हिंसात्मक गतिविधि गर्नेहरुसँग वार्ता गर्न गच्छदारको सुझाव

११ फागुन ७५, शनिबार
Share this
738shares

विराटनगर, फागुन ११
नेपाली कांग्रेसका उपसभापति बिजयकुमार गच्छदारले मुलुकमा हिंसात्मक गतिविधि संचालनगर्ने पक्षसंग सरकारले अविलम्व वार्ता गर्नुपर्ने बताएका छन । विराटनगर विमानस्थलमा शनिबार सञ्चारकर्मीहरुसंग कुरागर्दै उनले गोलीवाट समस्या समाधान नहुने भएकोले त्यसप्रकारको गतिविधि संचालन गर्ने पार्टीहरुसंग वार्ता गर्नुपर्नेमा जोड दिएका हुन ।

Advertisement

विगतको घटनाहरुवाट पाठसिक्नु पर्नेमा जोडदिँदै उनले सम्बद्ध पक्षसंग बार्ता गरी समस्या समाधान गर्न सरकारलाई प्रतिपक्षको सहयोग रहने बताए । नेता गच्छदारले वर्तमान दुई तिहाई बहुमतको सरकारले जनताको पक्षमा कार्य गर्न नसकेको आरोप लगाउदै परिवर्तनको अनुभव जनताले महशूस गर्न नपाएको दाबी गरे ।

मुलुकमा राजनीतिक परिवर्तन ल्याउन कुनै दल बिशेषको मात्र नभई अन्य राजनैतिक पार्टीहरुको समेत ठूलो योगदान रहेको बताउदै उनले वहुमतको सरकारले मात्र संघीयताको सफल कार्यान्वयन गर्न नसक्ने दाबी गरे । फरक प्रश्नको जवाफमा उपसभपाति गच्छदारले नेपाली कांग्रेसले संविधानमा धर्मनिरपेक्षता स्विकारिसकेको अवस्थामा हिन्दू राष्ट्र कायम हुनु पर्छ भन्ने धारणा नेपाली कांग्रेसको आधारिक नभएको प्रष्ट पारे । उनले सवै नेपाली जनताको स्विकार्य संविधान वनाउनका लागि संविधानमा संशोधन आवश्यक रहेको समेत बताए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top