आजदेखि एनपीएलको तेस्रो संस्करण

९ कात्तिक २०८३, सोमबार
Share this
764shares

९ कार्तिक , काठमाण्डौ ।

Advertisement

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आज सोमबारदेखि सुरु हुँदै ।

प्रतियोगिताको उद्घाटन समारोहमा प्रधानमन्त्री बालेन्द्र साह (बालेन) सहभागी हुने ।

Advertisement

आयोजक नेपाल क्रिकेट संघ (क्यान) का अनुसार प्रधानमन्त्री साहको सहभागिता आइतबार अबेर सुनिश्चित भएको हो।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुने ।

Advertisement

खेल सोमबार साँझ ५ बजे सुरु हुनेछ।

आगामी ५ मंसिरसम्म सञ्चालन हुने प्रतियोगितामा आठ फ्रेन्चाइज टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।

यस संस्करणमा विभिन्न देशका चर्चित क्रिकेटरहरूको सहभागिता रहने भएकाले प्रतियोगितालाई विशेष महत्त्वका साथ हेरिएको छ।

क्यानका अनुसार प्रतियोगिताको विजेताले १ करोड ५० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ।

त्यसैगरी, उपविजेताले ८० लाख रुपैयाँ, तेस्रो हुने टोलीले ४० लाख रुपैयाँ र चौथो हुने टोलीले ३० लाख रुपैयाँ प्राप्त गर्नेछन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top