×

NEPAL TIMES UPDATES

Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026
Playing
आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीः अमेरिका र नेपाल खेल्दै#NEPAL #CRICKET #USA || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी वरिष्ठ कूटनीतिज्ञले ककसलाई भेट्दैछन्? एमसीसीमा चासो|| Nepal Times
Apr 18, 2026

सिङ्गो गाउँ बाख्रापालनमा,एक घर बराबर घटीमा १० र बढी ७० वटासम्म बाख्रा

१३ चैत्र २०७५

दमौली,चैत १३

तनहुँको भिमाद नगरपालिका–९ पाथर्दीका शिवकुमार आलेले ७० वटा बाख्रा पालेका छन् । उनले बाख्रापालनबाट वार्षिक रु दश लाखभन्दा बढी आम्दानी गर्छन् । सोही ठाउँका श्रीमाया आलेले ४५ वटा बाख्रा पालेकी छन् । उनको आम्दानी वार्षिक रु पाँच लाखभन्दा बढी छ । अर्का किसान खिमबहादुर थापाले ४० वटा बाख्रा पालेर एक वर्षमा त्यही हाराहारीमा आम्दानी गर्छन् ।

Advertisement
Advertisement

उनीहरु मात्रै होइन यस ठाउँका सबैले बाख्रापालनबाटै मनग्य आम्दानी गर्दै आएका छन् । यहाँका ६० घरधुरी बाख्रापालनमा आबद्ध छन् । दिलमाया थापा, लुमाया थापा, देवी मोक्तान आले, नरमाया थापा, खेमबहादुर थापा, टकबहादुर थापा लगायतका कृषकहरु व्यावसायिक बाख्रापालनमा आबद्ध रहेका छन् ।

परम्परागत रुपमा मात्रै बाख्रा पालन गर्दै आएका यहाँका अधिकाँश कृषकले २०७१ सालदेखि व्यावसायिक रुपमा बाख्रापालन गर्न शुरु गरेका हुन् । यहाँका कृषकहरुले घटीमा १० र बढी ७० वटा बाख्रा पालेका छन् ।

यहाँका कृषकको आम्दानीको मुख्य स्रोत नै बाख्रापालन बनेको छ । बाख्रापालनमा युवादेखि वृद्धसम्मको आकर्षण रहेको छ । त्यस्तैमध्येका एक हुन्, युवा कृषक शिवकुमार आले । आत्मविश्वास, हातमा शीप र निरन्तरको लगावले मानिस सफल हुन्छ भन्ने प्रमाणित गरेका छन् उनले ।

वि.सं २०६८ देखि बाख्रापालन शुरु गरेका आलेले वार्षिक रु दश लाखभन्दा बढी आम्दानी गर्दै आएका छन् । सब–ओभरसियरको पढाइ सक्ने बित्तिकै सोही वर्षदेखि उनले व्यावसायिक रुपमा बाख्रापालन शुरु गरेका हुन् । बुबाको परम्परागत शैलीको बाख्रापालनलाई उनले व्यावसायिक रुप दिए ।

सब–ओभरसियर उत्तीर्ण भएपछि जागीर नखाएर किन पशुपालनतर्फ लागेको भन्ने प्रश्न गाउँलेले गर्ने गरेको स्मरण सुनाउँदै उनले भने– ‘मैले गाउँमै बसेर पशुपालनमार्फत गाउँलाई नमूना बनाउँछु भन्ने अठोट गरें र यसतर्फ अगाडि बढें ।’

वि.सं २०६८ अगावैदेखिको व्यवसायलाई आलेले व्यवस्थित गर्न चाहे र उनी यसमा सफल पनि भए । बाख्रापालनका लागि आधुनिक बाख्रा खोर निर्माण गरिएको छ । हाल ५५ वटा बोयर र स्थानीय जातको बाख्रा रहेकामा एक महिनापछि ७० भन्दा बढी बाख्रा पुग्ने उनको दाबी छ ।

आत्मविश्वास र परिश्रमले मात्रै मानिस सफल हुन्छ भन्ने भनाइलाई आलेले प्रमाणित गरेका छन् । अन्न फल्ने खेतबारीमा बाख्राका लागि घाँसखेती गर्दा कमैले मात्रै उत्प्रेरणा प्रदान गरे तर, उनले आफ्नो कर्म गर्न छाडेनन् । फलस्वरुप उनी अहिले जिल्लाकै नमूना बाख्रापालक कृषकको रुपमा परिचित हुन सफल भएका छन् ।

