×

NEPAL TIMES UPDATES

Playing
पिता बिना ट्रम्प जुनियरको विवाह,ट्रम्पको परिवारमा को–को छन् ?|| Nepal Times
May 22, 2026
Playing
सांसद्हरुले प्रधानमन्त्री र मन्त्रीको पोल सुनाएपछि रविले के भने ?|| Nepal Times
May 22, 2026
Playing
अमेरिकाविरुद्ध नेपालको शानदार जित,इशान र सन्दीपको जादु || Nepal Times
May 22, 2026
Playing
रवि, छवि र जिवीविरुद्ध अब सहकारी ठगी मुद्दा मात्रै चल्ने|| Nepal Times
May 22, 2026
Playing
नेपालमा पाकिस्तानको जस्तो “हाइब्रिड शासन मोडेल” सम्भव होला ?|| Nepal Times
May 22, 2026
Playing
World News: गो*ली*का*ण्डमा २५ जना मा*रि*ए,इबोला अस्पतालमै आग*जनी,विमान ह*त्यामा दोषी || Nepal Times
May 22, 2026
Playing
४० दिनको यु द्धमा Americaका ४२ सैन्य विमान ध्व स्त, अमेरिकाबाटै खुलासा || Nepal Times
May 22, 2026
Playing
एयर इन्डियाको विमानमा आग*लागी, ठूलो दु*र्घट*नाबाट बच्यो|| Nepal Times
May 22, 2026
Playing
विश्वको सर्वाेच्च शिखरमा लेखिएका कीर्तिमानहरु || Nepal Times
May 22, 2026
Playing
नेपालले अमेरिकालाई मैदानमा सात्तो लियो, ३१८ रनको विशाल लक्ष्य || Nepal Times
May 22, 2026

मुस्लिमबाट १२ सांसद, जसले जिते चुनाव

२ पुष २०७४

वाम गठबन्धन, कांग्रेस र मधेसी दलको गठबन्धनबाट उम्मेदवार भएकामध्ये प्रतिनिधिसभा र प्रदेशसभामा गरी १२ मुस्लिमले चुनाव जितेका छन् । प्रतिनिधिसभामा ३ र प्रदेशसभामा ९ जनाले जितेका हुन् ।

२ नम्बर प्रदेशमा दुई र ५ नम्बर प्रदेशमा एक मुस्लिमले प्रतिनिधिसभा चुनाव जितेका छन् । प्रदेशसभाका निर्वाचित ९ मध्ये सबभन्दा बढी दुई नम्बर प्रदेशका छन् । १ नम्बर प्रदेशबाट १, २ नम्बरबाट ६ र ५ नम्बर प्रदेशबाट २ जना निर्वाचित भएका छन् ।

Advertisement
Advertisement

प्रतिनिधिसभामा वाम गठबन्धनबाट उम्मेदवार बनेका ५ मध्ये कसैले पनि जित्न सकेनन् । प्रतिनिधिसभाको १ सय ६५ सिटमध्ये सबै पार्टीबाट गरी १३ मुस्लिम उम्मेदवार थिए ।

मधेसी गठबन्धनबाट उम्मेदवार भएका संघीय फोरमका मोहम्मद इस्तियाक राईले बाँके २ मा ५ हजार ६ सय २४ मतान्तरले चुनाव जिते । २०६४ को पहिलो संविधानसभा पनि जितेका पूर्वमन्त्री राईले सूर्य चिह्न लिएर चुनाव लडेका स्वतन्त्र समूहका पशुपतिदयाल मिश्रलाई पराजित गरेका हुन् ।

रौतहट २ मा वाम गठबन्धनबाट उम्मेदवार भएका एमालेका मुस्ताक आलम कांग्रेस उम्मेदवार एवं पूर्वमन्त्री मोहम्मद आफताब आलमबाट पराजित भए । आफताबले १८ हजार ८ सय ३३ मत ल्याउँदा पूर्वराज्यमन्त्री समेत रहेका वाम गठबन्धनका उम्मेदवार मुस्ताकले ९ हजार ७ सय ९७ मत प्राप्त गरे ।

दोस्रो संविधानसभा ०७० को चुनावमा भने मुस्ताकले कांग्रेसका आफताबलाई हराएका थिए । त्यतिबेला उनी फोरम लोकतान्त्रिकबाट विजयी भएका थिए ।

Advertisement
Advertisement

बारा ४ मा राजपाबाट चुनाव लडेका एकबाल मियाँले वाम गठबन्धनका उम्मेदवार एमालेका देवनारायण थारूलाई १ हजार ६ सय ६७ मतले पछि पार्दै चुनाव जिते ।
वनको जागिर छाडेर उम्मेदवार बनेका मियाँले २२ हजार २ सय ७५ र थारूले २० हजार ६ सय ८ मत ल्याएका थिए,  यो खबर आजकोकान्तिपुरमा छ  ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top