‘जात्रै जात्रा’को पहिलो गीत सार्वजनिक , निश्चल देखि करिष्मासम्मले कम्मर मर्काए (भिडियो)

३ चैत ७५, आइतबार

काठमाडौँ,चैत ३
चलचित्र ‘जात्रै जात्रा’को पहिलो गीत सार्वजनिक भएको छ । आइतबार राजधानीमा एक कार्यक्रम गर्दै चलचित्रको पहिलो गीत ‘माया पिरिम’ युट्युब मार्फत सार्वजनिक गरिएको हो ।

Advertisement

विवाहको माहौलमा खिचिएको उक्त गीतमा चलचित्रका कलाकारसँगै निर्देशक तथा अभिनेता निश्चल बस्नेत र अभिनेत्रीद्धय करिश्मा मानन्धर र सारा र्शिपालीले नृत्य गरेका छन् । उक्त गीतमा निशान भट्टराई र मनीषा पोखरेलको स्वर रहेको छ । गीतमा कृष्ण भारद्वाजको सङ्गीत रहेको छ भने लेखु सहयात्रीको शब्द रहेको छ ।

कविराज गहतराजको कोरियोग्राफी रहेको भिडियोमा चलचित्रका अधिकांश कलाकारहरू विपिन कार्की, वर्षा राउत, दयाहाङ राई, रविन्द्र सिंह बनियाँ, रविन्द्र झा लगायतका कलाकारले अभिनय गरेका छन् । चलचित्रलाई प्रदीप भट्टराईले निर्देशन गरेका हुन् । गीत रिलिजसँगै निर्माण पक्षले अफिसियल रूपमा चलचित्र जेठ ३ गते प्रदर्शन हुने घोषणा गरेको छ ।

Advertisement

चलचित्र वैशाख २७ गते रिलिज गरिने भनिएता पनि बलिउड र हलिउडको दुई ठुला ब्यानरका चलचित्र रिलिज हुने भएपछि जात्रै जात्राले प्रदर्शन मिति सारेको हो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top