×

NEPAL TIMES UPDATES

Playing
काठमाडौं–दिल्ली कुटनीतिक वारः विदेश सचिवको नेपाल भ्रमण स्थगित|| Nepal Times
May 09, 2026
Playing
हान्टा भाइ*रसको त्रास: तीन जनाको मृ*त्युपछि विश्वभर त्रा*स|| Nepal Times
May 09, 2026
Playing
नेपाली मूलका उम्मेदवारको उल्लेख्य सफलता, केही पराजित|| Nepal Times
May 09, 2026
Playing
सुकुम्बासीमा डोजर लगाउन सर्वाेच्चले रोक्यो|| Nepal Times
May 08, 2026
Playing
आशाको केन्द्र मानिएका गगन मौनताको ओडारमा || Nepal Times
May 08, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-25-2083 || Nepal Times
May 08, 2026
Playing
प्रधानन्यायाधीश सिफारिस किन विवादमा पर्याे ? नोट अफ डिसेन्टमा के छ ? || Nepal Times
May 08, 2026
Playing
के कोरोना जस्तै हो हान्टा भाइरस ?८ केस भेटियो,१४९ यात्रु क्रुजमै फसे || Nepal Times
May 08, 2026
Playing
के क्यानडालाई ट्रम्पले टुक्र्याउन लागेका हुन् ? जनमतसंग्रह हुँदै|| Nepal Times
May 08, 2026
Playing
World News:होर्मुजमा जहाजको जाम,२० हजार मानिस फसे,क्यानडा टुक्रिन सक्ने|| Nepal Times
May 08, 2026

सीमामा भारतीय सुरक्षा बलको दादागिरी, चार परिवारका घर निर्माणमा रोक

९ चैत्र २०७५

कञ्चनपुर ,चैत ९

भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रम्हदेवका चार मुक्तहलिया परिवारका घर निर्माणमा रोक लगाएको छ ।

Advertisement
Advertisement

दुई दशकदेखि भोगचलन गर्दै आएको जग्गामा मुक्तहलिया परिवारले घर निर्माण गर्न खोज्दा एसएसबीका जवानले निमार्णकार्य रोक्न लगाएको राष्ट्रिय मुक्तहलिया समाजका जिल्ला अध्यक्ष शिवी लुहारले बताए ।

“वर्षौदेखि भोगचलन गर्दै आएको जग्गा भारतमा पर्ने जनाउँदै भारतीय एसएसबीका जवानले घर मर्मतका लागि पुनःस्थापनमा परेका ‘ख’ वर्गको परिचयपत्र पाएका खडक सार्की, बाली सार्की, मदन सार्की र परदेशी दमाइलाई घर निर्माण गर्नबाट रोकेको छ”, उनले भने ।

घर मर्मतका लागि भूमि सुधार कार्यालयले मुक्तहलिया परिवारलाई रु एक लाख २५ हजारका दरले रकम उपलब्ध गराएको थियो । “निर्माणकार्य गरे घर नै भत्काइदिने भारतीय एसएसबीका जवानले धम्की दिने गरेको छ”, खड्क सार्कीले भने, “पुरानो बस्दै आएको घर भत्काएर मर्मतका लागि पाएको रकम थपेर घर निर्माण थालेका थियौँ, त्यो पनि बनाउन नपाइने भएपछि खुला आकाशमा परिवारसहित बस्नुपरेको छ ।”

प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले आगामी मार्च २७ गते नेपाल–भारतका अधिकारीबीच सीमावर्ती भारतीय बजार वनवसामा बैठक बस्ने सहमति भएको बताए । उनले सो बैठकमा सीमा क्षेत्रमा देखिएका समस्याबारे छलफल गरी टुङ्गो लगाइने बताए ।

यसैगरी भारतीय एसएसबीले भीमदत्त नगरपालिका–९ को टनकपुर बाँध नजिकै नगरपालिकाले ठेक्का प्रक्रियाद्वारा सडक कालोपत्र गर्ने कार्य समेत शुक्रबार रोक्न लगाएको थियो । एसएसबीको अवरोधपछि केही दिनका लागि सडक निर्माणकार्य रोकिएको छ । दुई देशका प्रशासन प्रमुखबीच यही चैत १३ गते सीमा बैठकमा छलफल गर्ने मौखिक सहमतिपछि निर्माण रोकिएको छ ।

नगरपालिकाले ब्रह्मदेव बजारदेखि ३ नं सीमा स्तम्भसम्मको सडक कालोपत्रको काम शुरु गरेको हो । भीमदत्त नगरपालिकाले ठेक्का आह्वान गरी सडक निर्माण शुरु गरेको थियो । पिल्लर नं ३ देखि ब्रह्मदेव बजारसम्म १३८ मिटर सडक कालोपत्रका लागि ठेक्का दिइएको थियो ।

Advertisement
Advertisement

यसअघि भारतले ब्रह्मदेव बजारसम्म सडक कालोपत्रका लागि रेखाङ्कन गरेको थियो । भीमदत्त नगरपालिका र स्थानीय प्रशासनको दबाबपछि भारतीय पक्ष नेपाली भूमिमा सडक निर्माणबाट पछि हटेको थियो । टनकपुर बाँधदेखि ब्रह्मदेव बजारसम्म एक हजार ३०० मिटर बाटो छ । त्यसमध्ये भारतीय पक्षले आफ्नो भूमिमा सडक निर्माण गरिसकेको छ ।रासस

भर्खरको समाचार

भुक्तानी विवादले रोकियो राष्ट्रिय सपना गौतमबुद्ध रंगशालाको काम

GautamBuddhacricketstadium_20211223141704 (1)

लिपुलेकबारे बालेन सरकारले अब भारतसँग वार्ता गर्ने

MixCollage-08-May-2026-03-47-PM-2837

नेपालको पासपोर्ट विश्वका सबैभन्दा कमजोर देशहरूको सूचीमा

Passports-1024x672

हर्कको राजनीतिःआफ्नै दलको उपसभामुखविरुद्ध खेद जनाए

Screenshot 2026-05-08 152545

युएईमा क्षेप्यास्त्र र ड्रोन खतरा, नागरिकलाई गराइयो अलर्ट

UAE-FLAG-ILOE-scheme-1

संघीयताको जननी मधेशमै संघीयता धरापमा, जनमतको फोहोरी खेल

ck-raut_nwdI37ZBNo

चीनका दुई पूर्वरक्षामन्त्रीलाई सुनाइयो मृत्युदण्ड

Screenshot 2026-05-08 144358

सूर्यमुखी तेल उत्पादक कम्पनीका सञ्चालक पक्राउ

Screenshot 2026-05-08 143549

स्ट्रेट अफ होर्मुजमा अमेरिका र इरानबीच भिषण भिडन्त

HORMUZ

प्रधानन्यायाधीश सिफारिसमा प्रश्न उठाउनेलाई बालेनले दिए जवाफ

manoj_sharma-750x375@2x

सम्बन्धित खबरहरु

Scroll to Top