लुम्बिनी एनपीएलको फाइनलमा, लगातार दोस्रो पटक उपाधि नजिक

२ मंसिर २०८३, बुधबार
Share this
752shares

०२ मंसिर , काठमाण्डौ । 

Advertisement

 सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै साविक विजेता लुम्बिनी लायन्स लगातार दोस्रो पटक नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको फाइनलमा प्रवेश गरेको छ । साविक विजेता समेत रहेको लुम्बिनी एनपीएलको इतिहासमा दोस्रोपटक फाइनलमा पुगेको हो ।

यसअघि टोली दोस्रो सिजनमा पहिलोपटक फाइल प्रवेश गर्दा सुदूरपश्चिमलाई नै हराएर च्याम्पियन बनेको थियो । मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा सुदूरपश्चिमले प्रस्तुत गरेको १०६ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १६.४ ओभरमा चार विकेट गुमाएर पूरा ग¥यो ।

Advertisement

लुम्बिनीको जितमा ब्याटर निरोसन डिक्वेलाले अविजित ५२ रनको अर्धशतकीय पारी खेले । जुन टोलीको जितको निम्ति निर्णायक रह्यो । एनपीएलमा उनको यो पहिलो अर्धशतक हो । यसअघि लुम्बिनीबाटै दोस्रो सिजन खेले पनि श्रीलंकाका डिक्वेलाले अर्धशतक प्रहार गरेका थिएनन् ।

उनले ३७ बलमा सात चौका र दुई छक्का प्रहार गरे । कप्तान रोहितकुमार पौडेलले २१ रन बनाए । रोहित र निरोसनले तेस्रो विकेटको निम्ति ३८ रनको साझेदारी पनि गरेका थिए । तर, रोहित ९.३ ओभरमा क्याच हुन पुगेपछि साझेदारी तोडिएको थियो ।

यसबाहेक कुनै पनि खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । सन्दीप जोराले आठ रन बनाए । ओपनर आसिफ शेखले चार रन जोडे भने डार्सी सर्ट शून्यमा आउट भए ।खेलमा सुदूरपश्चिमले निरोसनलाई सस्तैमा पभेलियन फर्काउने मौका पनि पाएको थियो ।

तर, सुदूरपश्चिमले उक्त अवसर सदुपयोग गर्न सकेन । उनी १.१ ओभरमा क्याच आउट हुनबाट जोगिएका थिए । उक्त बलिङमा निरोसनले हेमन्त धामीविरुद्ध सटको प्रयास गरेका थिए । अभिनेश बोहराले उनलाई क्याच गर्ने प्रयास पनि गरेका थिए ।

तर, अन्तिम क्षणमा अभिनासको हातबाट बल ‘ड्रप’ हुनपुगेको थियो । सुदूरपश्चिमका लागि थरिन्दु रत्नायकेले दुई विकेट लिए । स्कट कुगेलेइन र हेमन्तले समान एक विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङमा आएको सुदूरपश्चिमले लुम्बिनीविरुद्ध निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १०५ रनको योगफल खडा गरेको थियो ।

सुदूरपश्चिमका निम्ति कप्तान दीपेन्द्रसिंह ऐरीले ५२ रनको अर्धशतकीय पारी खेले पनि जितका लागि पर्याप्त भएन । जारी सिजनमा उनको यो तेस्रो अर्धशतक हो । यसअघि उनले पोखरा एभेन्जर्स र काठमाण्डू गोर्खाजविरुद्ध अर्धशतक प्रहार गरेका थिए । सुदूरपश्चिमले पावर प्लेबाटै खराब सुरुआत गरेको थियो ।

दीपेन्द्रले उक्त स्थितिलाई मध्यक्रममा उकास्ने प्रयास गरे । पावर प्लेमा टोलीले तीन विकेट गुमाएर २० रन बनाएको थियो । दीपेन्द्रले चौथो विकेटको निम्ति इशान पाण्डेसँग ६४ रनको अर्धशतकीय साझेदारी गरे । तर, दीपेन्द्र १९.२ ओभरमा लुम्बिनीका किशोर महतोविरुद्ध लामो सटको प्रयास गर्दा क्याच हुनपुगेका थिए ।

इशानले २७ रन बनाए । यसबाहेक कुनै पनि खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । स्कटले सात रन बनाए । आरिफले चार जोडे । ओपनर विनोद भण्डारी र थानुका डबारेले समान तीन रन बनाए ।थरिनदुले एक रन बनाए भने ओपनर जर्ज मुन्से ‘गोल्डेक डक’ आउट भए ।

