२१ असोज , काठमाण्डौ ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि सभापति पदमा किशोरसिंह राठौर, गगनकुमार थापा र श्यामकृष्ण खड्कीबीच प्रतिस्पर्धा हुँदै ।
वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित भएका छन् भने महिला उपसभापतिमा पनि पुष्पा भुसालको मात्रै उम्मेदवारी परेकाले उनी निर्विरोध निर्वाचित ।

उपसभापति खुलातर्फ दुई पदका लागि चन्द्रमोहन यादव, सुरेन्द्रराज पाण्डे, मिनेन्द्र रिजाल, गोविन्द भट्टराई, देवराज चालिसे, मधुप्रसाद आचार्य, धनराज गुरुङ, दीपक गिरी र चन्द्र भण्डारी गरी नौजनाको उम्मेदवारी ।
समावेशी उपसभापतिको एक पदका लागि विनोद चौधरी, फरमुल्लाह मन्सुर, जीवन परियार, रञ्जित कर्ण र सीता गुरुङ प्रतिस्पर्धामा ।

यस्तै महामन्त्री महिलातर्फ डिला संग्रौला, रिता खनाल र महालक्ष्मी उपाध्याय ‘डिना’ले उम्मेदवारी दिएका छन् भने खुलातर्फ दुई पदका लागि शंकर तिवारी, सुनिल शर्मा, नैनसिंह महर, प्रदीप पौडेल, गुरुराज घिमिरे, अमरसिंह पुन, उदयशमशेर राणा र सन्तोष उपाध्याय गरी आठजनाको उम्मेदवारी ।
सहमहामन्त्रीका विभिन्न समावेशी समूहमा पनि प्रतिस्पर्धा ।
खसआर्यमा तीन, आदिवासी जनजातिमा दुई, मधेसीमा आठ, दलितमा चार, थारुमा तीन, अल्पसंख्यक÷अपांगतामा तीन, मुस्लिममा तीन, खुलातर्फ सात र पिछडिएको क्षेत्रमा सातजनाको उम्मेदवारी ।
महिला सहमहामन्त्रीको एक पदका लागि नानु बस्तोला र प्रतिमा गौतमबीच प्रतिस्पर्धा हुने ।
अब कांग्रेसको केन्द्रीय समिति २९७ सदस्यीय हुने ।



