विराटनगर, चैत १३
“सवारी दुर्घटना न्युनिकरण सम्बन्धि १५ दिने महाअभियान” अन्तर्गत इटहरीमा प्रदेशका १४ जिल्लामा संचालन गरिएको कामहरुको समिक्षा गरिएको छ ।
१ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीको आयोजनामा इटहरीमा संचारकर्मीहरुसंग समिक्षा तथा अन्तक्र्रिया कार्यक्रम समापन गरिएको हो ।
कार्यक्रममा दुर्घटना न्युनिकरण अभियान सम्बन्धि प्रगति विवरण प्रस्तुत गरिएको थियो ।

जसअन्तर्गत निम्न कार्यहरु रहेका छन् :
–फागुन ३० गतेबाट सवारी दुर्घटना न्यूनीकरण सम्बन्धी १५ दिने महाअभियान कार्यक्रम सुभारम्भ ।
–फागुन ३० गते चालक परिचालकहरुलाई पोशाक वितरण गरी सवारी दुर्घटना न्यूनीकरण सम्बन्धी १५ दिने महाअभियान कार्यक्रम शुभारम्भ ।
–चैत १ गते १ नं. प्रदेशको १४ वटै जिल्लामा २८,०३० थान सचेतनामुलक पर्चा पम्प्लेट वितरण ।
–चैत २ गते स्थानिय तहसंग समन्वय तथा सहकार्यमा ८४ स्थानमा अब्यवस्थित पार्किङ्ग, सडक अतिक्रमण हटाइएको ।
–चैत ३ गते प्याब्सन , एन प्याब्सन र हिसानसंग १९ स्थानमा अन्तरक्रिया तथा २३० वटा स्कुल बस अनुगमन गरी ५,०८६ जना विद्यार्थीलाई प्रशिक्षण गरिएको ।
–चैत ४ गते उद्योग व्यवसायी, उद्योग संगठन तथा उद्योग बाणिज्य संघसंग ३६ स्थानमा २,७३९ जनाको उपस्थितीमा छलफल गरी २,३०६ जना मजदुरहरुलाई प्रशिक्षण तथा १,५५५ थान साईकलमा रिफ्लेक्टर स्टिकर टाँस गरिएको ।
–चैत ५ गते २७ स्थानमा २,८२६ जना सवारी चालकको स्वास्थ्य चेकजाँच गरिएको ।
–चैत ६ गते ३३ स्थानमा सरोकारवाला निकायहरु १,१२३ जनाको उपस्थितीमा अन्तरकृया कार्यक्रम गरिएको ।
–चैत ७ गते २,०३६ वटा सार्वजनिक सवारी साधनको अनुगमन गरिएको ।
–चैत ८ गते सडक कार्यालय र स्थानिय तहसहितको सडक अनुगमन गरी १४० स्थानमा सडकको खाल्डा खुल्डी मर्मत, २०७ वटा पुराना ट्राफिक चिन्ह मर्मत तथा ३३४ वटा नयाँ ट्राफिक संकेत चिन्ह बोर्ड राखिएको ।
–चैत ९ गते १,३१६ वटा विवाह, भ्रमण, पिकनिक, धार्मीक यात्रामा रहेका सवारी साधनहरुलाई अनुगमन गरी फारम कार्यान्वयन गरिएको ।
–चैत १० गते ७१ स्थानमा २७८ जना ट्राफिक प्रहरीको स्वास्थ्य चेकजाँच गरिएको ।
–चैत ११ गते १,५६९ वटा सवारी साधनहरुको मेकानिकल चेकजाँच गरिएको ।
–चैत १२ गते घुम्ति प्रशिक्षण कार्यक्रम अन्तर्गत ५,६०७ जना चालक, ४,८३२ जना यात्री, ५,३५४ जना सर्वसाधारण तथा ७,३८८ थान पर्चा पम्प्लेट वितरण गरिएको ।
–चैत १३ गते १४ स्थानमा संचारकर्मीहरु संग समिक्षा एवं अन्तक्र्रिया कार्यक्रम ।

माथिका अभियान तथा कार्यक्रमहरुबाट प्राप्त उपलब्धीहरु :
आर्थिक वर्ष २०७४।०७५ मा फाल्गुन १२ गते सम्म ९०२ दुर्घटना भएको थियो भने २०७५।०७६ मा फाल्गुन १२ गते सम्म १६ वटा दुर्घटना संख्यामा कमी आएको छ । त्यस्तै दुर्घटना परी मृत्यु हुने मानिसको संख्या ५४ जनाले कमी आएको छ । जसमा आर्थिक वर्ष २०७४।०७५ मा फाल्गुन १२ गते सम्म २९२ मानिस मृत्यु भएको थियो भने २०७५।०७६ मा फाल्गुन १२ गते सम्ममा २३८ मानिस मृत्यु भएको छ । हेर्नुहोस् तथ्यांक :
गत आ.ब. २०७४।०७५ मा फाल्गुन १२ गते सम्म दुर्घटना:-९०२
