यूएईविरुद्ध नेपाल ११३ रनमा अलआउट

यूएईविरुद्ध नेपाल ११३ रनमा अलआउट

एजेन्सी, माघ ११
एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटको पहिलो खेलमा नेपालले यूएईलाई ३३ दशमलव ५ ओभरमा सबै विकेट गुमाएर जम्मा १ सय १४ रनको लक्ष्य दिएको छ ।

राम्रो लयमा खेलिरहेको यूएईको टीमका लागि नेपालले दिएको यो झिनो चुनौती हो । टस हारेर खराब प्रदर्शन गरेको नेपालले पहिलो ओभरमै विकेट गुमाएको थियो । मुस्किलले ११३ रन बनाएको नेपाली टीमका लागि सोमपाल कामीले ३० रन बनाएका थिए ।

आरिफ शेखले २५ र कप्तान पारस खड्काले जम्मा २० रन बनाए । सोमपाल र आरिफले तुलनात्मक रुपमा राम्रो खेले पनि समग्र नेपाली टोलीको प्रदर्शन अपेक्षा गरे भन्दा कमजोर थियो । ज्ञानेन्द्र मल्ल र विनोद भण्डारी समेत जम्मा ५ रनमै आउट भएका थिए ।

यस्तै पवन सर्राफले ४ र करण केसीले ३ रन मात्रै जोडे । ओपनिङमा खेलेका मल्ल र विनोदको कमजोर प्रदर्शनबाटै नेपाली टोली खेल अवधिभर दबाबमा खेलिरह्यो । अहिले सुरु भएको दोस्रो ईनिङमा भने नेपालले सशक्त बलिङ गरिराखेको छ । नेपालका लागि करण केसीको बलमा यूएईका अस्फाक अहम्मद आउट भएका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.