प्रहरीमाथि हातपात गरेको आरोपमा वडाध्यक्ष पक्राउ

२१ असोज ८३, बुधबार
Share this
731shares

२१ असोज , काठमाण्डौ ।

Advertisement

प्रहरीमाथि हातपात गरी सरकारी काममा बाधा अवरोध गरेको आरोपमा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–३ का वडाध्यक्ष केशरमान विक पक्राउ ।

अभद्र व्यवहारसम्बन्धी जाहेरी परेका उनका भाइ वीरेन्द्र विकलाई पक्राउ गर्ने क्रममा प्रहरीसँग विवाद, गालीगलौज र धकेलाधकेल गरेको आरोपमा वडाध्यक्ष विकलाई पक्राउ गरिएको प्रहरीको भनाइ ।

Advertisement

प्रहरीका अनुसार वीरेन्द्रलाई खोज्ने क्रममा मंगलबार बिहान मुसिकोट नगरपालिका–१ स्थित कालिका मन्दिरनजिक सडकमा उनी र उनका दाइ केशरमान फेला परेका थिए।

त्यसक्रममा वडाध्यक्ष केशरमानले प्रहरीको नियन्त्रणमा रहेका भाइलाई भगाएको, ड्युटीमा खटिएका प्रहरीमाथि हातपात गरेको र प्रहरीको कपडासमेत च्यातिदिएको आरोप ।

Advertisement

राष्ट्रसेवक कर्मचारीलाई कर्तव्य पालनमा बाधा अवरोध गरेको कसुरमा पक्राउ परेका केशरमानलाई जिल्ला प्रशासन कार्यालय, रुकुम पश्चिमले अनुसन्धानका लागि तीन दिनको म्याद थप गरेको र उनी हाल जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेको प्रहरीको भनाइ ।

प्रहरी अभिलेखअनुसार केशरमानविरुद्ध यसअघि पनि अभद्र व्यवहार र ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दा दर्ता भएका थिए।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top