विराटनगर, कात्तिक २५
मोरङको सुन्दर–हरैँचा नगरपालिका–९ स्थित विराटचौकमा गएराती एम्बुलेन्सको ठक्करबाट एकजनाको ज्यान गएको छ । गएराती पौने १ बजेकााो समयमा पूर्व–पश्चिम राजमार्ग अन्तर्गत विराटचोकमा पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको गरेको मे १ च ४५१९ नम्बरको एम्बुलेन्सले उत्तरबाट दक्षिण तर्फ बाटो काट्दै गरेको को १६ प २७६९ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा सोही स्थानका मोटर साईकल चालक ३९ वर्षिय रोशन गजुरेलको मृत्यू भएको हो ।
एम्बुलेन्सको ठक्करबाट गम्भिर घाइते बनेका गजुरेलको धरान स्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यू भएको हो । दुर्घटनामा एबुलेन्स चालक झापा शिव सताक्षी नगरपालिका–६ का ४८ वर्षिय ददिराम रेग्मी र एम्बुलेन्समा सवार गौरीगंज गाउँपालिका–१ क १८ वर्षिय सुनिल गुरागाई घाईते भएका छन् ।
घाईतेको बेलबारी स्थित नोबेल अस्पतालमा उपचार भईरहेको छ । घटनामा संलग्न एम्बुलेन्स र मोटरसाईकल प्रहरीले नियन्त्रणमा लिएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।