लुम्बिनीको निम्ति रुबेन ट्रम्पेलमनले दुई विकेट लिए । उनले पहिलो बलमा मुन्सेलाई गोल्डने डकआउट गर्दै पभेलियन फर्काए । यसपछि दोस्रो विकेटमा दबारे ‘एड्ज’ लागेर विकेटकिपर निरोसनबाट क्याच भए । दोस्रो विकेटपछि सुदूरपश्चिमको रनरेट ३.५० बाट २.६६ मा घटेको थियो ।

रुबेनको इनिङ सुदूरपश्चिमको पावर प्लेमा कमजोर बनाउन निर्णायक रह्यो । शेर मल्लले पनि दुई विकेट लिए । किशोर महतो र अभिषेक गौतमले समान एक विकेट लिए ।हारसँगै सुदूरपश्चिमले सोझै फाइनल प्रवेश गर्ने सुनौलो अवसर गुमाएको छ ।

टोलीले यस सिजन भएको दुवै भेटमा टोलीसँग पराजय भोगेको छ । दुवै सिजन उपाविजेतामा सीमति भएको यो टोलीले अब फाइनल पुग्न आज हुने काठमाण्डू गोर्खाज र चितवन राइनोजबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

क्वालिफायरमा हारपछि सुदूरपश्चिम रोयल्सका निर्देशक जगत टमटाले ब्याटर चल्न नसक्दा हार व्यहोर्नुपरेको बताएका छन् ।निर्देशक टमटाले ब्याटर पूर्ण रूपमा चल्न नसक्दा हार व्यहोर्नुपरेको बताए । टस हार्नु पनि एक कारणमध्ये रहेको उनले औँल्याए ।

१३० रनसम्मको लक्ष्य दिन सकेको भए पनि फरक नतिजा हुन सक्ने उनको विश्वास छ । स–साना साझेदारी पनि बन्न नसक्दा समस्या भएको निर्देशक टमटाले बताएका छन् । दुईजना नयाँ ब्याटर ल्याए पनि उनीहरू चल्न नसक्दा समस्या भएको उनले बताएका छन् ।

जर्ज मन्से र थानुका डबारे सुदूरका नयाँ ब्याटर हुन् । इलिमिनेटर खेलमा आज काठमाण्डु गोर्खाज र चितवन राइनोज आमनेसामने हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल अपराह्न ५ बजे सुरु हुनेछ । लिग चरणको अंकतालिकामा तेस्रो स्थानमा रहेको काठमान्डु र चौथो स्थानमा रहेको चितवनबीचको यो खेल दुवै टोलीका लागि ‘गर या मर’ को अवस्थामा छ ।

पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिनेछ भने विजेताले बिहीबार हुने दोस्रो क्वालिफायरमा स्थान बनाउनेछ । इलिमिनेटर विजेताले फाइनल प्रवेशका लागि पहिलो क्वालिफायरमा पराजित भएको सुदूरपश्चिम रोयल्ससँग प्रतिस्पर्धा गर्नेछ । दोस्रो क्वालिफायरको विजेताले शनिबार उपाधिका लागि फाइनल खेल्ने तालिका छ ।

लिग चरणका ७ खेलमा ४ जित र ३ हारसहित ८ अंक जोडेर काठमाण्डु तेस्रो स्थानमा रहँदै प्लेअफमा पुगेको हो । सुरुवाती खेलहरूमा लगातार तीन जित निकाल्दै उत्कृष्ट लयमा देखिएको काठमान्डुले पछिल्ला दुई खेलमा भने हार बेहोरेको थियो ।

अर्कोतर्फ, ७ खेलमध्ये ३ जित, ३ हार र १ खेलमा नतिजाविहीन हुँदै अंक बाँडेर ७ अंक जोडेको चितवन चौथो स्थानमा रहेर इलिमिनेटरमा स्थान बनाउन सफल भएको हो । चितवन काठमान्डुलाई पराजित गर्दै उपाधि यात्रा जीवितै राख्ने दाउमा छ ।

आठ टोली सहभागी लिग चरणबाट ११ अंकसहित शीर्ष स्थानमा रहेको लुम्बिनी लायन्स र १० अंकसहित दोस्रो स्थानमा रहेको सुदूरपश्चिम रोयल्सले पहिलो क्वालिफायर खेलेका छन् । ६ अंक जोडेका विराटनगर किङ्स र कर्णाली याक्स तथा समान ४ अंकमा सीमित पोखरा एभेन्जर्स र जनकपुर बोल्ट्स भने लिग चरणबाटै बाहिरिसकेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top