राष्ट्रपति भण्डारी र सुकीबीच भेटवार्ता

१४ मंसिर ७५, शुक्रबार

काठमाडौँ,मंसिर १४

Advertisement

राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालको औपचारिक भ्रमणमा रहेकी म्यान्माका स्टेट काउन्सिलर आङ सान सु कीले भेटवार्ता गरेका छन ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आज बिहान भएको सो भेटमा द्विपक्षीय आपसी हितका विविध विषयमा कुराकानी भएको थियो ।

Advertisement

भेटवार्तामा राष्ट्रपति कार्यालय एवं परराष्ट्र मन्त्रालयका उच्च अधिकृतको सहभागिता रहेको थियो ।

एशिया प्रशान्त शिखर सम्मेलनमा भाग लिने सिलसिलामा प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा नेपालको औपचारिक भ्रमणका लागि काउन्सिलर सु की बिहीबार बिहान काठमाडौँ आइपुग्नुभएको हो । सो सम्मेलन आगामी शनिबार आयोजना हुँदैछ ।रासस

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top