आजदेखि एनपीएलः लुम्बिनी र सुदूरपश्चिम भिड्दै

९ कात्तिक २०८३, सोमबार
Share this
830shares

९ कार्तिक , काठमाण्डौ ।

Advertisement

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि सुरु हुँदै ।

एनपीएललाईलाई लक्षित गर्दै सुरक्षा व्यवस्था कडा ।

Advertisement

प्रतियोगिताको सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीसहित झण्डै १,४०० प्रहरी परिचालन ।

जिल्ला सुरक्षा समिति र नेपाल क्रिकेट संघ (क्यान) को समन्वयमा सुरक्षा योजना तयार पारिएको हो।

Advertisement

नेपाल प्रहरीले विभिन्न २४ किसिमका जिम्मेवारीका लागि करिब एक हजार प्रहरी खटाउनेछ भने सशस्त्र प्रहरीले आवश्यकताअनुसार ३७५ जनासम्म परिचालन गर्ने ।

यसबाहेक निजी सुरक्षा कम्पनीका करिब ३०० सुरक्षा गार्ड पनि खटिने।

रंगशालाका सबै प्रवेशद्वारमा जाँच गरिनेछ।

खेलाडी बस्ने होटल, उनीहरूको आवतजावत, ट्राफिक व्यवस्थापन र रंगशालाभित्रका विभिन्न क्षेत्रमा सुरक्षाकर्मी परिचालन हुनेछन्।

सीसीटीभी, ड्रोन र तालिमप्राप्त कुकुरको सहायताले पनि निगरानी गरिने ।

यसपटक रंगशालाभित्र नेपाल प्रहरीका कर्मचारी सादा पोसाक वा औपचारिक पोसाकमा खटिनेछन्।

बाहिरी सुरक्षाका लागि सशस्त्र प्रहरीका टोली, मोबाइल गस्ती र रिजर्भ फोर्स परिचालन गरिने ।

आठ टोली सहभागी हुने प्रतियोगिताको आजको उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्स भिड्ने ।

विभिन्न देशका चर्चित खेलाडी सहभागी हुने भएकाले सुरक्षा सतर्कता थप बढाइएको प्रहरीको भनाइ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top