एजेन्सी, पुस २३
स्पेनिस ला लिगा अन्तर्गत आइतबार भएको खेलमा रियल सोसिडाडले रियल म्याड्रिडलाई २–० ले पराजित गरेको छ ।म्याड्रिडको घरेलु मैदानमा भएको खेलको तेस्रो मिनेटमा नै पाहुना टोली सोसिडाडले अग्रता लिएको थियो ।
खेलको विलियन जोसेले पेनाल्टीमार्फत गोल गर्दै अग्रता दिलाएका थिए ।दोस्रो हाफको ६१ औं मिनेटमा रियल १० खेलाडीमा समेटियो । फरवार्ड लुकास भाज्केज दोहोरो पहेंलो कार्ड पाउँदै बाहिरिएपछि रियलको खेलमा फर्कने प्रयासमा धक्का पुगेको थियो ।
खेलको सात मिनेट समय बाँकी रहँदा विलियनकै सहयोगमा सोसिडाडले अग्रता दोब्बर पार्यो । विलियनको पासमा रुबेन पार्डोले गोल गर्दै जित पक्का गरे । रियले गोल गर्ने अवसर पाएपनि त्यसलाईै सदुपयोग गर्न नसक्दा हार बेहोर्न बाध्य भयो ।
यस जितसँगै रियल अंक तालिकाको पाँचौ स्थानमा पुगेको छ । शीर्ष स्थानमा रहेको बार्सिलोनाभन्दा रियल १० अंकले पछाडि छ । रियलले १८ खेलमा ३० अंक जोडेको छ । दोस्रो स्थानमा रहेको एट्लेटिको म्याड्रिड ३५, सेभिल्ला ३३ र अलाभेस ३१ अंकसहित शीर्ष स्थानमा छन् ।