९ कार्तिक , काठमाण्डौ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य एवं बर्दिया–२ बाट निर्वाचित सांसद खगेन्द्र सुनारको विवादास्पद अडियोबारे छानबिन समितिले प्राविधिक परीक्षण गर्नुपर्ने निष्कर्ष निकाल्यो ।
एक महिलालाई अपमानजनक गालीगलौज गर्दै ज्यान मार्ने धम्की दिएको भनिएको अडियो सार्वजनिक भएपछि रास्वपाले आन्तरिक अनुसन्धान थालेको थियो।

तर, सुनारले उक्त अडियो आफ्नो नभएको र कृत्रिम बुद्धिमत्ता (एआई) तथा क्यारिकेचरमार्फत तयार पारिएको दाबी गर्दै लिखित जवाफ दिएका छन्।
अडियोको आधिकारिकता पुष्टि गर्न समितिले जनआस्था मिडियासँग सक्कली अडियो मागेको थियो।

समितिका संयोजक हरिचन्द्र भट्टराईका अनुसार जनआस्थाले अडियो उपलब्ध गराइसकेको छ।
पीडित भनिएकी महिलासँग अन्तर्वार्ता गरेको न्युज २४ टेलिभिजनसँग मागिएको भिडियो भने प्राप्त हुन बाँकी ।
समितिले सुनारसँग थप सोधपुछ गर्ने र प्राप्त प्रमाणका आधारमा अनुसन्धान अघि बढाउने तयारी ।
आवश्यक परे अडियोको प्राविधिक परीक्षणसमेत गरिने।
यद्यपि, परीक्षण कहिले र कुन निकायबाट गरिने भन्ने टुंगो लागेको छैन।
समितिले आफ्नो रायसहितको प्रतिवेदन केन्द्रीय अनुशासन आयोगलाई बुझाउनेछ।
त्यसपछि आयोगले निष्कर्ष निकाल्नेछ।
हालसम्म सुनारलाई पार्टीको केन्द्रीय समितिबाट निलम्बन गरिएको छैन।



