु¥याइएको छ भने दुई खुला सहमहामन्त्री थपिएका छन् । यससँगै सहमहामन्त्रीको संख्या ११ पुगेको छ । प्रवक्ता पद पनि थप गरिएको छ ।

यसअघि १४औँ महाधिवेशनमा कांग्रेसको केन्द्रीय कार्यसमिति १ सय ६७ सदस्यीय थियो र पदाधिकारी संख्या १४ थियो । यसपटक प्रतिनिधि संख्या र समावेशी सहभागिता बढेसँगै केन्द्रीय कार्यसमितिको आकार र पदाधिकारी संख्या पनि बढाइएको कांग्रेसले जनाएको छ ।

Advertisement

हिजोसम्म १५ औं महाधिवेशनबाट गगन थापा नै सभापतिमा सर्वसम्मत हुने नेताहरुले बताइरहेका थिए । तर उनलाई सभापतिका दावेदार किशोर सिंह राठौरले चुनौती दिने भएका छन् । उनी बर्दियाबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् ।

बर्दियामा सम्पन्न मतगणनाअनुसार राठोरले ६९१ मत प्राप्त गर्दै महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन् । सभापतिका दावेदार राठोर महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएसँगै उनको सभापति पदमा उम्मेदवारी दिने बाटो खुलेको हो ।

उनले यसअघि नै कांग्रेसको सभापतिमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । यस्तै श्यामकृष्ण खड्कीले सभापतिमा उम्मेदवारी दिएका छन् । यता वरिष्ठ उपसभापति पदमा नेता विश्वप्रकाश शर्माले उम्मेदवारी दिएका छन् ।

जारी मनोनयनमा शर्माले पुष्पराज पौड्याललाई वारेस दिएर मनोनयन फाराम दर्ताका लागि निर्वाचन समितिमा पठाएका हुन् । उनको प्रस्तावकमा झापाका उद्धव थापा र सुनसरीका केदार भण्डारी साथै समर्थकमा झापाकै सुधीर सिवाकोटी र देउकुमार थेवे रहेका छन् ।

कांग्रेसले विधान संशोधन गरेर यसैपटकबाट वरिष्ठ उपसभापति पद थपेको छ । नेविसंघबाट राजनीति यात्रा सुरू गरेका शर्मा सन् २००० देखि २००२ सम्म नेविसंघको केन्द्रीय अध्यक्ष बनेका थिए । कांग्रेसको १४औँ महाधिवेशनअघि उनले पार्टीको केन्द्रीय प्रवक्ताको भूमिका सफलतापूर्वक निर्वाह गरेका थिए, जसले उनलाई देशभर थप स्थापित गरायो ।

प्रखर वक्ताका रूपमा परिचित उनी १४औँ महाधिवेशनमा लोकप्रिय मतसहित महामन्त्री पदमा निर्वाचित भए । गत विशेष महाधिवेशनबाट शर्माले उपसभापति पदको जिम्मेवारी सम्हालेका हुन् । २०७९ को प्रतिनिधिसभा निर्वाचनमा उनी झापा–१ बाट भारी मतका साथ प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए ।

यता उपसभापति पदका लागि आर्धा दर्जनको उम्मेदवारी परेको छ । अहिलेसम्म विनोदकुमार चौधरी, फरमुल्लाह मंसुर, पुष्पा भुसाल, सुरेन्द्रराज पाण्डे, जीवन परियार र प्राडा. चन्द्रमोहन यादवको मनोनयन दर्ता भएको निर्वाचन समितिले जनाएको छ ।

मनोनयन दर्ताको समय साँझ ६ बजेसम्म भएकाले यो संख्या अझै बढ्ने बताइएको छ । कांग्रेसको संशोधित विधानअनुसार एक महिलासहित ३ उपसभापति रहन्छन् । यता नेता गुरुराज घिमिरेले महामन्त्रीमा उम्मेदवारी दिएका छन् ।

खुलातर्फ दुई जना महामन्त्री निर्वाचित हुनेछन् । यसअघि घिमिरे विशेष महाधिवेशनबाट महामन्त्री बनेका थिए। उनले फेरि महामन्त्रीमै प्रतिस्पर्धा गर्न लागेका हुन् । यस्तै विशेष महाधिवेशनबाट निर्वाचित महामन्त्री प्रदीप पौडेलले पनि महामन्त्रीमै उम्मेदवारी दर्ता गराएका छन् ।

