२४ असोज , काठमाण्डौ ।
मध्य अमेरिकी देश पानामामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प ।
भूकम्पका कारण राजधानी पानामा सिटीसम्म धक्का महसुस भएको छ भने विभिन्न स्थानमा भवन, सडक र पुलमा पुग्यो क्षति ।

अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) का अनुसार स्थानीय समयअनुसार शुक्रबार दिउँसो १ः५६ बजे गएको थियो भूकम्प ।
भुकम्पको केन्द्रबिन्दु राजधानी पानामा सिटीबाट केही घण्टाको दूरीमा रहेको अजुएरो प्रायद्वीपको पितालोसा अरिबा क्षेत्रबाट करिब ९ माइल दक्षिणपश्चिममा ।

भूकम्पपछि शक्तिशाली परकम्प ।
दिउँसो ४ः२५ बजे गएको परकम्पको प्रारम्भिक तीव्रता ६.९ म्याग्निच्युड मापन ।
भूकम्पको केन्द्रबिन्दु नजिकै रहेको तटीय सहर एल भेनाओमा अवस्थित एल सिटियो होटल भत्कियो ।
पानामाका राष्ट्रिय नागरिक सुरक्षा निकायका अनुसार देशका कोक्ले, लस सान्तोस र पानामा प्रान्तमा बढी क्षति ।
सरकारी भवन, चर्चका अग्ला संरचना, होटल, पानी प्रशोधन केन्द्र र सडकमा क्षति ।
घाइतेहरूलाई उपचारका लागि स्वास्थ्य केन्द्रमा पु¥याउन थालीयो ।
क्षतिको यकिन विवरण अहिले सम्म भएको छैन सार्वजनिक ।
पानामाका अधिकारीहरूले टेलिमेट्रोलाई दिएको जानकारीअनुसार पेनोनोमे सहरमा करिब एक दर्जन संरचना भत्किएको अनुमान ।



