२७ असोज , काठमाण्डौ ।
नेपाली बजारमा आज (मंगलबार) सुनचाँदीको मूल्य घट्यो ।
सोमबार तोलामा दुई हजार एक सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला दुई हजार दुई सय रूपैयाँ घट्यो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९२ हजार दुई सय रूपैयाँमा किनबेच हुँदै ।
सोमबार सुन प्रतितोला दुई लाख ९४ हजार चार सय रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, मंगलबार चाँदीको मूल्य पनि घट्यो ।
सोमबार तोलामा चार हजार चार सय १५ रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार चार हजार तीन सय ५५ रूपैयाँमा कारोबार हुँदै ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ६० रूपैयाँ कम ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार एक सय ९९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।