चालु आ.ब. २०७५।०७६ मा फाल्गुन १२ गते सम्म दुर्घटना:-८८६
यो आ.ब. मा १६ वटा दुर्घटना संख्यामा कमी आएको ।
गत आ.ब. २०७४।०७५ मा फाल्गुन १२ गते सम्ममा मानिस मृत्यु:- २९२
चालु आ.ब. २०७५।०७६ मा फाल्गुन १२ गते सम्ममा मानिस मृत्यु:- २३८
यो आ.ब.मा ५४ जना मनिस मृत्युमा कमि आएको ।
गत आ.ब. २०७४।०७५ मा फाल्गुन १२ गते सम्म सवारी कारवाही:-१,७०,३५४
चालु आ.ब.२०७५।०७६ मा फाल्गुन १२ गते सम्म सवारी कारवाही:-१,७८,४४०
यो आ.ब.मा ८,०८६ वटा बढी सवारी कारवाही भएको ।
गत आ.ब. २०७४।०७५ मा फाल्गुन १२ गते सम्म जरिवाना:- १०,०२,६७,५००।-
चालु आ.ब.२०७५।०७६ मा फाल्गुन १२ गते सम्म जरिवाना:- ११,५४,११,५००।-
यो आ.ब.मा १,५१,४४,०००।- बढी जरिवाना गरिएको ।
गत आ.ब. २०७४।०७५ मा फाल्गुन १२ गते सम्म मा.प.से. कारवाही:- २,७०९
चालु आ.ब.२०७५।०७६ मा फाल्गुन १२ गते सम्म मा.प.से.कारवाही:- ६,९३९
यो आ.ब.मा ४,२३० वटा बढी मा.प.से. कारवाही भएको ।
सवारी दुर्घटना न्यूनीकरण सम्बन्धी १५ दिने महाअभियानको प्रगती :
सहारा नेपालको सहकार्यमा विभिन्न संस्थाहरुद्वारा ट्राफिक प्रहरीलाई १० थान मोटरसाईकल, १० थान ब्रेथलाईजर, १० थान व्हिल लक प्राप्त ।
३५,४१८ थान सचेतनामुलक पर्चा पम्प्लेट वितरण गरिएको ।
८७९ थान चालक, परिचालकहरुलाई पोशाक वितरण गरिएको ।
१७०५ थान रिफ्लेक्टर स्टिकर टाँस गरिएको ।
३३४ थान नयाँ ट्राफिक संकेत बोर्ड राखिएको ।
२०७ थान पुराना ट्राफिक संकेत बोर्ड मर्मत सम्भार गरिएको ।
१४० स्थानमा सडक मर्मत सम्भार गरिएको ।
१९,३४७ जना चालक, परिचालकहरुलाई ट्राफिक नियम सम्बन्धी सचेतनामुलक प्रशिक्षण गरिएको ।
५५,११२ जना यात्रीहरुलाई ट्राफिक नियम सम्बन्धी प्रशिक्षण गरिएको ।
२,८२६ जना चालकहरुको स्वास्थ्य परिक्षण गरिएको ।
१८,७४७ जना सर्वसाधारणहरुलाई ट्राफिक नियम सम्बन्धी प्रशिक्षण गरिएको ।
३,८६२ जना सरोकारवाला निकायहरुसंग छलफल तथा अन्तरकृया गरिएको ।
२,३०६ जना उद्योग कलकारखानामा काम गर्ने मजदुरहरुलाई प्रशिक्षण गरिएको
५,४६६ जना विद्यार्थीहरुलाई सचेतनामुलक प्रशिक्षण गरिएको
४,९२१ वटा सार्वजनिक सवारी साधनहरुको अनुगमन गरिएको
।
२३० वटा स्कुल/ कलेज बसहरुको अनुगमन गरिएको ।
४२४२ जना संग अन्तरकृया तथा छलफल गरिएको ।
८४ स्थानमा सडक अतिक्रमण हटाइएको ।
२७८ जना ट्राफिक प्रहरीको स्वास्थ्य चेकजाँच गरिएको ।
१५ दिने महाअभियान कार्यक्रमबाट लाभान्वित संख्या:- १,४३,०८४ जना
सवारी साधन संख्या:- ५,१५१ वटा
चालक, परिचालक संख्या:- २२,१७३ जना
यात्रु तथा सर्वसाधारण संख्या:- १,१५,७६० जना
सवारी दुर्घटना न्यूनीकरणको लागीआगामी दिनमा गरिने कार्य : ।
यात्रुवाहक सवारी साधनको भित्र सबै यात्रुले देख्ने गरी नम्बर प्लेट राख्न लगाउने ।
सवारी नियम उल्लघंनकर्ताले जरिवाना रकम बुझाउने विद्यमान व्यवस्थालाई १ नम्बर प्रदेशका १४ जिल्लामा बैकिङ्ग प्रणाली मार्फत बुझाउने व्यवस्था लागु गर्ने ।
सार्वजनिक सवारीका साधनहरुमा GPS जडान गर्ने ।
सचित्र जानकारी हेर्न यहाँ क्लिक् गर्नुहोस् :पत्रकारसंग समिक्ष १२।१३