उनले बाख्रापालनका लागि १५ हजार भन्दा बढी घाँसका विरुवा रोपेका छन् । उनले भने– ‘पहिला–पहिला त गाउँमा बसेर के पशुपालन गरेको ? विदेश जाउ पनि भन्थे तर, अहिले मेरो सफलता देखेर अन्य मानिसले समेत हौसला दिने गरेका छन् ।’

साना किसान लघुवित्तमार्फत १० महिना इजरायल बसेर फर्किएका उनले पशुपालनको क्षेत्रमा थप कुराहरु सिक्ने अवसर पाएका छन् । उनले भने– ‘इजरायलमा बस्दा कृषिका बारेमा धेरै कुरा सिक्न पाएँ । पानीको अभाव रहे पनि इजरायलमा राम्रो खेती भएको रहेछ । हाम्रोमा त प्राकृतिक रुपमै पानी प्रशस्त छ । त्यसलाई सदुपयोग गर्न सके धेरै काम गर्न सकिन्छ ।’

परम्परागत रुपमा बाख्रा पाल्दै आएकी श्रीमाया आलेले व्यावसायिक बाख्रापालनका लागि लाखौं खर्चिएर सुधारिएको खोर निर्माण गरेकी छिन् । उनले रु बाह्र लाखको लागतमा सुधारिएको खोर निर्माण गरेकी छन् । उक्त खोरमा बाख्राका लागि खेल्ने छुट्टै ठाउँसमेत बनाइएको छ । खोरमा दाना ख्वाउन, पाठापाठी राख्न, बोका राख्न र सुत्केरी माउ राख्न छुट्टाछुट्टै ठाउँ बनाइएको छ ।

बाख्रापालनका लागि उनले पन्ध्र रोपनी क्षेत्रफलमा घाँसखेती समेत गरेकी छिन् । किम्बु, भटमासे, इन्दु, मेन्दोला, इपिलइपिल, बकाइनो, बडहर, टाकी र भुईघाँसमा सुम्बा सेटारिया, सियो फोर, सियो थ्री र मोलाटो जातका घाँसखेती गरेकी छन् ।

स्थानीय नरमाया थापा बाख्रापालन आम्दानीको स्रोत बनेको बताउँछिन् । उनी भन्छिन्– ‘पहिला–पहिला बाख्रा पालेर पैसा कमाउनुपर्छ भन्ने ज्ञान नै थिएन । मकैमा हाल्न मलको लागि मात्रै बाख्रा पाल्थ्यौं त ।’

निर्वाहमुखी रुपमा मात्रै गरिने बाख्रापालनले आम्दानी नहुने थाहा पाएपछि व्यावसायिक रुपमा नै बाख्रापालनलाई अगाडि बढाइएको उनले बताइन् ।

अहिले २६ वटा बोयर जातको बाख्रा पालेकी उनले बाख्रालाई खुवाउन किम्बु, भटमासे, इन्दु, मेन्दोला, इपिलइपिल, बकाइनो, बडहर, टाकी र भुईघाँसमा सुम्बा सेटारिया, सियो फोर, सियो थ्रि र मोलाटो जातका घाँसखेती समेत गरेकी छिन् । बाख्रापालनबाट उनलाई वार्षिक चार लाख रुपैयाँ भन्दा बढी आम्दानी हुन्छ ।

Advertisement

भिमाद नगरपालिका–९ का वडाध्यक्ष इमान थापा बाख्रापालनमा यस ठाउँलाई नमूना बनाउने सोचमा रहेका छन् । उनी भन्छन्– ‘जिल्लाकै नमूना बाख्रापालन गाउँको रुपमा पहिचान बनाउन सकिए यस ठाउँलाई पर्यटकीय हिसाबले समेत उजिल्याउन सकिन्छ ।’ वडाध्यक्ष थापाले बाख्रापालक कृषकलाई वडाको तर्फबाट गर्न सकिने सबै प्रकारका सहयोग उपलब्ध गराइने प्रतिबद्धता पनि जनाए ।रासस

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top