आज चन्द्रघण्टा देवीको देवीको पूजा आराधना गरिँदै

२७ असोज ८३, मंगलबार
Share this
701shares

२७ असोज , काठमाण्डौ ।

Advertisement

दशैँ नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा–आराधना गरिँदै ।

वीरता, निर्भयता, सौम्यता र विनम्रताको विकास हुने धार्मिक विश्वासका साथ काठमाडौं उपत्यकाका गुह्येश्वरी, मैतीदेवी, दक्षिणकाली, भद्रकाली, नक्साल भगवतीलगायत देशभरका शक्तिपीठमा भक्तजनको घुइँचो ।

Advertisement

घटस्थापनासँगै सुरु हुने नवरात्रमा नवदुर्गाका नौ स्वरूपको पूजा गर्ने परम्पराअनुसार आज चन्द्रघण्टा देवीको आराधना गरिन्छ।

श्रीमद्देवी भागवतलगायतका ग्रन्थमा देवीले क्रोध, हिंसा र आसुरी प्रवृत्तिको नाश गरी सज्जनको रक्षा गर्ने उल्लेख छ।

Advertisement

आज विशेषगरी गीत–सङ्गीत क्षेत्रमा आबद्ध व्यक्तिहरूले चन्द्रघण्टा देवीको विशेष आराधना गर्ने परम्परा ।

नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी र तेस्रो दिन चन्द्रघण्टाको पूजा गरिन्छ।

त्यसपछि क्रमशः कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्रीको आराधना गर्ने परम्परा ।

 

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top