एजेन्सी,चैत१२
कतारमा जारी एएफसी यू–२३ च्याम्पियनसिप छनोट फुटबलको अन्तिम खेलमा नेपालले मंगलबार अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दैछ ।
नेपाल र अफगानिस्तानबीचको खेल नेपाली समयअनुसार राति ९ बजेर ४५ मिनेटमा सुरु हुनेछ । यसअघि भएको दुई खेलमा लगातार हार व्यहोर्दै छनोटबाट बाहिरिसकेको नेपालका लागि यो खेल प्रतिष्ठाको लडाई मात्रै हुनेछ ।
कतारको दोहामा हुने खेलमा नेपाल शुखद अन्त्य गर्ने लक्ष्यमा छ । अफगानिस्तान पनि नेपाललाई पराजित गर्न चाहन्छ । छनोट चरणबाट दुबै खेलमा हार ब्यहोर्दै बाहिरिसकेको अफगानिस्तान नेपाल भन्दा बलियो टिम हो ।