कांग्रेसको महामन्त्रीका लागि १० जना भन्दा बढी आकांक्षी देखिएका छन् । महाधिवेशनले एक महिलासहित दुई खुलामा मन्त्री चयन गर्दैछ । महामन्त्री पदको उम्मेदवारी दर्ताका लागि आयोगले ३० हजार शुल्क तोकेको छ भने सभापति पदका लागि ४० हजार तोकिएको छ ।

महामन्त्रीमा अहिलेसम्म शंकर तिवारी, नैनसिंह महर, सुनीलकुमार शर्मा लगायतको उम्मेदवारी दर्ता भएको छ । यता महिला महामन्त्री पदका लागि दुई नेतृको उम्मेदवारी आउने भएको छ । यसअघि डिला संग्रौलाले मात्रै महिला महामन्त्री पदमा उम्मेदवारी दिने तयारी गरेकी थिइन्।

पछिल्लो समय महालक्ष्मी उपाध्याय ‘डिना’ले पनि सोही पदमा उम्मेदवारी दिने तयारी गरेपछि महिला महामन्त्रीमा प्रतिस्पर्धा हुने भएको हो । डिना नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवानिकट नेतृ हुन्। उनले केही समयअघि मात्रै विशेष महाधिवेशन पक्षलाई स्वीकार गरेकी थिइन्।

त्यसपछि उनी महिला महामन्त्री पदमा उम्मेदवारी दिने तयारीमा जुटेकी हुन् । संग्रौलाले भने यसअघि नै महिला महामन्त्री पदमा उम्मेदवारी दिने तयारी गरिसकेकी थिइन्। उनले आफ्नो उम्मेदवारीका लागि आवश्यक तयारी अघि बढाउँदै आएकी छन् ।

यस्तै, कांग्रेसको महिला सहमहामन्त्री पदमा पनि आकांक्षी नेतृहरूको संख्या बढ्दै गएको छ । उक्त पदका लागि सीता गुरुङ, प्रतिभा गौतमलगायतका नेतृहरू आकांक्षी देखिएका छन् । महाधिवेशनमा महिला पदाधिकारीतर्फ प्रतिस्पर्धा बढेसँगै उम्मेदवारहरू आ–आफ्नो समूह र पक्षसँग छलफलमा जुटेका छन् ।

सहमहामन्त्री खुलामा अजयबाबु सिवाकोटीले पनि उम्मेदवारी दर्ता गराएका छन् । यसअघि ८ जना रहेकामा संख्या थप गरी सहमहामन्त्रीको संख्या १५ पु¥याइएको छ । यसपटक सबैभन्दा बढी संख्या यही पदमा थप गरिएको छ ।

सहमहामन्त्रीको आदिवासी जनजातितर्फ बहादुरसिंह लामाले पनि उम्मेदवारी दिएका छन् ।सहमहामन्त्रीको खसआर्यतर्फ दिनेश कोइरालाले पनि उम्मेदवारी दिएका छन् । कांग्रेस प्रमुख सचेतक बासना थापाले भने केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकी छन् ।

यता सहमहामन्त्रीमा पिछडिएको क्षेत्रबाट मीन भाम र खुलातर्फ रमेश धमलाको पनि उम्मेदवारी परेको छ । केन्द्रीय सदस्य खुलामा ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जनको उम्मेदवारी परेको छ । १५३ बाट बढाएर कांग्रेसमा केन्द्रीय सदस्यको संख्या २७१ पु¥याइएको छ ।

कांग्रेसकी पुरानी नेतृ रीता खनालले महिलातर्फको महामन्त्रीमा उम्मेदवारी दिएकी छिन् । मकवानपुरकी उनी लामो समय ट्रेड युनियन कांग्रेसमा पनि थिइन् । यता सहमहामन्त्रीमा देवेन्द्रराज कँडेलको पनि उम्मेदवारी परेको छ ।

निर्वाचन समितिले उपलब्ध गराएको नामावली अनुसार प्रतिमा गौतम, जीवनबहादुर शाही, राजीव ढुंगाना, विकास कोइराला र रमेशप्रसाद धमलाले पनि सहमहामन्त्रीमा मनोनयन दर्ता गराइसकेका छन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top