खाँदबारीमा चट्याङ लागेर दुईजना घाइते

२६ कात्तिक २०८३, बिहीबार
Share this
735shares

२६ कार्तिक , काठमाण्डौ ।

Advertisement

संखुवासभाको खाँदबारी नगरपालिका–४, सेकाहामा चट्याङ लागेर दुईजना घाइते ।

बुधबार साँझ करिब ६ः३० बजे वर्षासँगै आएको हावाहुरी र चट्याङका कारण घरमै बसिरहेका स्थानीय दुईजना घाइते भएको प्रहरीको भनाइ ।

Advertisement

जिल्ला प्रहरी कार्यालय संखुवासभाका अनुसार घाइते हुनेमा ५३ वर्षीय गणेशप्रसाद गुरुङ र २२ वर्षीय सविन गुरुङ छन्।

गणेशप्रसाद स्थानीय बासिन्दा हुन् भने सविन मकालु गाउँपालिका–५ घर भई हाल खाँदबारी नगरपालिका–४ स्थित मामाघरमा बस्दै आएका थिए।

प्रहरीका अनुसार चट्याङ लागेर गणेशप्रसादको निधार र दायाँ हातमा चोट लागेको छ भने सविनको बायाँ हातमा चोट लागेको उल्लेख ।

घाइते दुवैजनाको जिल्ला अस्पताल संखुवासभा, खाँदबारीमा उपचार हुँदै ।

 

 

 

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top